अंशवण्डामा झगडा हुँदा आफ्नै छोराछारी सहित ७ को हत्या


बझाङ, २१ जेठ । बझाङको एउटा दुर्गम गाउँमा दाजुभाइबीच अंशवण्डाको विषयमा झगडा हुँदा दुवै पक्षका गरी छ जना अबोध बालबालिका र एक महिलाको मृत्यु भएको छ । झगडामा उत्रेका दुवै जनाले चक्कु लगायतको घरेलु हतियार प्रयोग गरेर एक अर्काका अबोध नाबालक छोराछोरीको निर्मम हत्या गरेका हुन् ।

दाजु विरजीत बिकले आफ्नै भाई गगनका दुई छोराछोरीको खुकुरीले हत्या गरेपछि गगनले पनि विरजीतकी श्रीमती तथा आफ्नी भाउजु र चार भतिजाभतिजीको त्यसैगरी हत्या गरेका हुन् । अंश विवादले दुवै दाजुभाइलाई कंश बनायो । रीसको झोंकमा आँखा नदेखेर अवोध छोराछोरी र भाउजुको हत्या गरेपछि उनीहरु अहिले मानसिक सन्तुलन गुमाएको अवस्थामा पुगेका छन् । 
सामग्री बिस्तारमा >>>

'एटिएम' छाडा भयो, प्रदर्शनमा निषेध हुनसक्छ : चलचित्र निर्माता संघ


काठमाडौं, २१ जेठ । 'एटिएम'को प्रोमोले फिल्म उद्योगकै घोर अपमान र बेइज्ज्त गरेको ठहर नेपाल चलचित्र निर्माता संघले गरेको छ । संघले सो फिल्मका निर्माता एवं संघका साधारण सदस्य दिनेश थापाको नाममा शुक्रबार काटेको पत्रको व्यहोरा यस्तो छ - 'उपरोक्त विषयमा तपाईंको कम्पनीको ब्यानरमा निर्मित फिल्म 'एटिएम'को प्रोमो/ट्रेलर/तस्बिर केही दिनयता विभिन्न सञ्चारमाध्यममा प्रसारण भइरहेकोमा त्यसमा संलग्न श्रव्य/दृश्यप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।  
सामग्री बिस्तारमा >>>
previous