नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसाका जीवनोपयोगी १० भनाइहरु

Spread the love

नमस्कार ! यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौ । आज हामी १० जीवनोपयोगी भनाइहरुको दोस्रो भाग लिएर उपस्थित भएका छौ । यी भनाइहरु यहाँका लागि प्रेरणादायी बन्नेछन्, उपयोगी सिद्ध हुनेछन्, मर्मस्पर्शी हुनेछन्, यिनीहरुको अनुसरण गर्नुभयो भने सन्तुष्टि प्राप्त गर्नुहुनेछ । यी भनाइबाट जिन्दगीमा सफलता प्राप्त गर्न सहज हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

आज हामीले नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसाका १० जीवनोपयोगी भनाइहरु समेटेका छौ । अबको प्रस्तुतिमा टेरेसाको अनुभवमा आधारित १० भनाइहरु :

१. यो जीवन अरुको लागि होइन भने यो जीवन नै होइन ।

२. शान्ति मुस्कानबाट सुरुवात हुन्छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

३. हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर ।

७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९. यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१०. प्रेम सबैले टिप्न सक्ने सदावहार फल हो ।

आज प्रस्तुत सामग्री प्रेरक संसार डट कमबाट साभार गरेका थियौ । ‘जीवनोपयोगी भनाइहरु’ को तेश्रो भागमा भेट हुने नै छ । कृपया हाम्रो नमस्ते नेपाली युट्युब च्यानल Subscribe गरिदिनु हुन अनुरोध छ । साथै संगै आउने बेल Icon मा क्लिक गरिदिनु होला र भिडियो शेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

यहाँहरु जहाँ हुनु हुन्छ, जस्तो अवस्थामा हुनु हुन्छ, जे गर्दै हुनुहुन्छ : स्वस्थ रहनु होला, मस्त रहनुहोला । यहाँका सबै सबै चाहना र सपनाहरु पूरा होउन्, हाम्रो हार्दिक शुभकामना ! नमस्कार !

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *