डेनमार्कमा नेपालीहरुको नयाँ वर्ष शुभकामना आदानप्रदान

Spread the love

नमस्ते नेपाली, कोपेनहेगन । डेनमार्कको ओदेन्समा बस्ने नेपालीहरुले नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सयौ नेपालीहरु उपस्थित कार्यक्रममा ३० पटकभन्दा बढी नेपालको यात्रा गरेका डेनिस नागरिक ब्रुनो आन्देर्स योर्गेन्सनलाई सम्मान गरिएको छ ।

सहभागीहरु नेपाली पञ्चेबाजा, साँस्कृतिक प्रस्तुति र डिजे सङ्गीतमा सामुहिक नाचगानमा रमेका थिए ।

दर्जनौ डेनिसहरु पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद ओदेन्सका अध्यक्ष दिनेश थापा, राष्ट्रिय समन्वय परिषद डेनमार्कका अध्यक्ष कमल शर्मा र योर्गेन्सनले शुभकामना मन्तव्य राखेका थिए ।

कलाकारहरुलाई पुरस्कार र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय परिषद सचिव ओङ्गेल लामाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *