वासिङ्टन डिसी, ५ पुस - अमेरिकाको क्यालीफोर्नियामा भएको अर्को सडक दुर्घटनामा ३८ वर्षिया सरिता शाक्यको मृत्यु भएको छ । गएको दश वर्षदेखि क्यालीफोर्नियामा वस्दै आएकी शाक्यलाइ बिपरित दिशाबाट आएको गाडिले उनले चलाएको गाडीलाइ दिएको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

Loading...

अमेरिकामा यो साता मात्रै अलग अलग सडक दुर्घटनामा ३ नेपालीको ज्यान गएको छ । दुइदिन अघिमात्र अमेरिका स्थित सियाटल र फ्लोरिडामा भएका दुइवटा छुट्टाछुट्टै सडक दुर्घटनामा दुइ नेपालीको मृत्यु भएको थियो ।

सियाटलमा भएको सडक दुर्घटनामा ममता कँडेलको मृत्यु भएको दोश्रो दिन फ्लोरिडामा भएको सडक दुर्घटनामा अर्की नेपाली युवतीको मृत्यु भएको थियो। फ्लोरिडा प्रहरीले बताए अनुसार संगम सुवेदीले चलाएको गाडी दुर्घटनामा एक युवतीको मृत्यु भएको हो। घटना स्थलमै मृत्यु भएकी युवतीको परिचय नखुलेको प्रहरीले बताएको छ। 
- डीसी नेपाल
इजरायल | बिगत ७ वर्ष देखि इजरायलमा कार्यरत एक नेपालीभाषी दार्जीलिङकी नेपाली चेलीको मृत्यु भएको खबर प्राप्त भएको छ । भारतको दार्जीलिङ घरभएकी रुविना क्षेत्री बिगत ७ वर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत थिइन् | 

एक वर्ष अघि नेपाल झापा निवासी एक नेपालीसंग बिवाह बन्धनमा बाधिएकी उनि यहाँ कार्यरत रहदै सामान्य बिरामी भएर रोग पत्ता नलागे पछि करिब ४ महिना अगाडी ४५ दिनको छुटी लिएर नेपाल गएकी थिइन् |

Loading...

घर गएपछि डाक्टरलाई चेकअप गराउने क्रममा मेरुदण्डमा टुयुमर भएको थाहा भएपछि ४५ दिनको बिदालाई लमब्याउदै भारतको बैगंलोरमा उपचार गराईरहेकी थिइन । केहि दिन अगाडी सफल शल्यकृया भई सामान्य अवस्थामा रहेकी उनको नजिकका साथीहरुले पनि बताएका थिए |

आज अचानक पुन: स्वास्थ्य अवस्थामा खराब भइ निधन भएको जानकारी प्राप्त भएको छ | मृत्युपछि इजरायलमा उनका साथीहरुले  एकदमै पीडादायी खबरले स्तब्ध भएको बताउदै फेसबुकमा स्टाटस मार्फत समबेदना प्रकट गरेका छन |

बैदेशिक रोजगारीको लागि निकै शुरक्षित मानिएको इजरायलमा कार्यरत नेपालीहरु छुटी गएको बेला बिगत केहि वर्षदेखि लगातार बिरामी भएर, अचानक ह्रदयघात लगायत अन्य कारण र रोगहरु भएर मृत्यु भएको खबर यो नयॉं भने पक्कै हैन | यस खाले खबरले यहाँ कार्यरत नेपालीहरुमा एक किसिमको बेचैनी र तनावग्रस्त अवस्थामा काम गर्नु बाध्यता रहदै आएको छ |

चौबिसै घण्टा काम र बिभिन्न रोगका बिरामी संग लगातार रहनु पर्ने बाध्यताले पनि कतिपय रोगहरु भित्र भित्रै सरेर थाहानै नहुने र अन्यमा मृत्यु सम्महुने अवस्थाले निक्कै दुखित तुल्याएको छ ।
- लाइट नेपाल डटकम 

Loading...

बिजय थापा ,वाशिंगटन डीसी। अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेल को मृत्यु भएको दुखद समाचार प्राप्त भएको छ l

गत बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटना मा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको सब अहिले अस्पताल मै राखिएको बुझिएको छ l

Loading...

वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्य बस नेपाली चेलीको भने ज्यान गएको छ l

भर्जिनियामा उनका नजदीक का शर्मा परिवारले जानकारी दिए अनुसार ऊनि मास्कोमा रहने बुझिएको छ l तर अध्ययन को क्रममा संन २०१४ मा आइडाहो विश्व बिद्यालय बाट समाज शास्त्रमा अध्यन समाप्त गरेकी थिइन l

जाड़ो मौसममा बिदाको लागि आगामी दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा समेत थिइन l अतिरिक्त क्रियाकलापमा समेत प्रतिभाशाली स्व ममता कंडेल केहि समय भर्जिनियाको साउथ राइडिंग शहरमा समेत आएकी थिइन l

उनि एक होनहार छात्रा हुनुको साथै महिला बेच बिखन तथा महिला यौन कार्यकर्ता बिषयमा वकालत गर्दै आएकी उनका नजिक रहेका शर्मा परिवारलले जानकारी दिएका छन l

हिउँको कारण सड़क चिप्लो भई सवारी साधन चिप्लिन गई उक्त दुर्घटना १९५ राजमार्ग को स्टेपो नजदीक भएको हो l

घोडामा राजमार्ग निरिक्षण गर्ने प्रहरी अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा गाड़ी अनियंत्रित भई अर्ध माल बाहक गाड़ीलई ठोकिन पुगी त्यों गाड़ीले पनि अर्को गाडीलाई ठोकेको बताएका थिए l मृत्रक छात्रा कंडेलले पेटी चाही लगाएको सहित उनले बताएका थिए l
मेरो आमा वैदेशीक रोजगारमा गएको 12 वर्ष भयो । मेरो बुबा कहीले साउदी कहीले मलेसीया त कहीले कत्तार जाने र पैसा कमाइ भएन, काम मन परेन भन्ने बाहाना गर्दै नेपाल आऊथे र कमाएको रकम मस्तिमा सकेर जाने गर्थे। म आमाको पेटमा हूँदा बाट मेरी आमाले त्यो घरमा कस्ट सहनू पर्यो। जब म गर्भ 7 महीनाको थिएँ मेरी हजूर आमाले अर्काको भुडीं होला भन्दै मलाई फाल्न लाई मेरी आमालाई बिष खूलाउने देखी लियर डर र धम्की दिएर मलाई फाल्न भनी हेल्थ पोस्त र मादी को खर्कत्तामापनी लगेको कुरा मलाई सबै बाट जान्कारी छ। मेरी आमाको पालो भन्दा पहिला पालो भएको एक यूवती लक्स्मी बाँस निवासी को बच्चा फाल्ने क्रममा मृत्यू हून पूगेकोले त्यही डरको कारण म जोगीएको रहेछु।

Loading...


यो मेरै आफ्नै फूपू हजुर आमा को कर्तुत रहेछ जस्मा मेरो हजुर आमा ले पनि मेरो आमा को अबोर्सन गर्न लग्नु भयेको रहेछ।यो त उदाहरण हो मलाई र मेरि आमा लाई मेरो बुबा , र हजुर आमा र उहाँका अफन्त ले गरेको र दियेको दुख सुन्दा अहिले भक्कानो फुत्छ। आफ्नो परिवार सासू ससूराको ईज्जतको पर्वाहा गरेर मात्र मेरी आमा ती पीडा सहेर बसीन्।म सानो छदा देखी नै मामाघर बसेॅ।मेरो मामाघरका मामा, हजूर बूबा ,हजूर आमाको लालन् पालन मा हूर्कीएर आज 19 वर्ष भए।

मेरा अंकल (बूबाको भाई) बिदेश इस्रयल जानलाई डील्लि मा बसि पैसा डूबाए र मेरो हजुर आमाले झोला बोक्दै रिन खोज्दै मन्दिर जान्छु भनी मैनौ कहिले बहिनी को मा त कहिले मन्दिर मा बस्ने खल्तीमा पैसा सकिये पछि घर आउने गरेर अन्य रिन लागेको हूनाले चितवन माडीको पूर्खौली घर बेचे।त्यही घरमा हूॅदा म 7 वर्ष को हूदाॅ मेरो आमा माइती मा नै हुँदा बुवा साउदी बाट छुट्टि मा आउदा फेरि गर्भवती भइन बुबा फेरि मलेसिया तिर लागे मामा घर म नै बिमार् लागे पछि भरतपुर हस्पिटल मा भाईको जन्म भयो।भाई को जन्म पछी आमा लाई लिन कोइ आयेन न्वारान माइती मा गर्न्न हुन्न भने पछी मादी को घर म हामी सङै गयेउ म 7 वर्ष को बालक हूॅदा म गएर मेरी आमालाई खाना पकाएर खूलाएको भर्खर हो जस्तो लाग्छ। गर्भवती अवस्थामा पनी कसैको साथ थीएन । घर बेचेर नजीकै आफन्तीको घरमा भाडामा बस्थे।

नीकै दूखका दिन भोग्नू पर्दा पनी मेरी आमालाई त्यस परिवारको माया थीयो। मेरो मामाघर बाट ऋण लिएर मेरी आमा आफ्नो बालबच्चाको भवीष्य सूधार्ने सपना सहीत बैदेशीक रोजगार का लागी जाने निर्णय गरिन्। त्यो बेला मेरो आमा ले पासपोर्ट बनाई दिनुस भनेर मेरो हजुर बुबाको खुट्टा धोगेर रोएको मेरो आँखामा अजै ताजा छ।आफ्नो 8 बर्ष को र 6 महीनाको दूघ पिउने बालक छाडेर जाने रहर कस्लाइनै हून्छर यो त मेरी आमाको मज्बूरी थियो। मामा घरमा सदै हामी 2 छोरा र आमा लाई पालेर कत्ती साध्य हुन्छ र? मामा घर को पनि ठुलो परिवार थियो दुख थियो बुवा ले मलेसिया मा कमाई भएन भनेर पैसा पठाउन छोडनु भयो । रिन खोजेर आमा ले कहिले हेन्धी क्राफ्त कहिले फेन्सी गर्नु भो केहि गर्दा पनि मेरो पेट भर्न र आफ्नो ज्यान् पल्न मुस्किल थियो।

मामा हरुले पनि बिहे गर्नु भो घर को भार झन उक्सिदै गयो र मादी मा बस्ने कृष्ण तिवारी को भरतपुर मा रहेको जग्गा किस्ता मा 2 बर्षमा तिर्ने गरि हामी लाई राख्नको लागि आफ्नो बिहे मा जल खाएको पैसामा फेरी मामाघरबाट गर्दिनू भएको आर्थीक सहयोगले भरतपूरमा पुरानो घर र 12 धुर जग्गा किनेर मदि बाट हजूरबूबा आमालाई समेत लगेर राख्नूभयो।त्यस् समय अगाडी हो साउदी हुदा मेरी आमाको नाममा बूबाले केही रकम पठाउने गर्थे । तर हजुर बुबाको लागि आउने गर्थियो त्यो रकम घर आएसी आफ्नो ससूराको ईज्जत गर्दै सबै पैसा ससूरा लाई दिनूहून्थ्यो। र आफ्नो ससूराले दिएको केही सानो रकम प्रयोग त अवश्यनै हून्छ। मेरो आमाले पाएको दूख र कष्टमा मेरो बूबालाई मतलव थिएन।

बिदेश गएर पहिलो छूट्टी आएको बेला मेरो बूबा आमाको अन्तिम भेट भएको थियो। त्यती बेलानै मेरा परिवारका सद्स्य बिच अंश बन्ड भयको थियो। बूहारीले आफै कमाएको सम्पत्ती भनेर नै मेरी आमाले दूख्खले कमाएको सम्पत्ती आफ्नै नाममा किनेकी थिइन र आफ्नै नामा रहयो। त्यस अंश बन्ड पछी हजूर बूबाले दिएको सम्पत्ती बूबाको नाममा रह्यो र अंश मा परेको ऋण म तिर्छू भन्ने बाचा को साथ त्यही भरतपूरको घर सूभ्य्क्षा बैंक धितो राखेर ऋण लिएर बिदेश फर्कीन। आमा गएपछी बूबा केही समय नेपालमै रहे। मेरो बूबाले अंशमा पाएको सम्पत्ती बेचेर खाए कि के गरे त्यो मलाई नी थाहा छैन र मेरी आमालाई नी थाहा छैन्। बस् त्यही जग्गा को बेचिसकेको लालपूर्जा म सॅग छ ।

थूप्रै तनाव दिने काम मात्र भयो मेरी आमालाई बूबाले साथ दिएनन्। मेरी आमा नेपाल छूट्टी मा आऊदा बुवा का आफन्त ज्योती आचार्य हजुर बुवा पर्ने र उहाँकै दाजु हाल नारायण मा एभरेष्ट टेलर चलायेर बस्ने गङा आचार्यले बार मेरो आँखा को सामु मेरो आमा को कथालो समती पैसा ले सासु ससुरा पाल नत्र मारेर तिर्सुली मा फलिदुन्छु भने पछि मलाई र भाइ लाई च्यापेर रातिको 12 बजे मामा घर पुगेको भुलेको छैन।बाबु लाइ येस्तो भयो भन्दा उल्तै आमा लाइ दोस दिन्थे। मेरि आमा नेपाल आउँदा बाबू बिदेश बाट कहिल्यै भेट हून आएनन्। मेरी आमा फर्के पछी बल्ल आउंथे। कहीले आमा आउने सुने पछि हिड्ने बाबु लाई आमाको मत्लब थिएन किन कि बहिरी कुलतमा चुरामुनी भन्ने र मेरो बुवा फसेका थिए मेरै आँखा को अगाडि मलाई छोडेर रक्सी र रान्दी मा बेस्थ हुन्थे। कहिले कून देश जाने त कहीले कून देश गरे त्यो बेला सम्म पनि मेरि आमा ले बुवा को साथ दिएकि थिन माइतीघर बाट रिन खोजी खोजी बुवा को पोकेत भर्थिन।नेपाल आएर बूढी कमाउने छे भन्दै केहो कूराको पर्वाहा नगरी दूनीया सॅग झै-झगडा ,लडाई गर्दै र पराइ आइमाइ हरूसॅग हीड्ने गरेका थिए।

कमाएर ल्याको सबै रूपैया सकेपछी फेरी मेरो मामाघर मा बिन्ती बिसाएर ऋण माग्दै अर्को देश जान्थ्य। आमालाई 10 बर्ष देखो भेटेको छैनन् बूबाले।थूप्रै तनाव र दूख्खले गर्दा वाक्क भएर आमाले पनी डरले भएनी श्रिमान् फिर्ता आउछन् की भनी सम्बन्धबिक्ष्यदको मूद्दा हाल्ने निर्णय गरिन्। मूद्दा हालेपछी पनी बूबाले मतलव गरेनन्। अदालतले तारीक थप गर्दा पनी नत मेरो बूबाले मतलव गरे नत हजूरबूबाले। अदालतले नी मेरी आमालाई स्वआर्जनले कमाएको सम्पत्ती मात्र पाउने भनी सम्बन्ध बिक्ष्यद को फैसला गर्यो। मेरी आमाले सम्बन्ध बिक्ष्यद गर्दा अधीकार स्वरूप आफ्नो श्रिमान सॅग पाउनू पर्ने अंश को माग गरेकी होइनन्। सम्बन्ध बिक्ष्यद्को आज 4 बर्ष भयो। बूबाले मतलव नगरेपछी मेरी आमालाई सबैले हेप् न थाले। आफ्नै इस्टमीत्रले मेरो आमाको एक्लो पन्को फाइदा उठाउन खोजे।

बूबा आमाको जिन्दगीमा फर्कीने आशा नरहेपछी आमा लाई अको बिबाहा गर्नू भनी मैलेनै सल्लाहा दिए। धेरै मानीस नाता लिएर आए तर सबैले हामी दूई छोरालाई स्विकारेनन्।हामी छोराहरू टाढा राखे स्विकारने भए। मेरी आमाले आज सम्म जेगरेकी छिन् हाम्रै लागी गरिन् , हामीलाई कसरी छोड्थिन् र। समय सॅगै आज भन्दा 10 महीना अगाडी एस्तो वय्क्ती सॅग आमाको भेट भो जस्ले आमाको साथ साथै हामी दूई छोरालाई स्विकारन् तयार भयो। आमाको भन्दा पहीला मेरो मन जित्यो र मैलेनै बिबाह गराई दिएको हो।

आफ्नो नया जिन्दगी सूरू गरी सकेकी मेरो आमालाई नभएको झूठ्ठो आरोप लगाइ फेसबूकमा बदनाम गरेका छन्। मेरो बूबाले छोरालाई पढाएको मोटरसाइकल किनेको जस्ता कूरा भनेका छन्।हो उनले नगरेका होइनन्। आमाले किन्देको स्कूटर बेचेर त्यसमा मोटरसाइकल किन्ने पैसा थपी दिएका हून्। खाॅचो हूॅदा आमाले पैसा पठाउन नभ्यउॅदा बूबा सॅग पैसा मागेको हू। के छोरा पाउने मात्र होर बाउको काम? छोरो छोरीलाई आर्थीक सहयोग बाउले गर्ने उस्को जिम्वेवारी होइनर। उसको जिम्वेवारी सबै आमाले गर्दा पनी मेरो आमालाई झूठ्ठा आरोप लगाउने र मेरी आमा र म माथि भएका चरीत्रीक हत्या गर्ने लाई र फोहर शब्द बोल्नेलाई रोकीदीनू पर्यो।
अशोक आचार्य हाल:- कावासोति
अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छन् ।

कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

Loading...

केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् । बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन भएका छन्।

सिएनएन हिरो बनाउन आज र भोलि (आइतबार) मत दिन सकिने काठमाडौँमा मत अभियान चलाइरहेका युवा अभियानकर्मी गौरव कँडेलले बताए। नेपाली समय अनुसार यही मङ्सिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । रासस
काठमाडौं, २६ मंसिर – लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ ।

लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो । अब नेपाल डिपोर्ट गर्ने भएको छ । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप लगाएको छ । 

Loading...

सुजन र रोजी लेबनानमा रहेका घरेलु कामदारहरुको हक हितका लागि काम गर्दै आएका थिए । उनीहरुले नेपाली महिलाहरुको समूह ‘नारी’ समेत बनाएका थिए ।

सुजना र रोजीलाई देश निकाला गर्ने निर्णयको त्यहाँका नागरिक समाज लगायतले प्रश्न उठाएका छन् । उनीहरुलाई कानुन व्यवसायी राख्न र आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने र दोषी देखिए मात्र देश निकाला गर्नुपर्ने आवाज उठेको हो । तर दुई नेपाली चेलीहरू भरखरै नेपाल पुगेका छन् । 
नरेश खपाङगी मगर, लण्डन । युकेको वोकिङमा शुक्रबार राति भएको सडक दुर्घटनामा एक नेपाली महिलाको निधन भएको छ ।

बेलायतको स्थानीय समयअनुसार राति करिब ८.४५ बजे वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो । स्थानीय सर्रे प्रहरीले घटनाको पुष्टी गरेको छ ।

Loading...

आर्नोल्ड रोडको जंक्सन नजिकैको भएको सो दुर्घटनामा सेतो रंगको बीएमडब्यु कार र नीलो रंगको पेजट कारको आपसमा ठोक्किएको र नीलो कार उछिट्टिएर फुटपाथमा हिँडिरहेकी राधिकामाथि बज्रिन पुगेको बताइएको छ ।

उनलाई तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केही बेरमै मृत घोषणा गरेको स्थानीय गेटसर्रे डटकमले जनाएको छ ।

संखुवासभा मच्छेपोखरी ६ घर भएकी गुरुङ सातौँ गोरखा राइफल्सका पूर्व गोरखा सैनिक (२११६३७१७) धर्मराज गुरुङकी पत्नि रहेको संखुवासभा समाज युके तथा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् (स‌म्योजन) समितिका संयोजक गणेश रानामगरले जानकारी दिए । 

धर्मराज गुरुङ संखुवासभा समाज युकेको संरक्षक र संखुवासभा समाज हङकङको संस्थापक संरक्षक हुन् भने स्वर्गीय श्रीमती राधिका गुरुङ संखुवासभा समाज युके महिला समितिकी वरिष्ठ सदस्य रहेकी थिइन् ।

दुर्घटना भएका बखत श्रीमती गुरुङ काम सकेर घर फर्कदै गरेको बताइएको छ । सदा घर फर्कने समयसम्म पनि उनी घर नआएपछि परिवारले उनको मोवाइलमा सम्पर्क गर्दा प्रहरीले फोन उठाएर घटनाका बारेमा जानकारी दिएको परिवारलाई उद्धृत गर्दै रानामगरले बताए ।

उनको एक छाेरा इन्जिनियर मिराज गुरुङ र चार छाेरीहरु मेजिना, मिसान, सोफिन र रोजिना छन् ।
काठमाडौंः व्यापारिक सामान बोकेको एक चिनियाँ रेल चीनको स्वशाषित क्षेत्र तिब्बतको केरुङ् हुंदै नेपाल तर्फ अघि बढेको छ । चीनको ग्वाङ्डोङ् प्रान्तको राजधानी ग्वान्जाओबाट सिगात्से आइपुगेको हो ।

गत एक बर्षको बीचमा चीनले व्यापारिक सामान भरेर सिगात्से सामान पठाएको यो दोश्रो पटक हो । ग्वान्जाओबाट तिब्बतको सिगात्से आइपुग्दा चिनियाँ रेलले ५२ सय किलोमिटर पार गरेको थियो ।

चिनियाँ संचार माध्यमका अनुसार ग्वान्जाओबाट नेपासंग सीमा जोडिएको केरुङ्सम्म सामान ल्याइपु¥याउन पाँचदेखि ६ दिनको समय लाग्छ । जुन समुन्द्रिक मार्गबाट सामान ल्याउन भन्दा २० दिन कम हो । भविष्यमा यो समय अवधिलाई चार दिनमा झार्न सकिने तिब्बतस्थित चिनियाँ अधिकारीले बताएका छन् । 

Loading...

सीमावर्ति सहर केरुङ्बाट ती व्यापारिक सामान मालवाहक ट्रकबाट रसुवागढी नाका भइ गाडीबाट काठमाडौ ल्याइन लागेको हो । सिगात्सेस्थित भन्सारबाट आवश्यक प्रक्रिया पुरा गरी ति सामान शुक्रबार ट्रकबाट नेपालतर्फ पठाइएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले समाचारमा जनाएको छ । अब ति मालवाहक ट्रकले सिगात्सेबाट काठमाडौ सम्म आइपुग्दा आठ सय ७० किलोमिटर दुरी पार गर्नेछन् ।

१९ मिलियन चिनियाँ युआन (२.८ मिलियन अमेरिकी डलर) बराबरका नेपाली व्यापारिका सामान लोड गरी पठाइएको छ । नेपाल ल्याउन लागिएका सामानहरुमा जुत्ता, लत्ताकपडा, टोपी, फर्निचर, घरायसी सामान, इलेक्ट्रोनिक्स, निर्माण सामाग्री छन् ।

‘चीनले वान रोड वान बेल्ट अवधारणालाई अघि बढाइरहेको बेला ग्वान्जाओ, तिब्ब्त र नेपालबीचको यो नयाँ रेल तथा मालवाह ढुवानी सेवाले चीन र नेपालबीचको ब्यापार प्रबर्धन गर्छ’ सिन्ह्वाले समाचारमा लेखेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि सारेको वान बेल्ट वान रोड अवधारण अनुशार चीन तथा एसिया, युरोप र अफ्रिकाबीच जमिन र समुद्रि मार्गबाट ब्यापार प्रबर्धन गर्न रेल पूर्वाधार तथा सडक संजाल निर्माण गरिनेछ ।

उक्त अवधारणा अनुशार अहिले एसियाली क्षेत्रका पाकिस्तान, कम्बोडिया तथा मध्य एसिया र अफ्रिकाका देशमा रेल पूर्वाधार तथा सडक संजाल निर्माण भइरहेका छन् । रेल पूर्वाधार तथा सडक संजाल निर्माणका लागि चीनले स्थापना गरेको सिल्क रोड कोषको रकम खर्च हुनेछ ।

वान बेल्ट वान रोड अवधारणा अनुशार नेपालसँग पनि रेल पूर्वाधार तथा सडक संजाल निर्माण अघि बढाउन चीनले चाहेको हो । यस अवधारणामा सहभागि हुन नेपालले सन् २०१४ मा चीनसँग एक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको भएपनि अवधारणा अनुशार रेल पूर्वाधार तथा सडक संजाल निर्माणको कामले सफलता पाउन सकेको छैन ।

चीनले सन् २०२० भित्र सीमाक्षेत्र केरुङ्सम्म रेल विस्तार गर्ने घोषणा गतबर्ष गरेको थियो । चिनियाँ रेल तिब्बतको सिगोत्सेसम्म विस्तार भइसकेको छ । चीनले अन्र्तदेशिय आर्थिक क्षेत्र समेत विस्तार गर्ने योजना बनाएको छ । रसुवागढी नाकाको स्तरोन्नतिका लागि आवश्यक काम हुन सकेको छैन भने नेपालतर्फ रेल संजाल छैन ।

अब चिनियाँ रेलसंग जोडिन नेपालले आफ्नो भूभाग तर्फ रेल र सडक संजाल निर्माण गर्नुपर्छ । यसका लागि नेपालले चिनियाँ पुंजी लिनसक्ने सरकारी अधिकारीको भनाइ छ । अन्नपुर्ण पोस्टमा खबर छ !
काठमाडौं, मंसिर २५। कुनै समय राज्यविरूद्ध सशस्त्र युद्वमा होमिँदै मर्न र मार्न तयार हुने माओवादी लडाकु अहिले विश्वको द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् । २०६९ कात्तिक १६ मा नेपाली सेनामा समायोजन भएका ८३ जना पूर्वलडाकु शान्ति स्थापनाका लागि यही वर्ष अफ्रिकी मुलुकहरू लेबलान, कंगो र दक्षिण सुडान पुगिसकेका छन् । 

Loading...

सेनामा समायोजन भएपछि पहिलोपटक माओवादीका पूर्वलडाकुहरू नेपाली सेनाको पोसाक र युएनको निलो टोपी लगाउँदै  शान्ति स्थापनाका लागि खटिएका हुन् । नेपाली सेनाका अनुसार यस वर्ष नै थप ८० जना शान्ति मिसनमा जाँदैछन् । 

उनीहरू अहिले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा प्रशिक्षण लिइरहेका छन् । पूर्वमाओवादी लडाकुलाई गत वर्षको वैशाख/जेठबाट  मिसनमा जानका लागि  प्रशिक्षण दिन थालिएको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ ।