पोर्तुगलमा दुई दिनमा दुई नेपालीको निधन

Spread the love

नमस्ते नेपाली, लिस्बन । पोर्तुगलमा एक नेपाली युवकको दु:खद निधन भएको छ । झापाका ३१ वर्षीय अजय थापाको शुक्रबार निधन भएको हो ।

थापाको सेतेरिओसमा निधन भएको हो । पाँच वर्ष अगाडि पोर्तुगल आएका उनले लिस्बनमै उबर इट्समा काम गर्दथे ।

उनको श्रीमती पोर्तुगलमै रहेकी छन् ।

दुई दिन अघि बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका १ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको हृदयघातका कारण मृत्‍यु भएको थियो । मारभिल्ला कम्पनीमा कार्यरत मगरको १६ अगस्टका दिन सुतिरहेको अवस्थामै मृत्यु भएको थियो ।

पोर्तुगलमा रहेका मृतकका आफन्त र समाजका अगुवाहरुले दिवंगत आत्माप्रति श्रद्धाञ्जली एवम् चीर शान्तिको कामना गर्दै आफन्त तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तरराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित सदस्य बिनु बस्नेतका अनुसार, परिवारसँगको छलफलपछि दुवैको पार्थीव शरीर नेपाल पठाइने छ । उनका साथीभाइले पार्थीव शरीर व्यवस्थापन गर्न आवश्यक आर्थिक सहयोग गरिदिन पोर्तुगलमा रहेका सबै नेपालीहरुलाई अनुरोध गरेका छन् ।

पोर्तुगलमा २०१० यता ७७ नेपालीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *