स्याङ्जा सहयोग समाज पोर्तुगलको तेस्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन अर्याल चयन

Spread the love

नमस्ते नेपाली, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्तुगलको तेस्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन अर्याल चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा रेखा रेग्मी, विशाल पराजुली, देवी डोटेल र महासचिवमा क्षितिज गौचनलाई चयन गरेको छ ।

नव निर्वाचित समितिको सचिवद्वयमा सन्तोष सुवेदी र गणेश गैरे रहेका छन् भने कोषाध्यक्षमा ऋषि सुवेदी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा तुल गुरुङ, ज्ञानप्रसाद तिवारी, यज्ञ प्रसाद डुम्रे, सुदन काफ्ले, पदम कुवर, लक्ष्मण काफ्ले, अमर दर्लामी मगर, अनु अधिकारी, राजु मानन्धर, सुदिप थापा, धर्मगत चापागाईं, कृष्ण सेन र विश्वास राना रहेका छन् ।

समाजको सल्लाहकार समितिमा बिमल गौतम, बिपिन अर्याल, आकाशकिरण श्रेष्ठ र राजेन्द्रप्रसाद डुम्रे रहेका छन् ।

लभ लिस्बन रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, एनआरएनए पूर्व अध्यक्ष रमेशकुमार गुरुङ, पत्रकार योगेन्द्रमिलन छन्त्याल, प्रवासी नेपाली एकता मञ्चका महासचिव दीपक खत्री, गुल्मी समाज पोर्तुगलका अध्यक्ष युवराज पन्थीलगायतले शुभकामना मन्तव्य दिएका थिए । समाजका अध्यक्ष बिमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य देवी डोटेल र सञ्चालन महासचिव विपिन अर्यालले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *