विदेशी नागरिक बनेका गैरआवासीय नेपालीहरुले पनि नेपालमा नागरिकता लिन पाउने

Spread the love

नमस्ते नेपाली, लिस्बन । गैर आवासीय नेपालीहरूले अब नेपालमा गैर आवासीय नागरिकता लिन पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बनेकाहरुले गैर आवासीय नागरिकता लिन सक्ने छन् ।

गैर आवासीय नागरिकता लिने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन् । गैर आवासीय नागरिकताले भोट दिन, चुनाव लड्न, राहदानी बनाउनेलगायतका राजनीतिक अधिकार भने पाउने छैनन् । गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा वसोवास गर्नेले मात्र लिन सक्ने छन् ।

वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन् ।

यस्तो व्यवस्था बमोजिम नागरिकता लिन यी शर्त पूरा गर्नुपर्छ :

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण,

(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,

(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,

(घ) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण,

(ङ) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *