मुखको दुर्गन्धका अनेक कारण

Spread the love

मास्क नलगाउँदा मुखको दुर्गन्ध आफूलाई महसुस नहुन सक्छ । तर, मास्कका कारण सास बाहिर निस्किन पाउँदैन र मुखको दुर्गन्ध महसुस हुन्छ । मुख तथा सास गन्हाउने समस्यालाई ‘हालिटोसिस’ भनिन्छ । विश्वभर करिब ८० करोड मानिस हाल यो समस्याबाट पीडित छन् ।

सरसफाइमा लापरबाही

लकडाउनले मानिसलाई अल्छी बनाएको छ । सबेरै उठ्ने, ब्रस गर्ने, मुख धुने या नुहाउनेलगायत हेल्दी रुटिन बिग्रिएको छ । अधिकांशमा यतिवेला सास गन्हाउने समस्या देखिनुको कारण अल्छीपना हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मुख सुक्खा हुँदा

कतिपयको मुखमा ‘र्‍याल’ कम उत्पादन हुन्छ । राति र्‍याल कम उत्पादन हुने समस्या पनि हुन सक्छ । निद्रामा घुर्दा या मुखबाट सास फेर्दा पनि मुख सुक्खा हुन सक्छ । त्यसैले, मुखबाट नमीठो गन्ध आउँछ ।

औषधि सेवन

अधिकांश औषधिले शरीरमा केही न केही ‘साइड इफेक्ट’ गर्छ । खासगरी, उच्च रक्तचाप, डिप्रेसन, तनाब, मांसपेसीका समस्याजस्ता रोगका औषधिको असर सासमा देखिने गर्छ । त्यसैले, यस्ता औषधिको असर हटाउन चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

गन्ध आउने खानेकुरा

कफी, प्याज, लसुन, माछा र मसालादार खानाले पनि मुख र सासमा गन्ध आउने समस्या देखा पर्छ । कफीमा रहेको ‘क्याफिन’ले र्‍याल उत्पादनमा कमी ल्याउँछ । अमेरिकाको ‘एकेडेमी अफ जनरल डेन्टिस्ट्री’का अनुसार, धूम्रपान, मद्यपान, सुर्ती र खैनी सेवन गर्ने मानिसमा यो समस्या स्वाभाविकै हुन्छ । गाँजर, कागती, फलफूल, धनियाँजस्ता तरकारी र फलफूल मुखको दुर्गन्ध हटाउन सहयोगी बन्छन् ।

सम्भावित रोगको संकेत

शरीरमा लागिसकेका, तर लक्षण देखिन नसकेका रोगका कारण पनि सास र मुख गन्हाउने समस्या आउन सक्छ । मधुमेह त्यस्तै एउटा रोग हो । शरीरमा ‘इन्सुलिन’को मात्रा कम भएमा ‘केटोन एसिड’ बढ्छ । त्यसले सास र मुखको दुर्गन्ध बढाउँछ । मिर्गौला रोगीमा पनि सासको दुर्गन्धको समस्या देखिने गर्छ ।

ब्रस गर्ने गलत तरिका

खानाका टुक्रा दाँत र गिँजामा अड्किँदा पनि सास दुर्गन्धित हुने गर्छ । त्यसरी अड्किएका खानाका टुक्रामा ब्याक्टेरिया पैदा हुन्छन् । त्यसैले, ब्रस गर्दा त्यस्ता टुक्रा निस्किने गरी गर्नुपर्छ । गलत तरिकाबाट ब्रस गर्दा यस्तो समस्या रहिरहन्छ । – नयाँ पत्रिका

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *