कांग्रेस नेताको सिफारिसमा भारतीय नागरिकलाई वंशजको नागरिकता

Spread the love

दाङ । नेपाली कांग्रेसका नेताको सिफारिसमा एक जना भारतीय नागरिकले वंशजको नागरिकता पाएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट कांग्रेस नेता समेत रहेका घोराही उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधवप्रसाद चाैधरीको सिफारिसमा वंशजको अाधारमा भारतीय युवाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन ।

२०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट भारतको बलरामपुर जिल्लाका विशाल कुमारले वंशजको अाधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । नागरिकता लिँदा उनले मितबहादुर दमाईको नामबाट लिएको अनुसन्धानबाट खुलेको छ । नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ रहेको विशालकुमारले लिएको नागरिकतामा बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख गरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपाली नागरिकता लिने विशाल हाल प्रहरी हिरासतमा रहेका छन । उनलाइ नागरिकता दिलाउन सिफारिस गर्ने वडा अध्यक्ष चाैधरीसहित नक्कली बुबा हिरालाल दमाई, घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा सचिव पदमप्रसाद रेग्मी, त्रिपुरा खड्का, लिला अधिकारीको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले उल्लेखित सबैको विरूद्धमा मुद्दा दर्ता गरिसकेको छ ।

तर कांग्रेसको नेता भएकै कारण वडा अध्यक्षलाइ समात्न सकिरहेको छैन । जिप्रका दाङका डिएसपी सुमित खड्काले वडा अध्यक्ष चाैधरीसहित नक्कली बुबा हिरालाल दमाई, घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा सचिव पदमप्रसाद रेग्मी, त्रिपुरा खड्का, लिला अधिकारी फरार रहेकाले खोजी भैरहेको बताएका छन । यद्यपी उनीहरू सार्वजनिक रूपमा हिडडुल गरिरहेका छन । चाैधरी गत स्थनीय निर्वाचनमा नेपाली कांग्रेसको रूख चिन्हमा ८७० मत ल्याइ निर्वािचत भएका थिए । – दैनिकी डट कमबाट साभार

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *