एसियाका सबैभन्दा धनी ‘ज्याक मा’का १० वटा जीवनोपयोगी भनाइहरु

Spread the love

नमस्कार ! यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौ । आज हामी १० वटा जीवनोपयोगी भनाइहरु लिएर उपस्थित भएका छौ । यी भनाइहरु यहाँका जिन्दगानीमा प्रेरणादायी बन्नेछन्, उपयोगी सिद्ध हुनेछन्, मर्मस्पर्शी हुनेछन्, यिनीहरुको अनुसरण गर्नुभयो भने सन्तुष्टि प्राप्त गर्नुहुनेछ । यी भनाइबाट जिन्दगीमा सफलता प्राप्त गर्न सहज हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ज्याक मा एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘ वाण्डा ग्प’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ । आउनुहोस्, उनका केही यस्ता भनाइबारे जानकारी दिदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ । अबको प्रस्तुतिमा उनको अनुभवमा आधारित १० भनाईहरु :

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ , र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।

३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।

५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस् , न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ , न कि सबैभन्दा इमान्दार ।

८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर , नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।

९ . यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ , त्यही मौका पनि हुन्छ

आज प्रस्तुत सामग्री प्रेरक संसार डट कमबाट साभार गरेका थियौ । ‘जीवनोपयोगी भनाइहरु’ को दोस्रो भागमा भेट हुने नै छ । कृपया हाम्रो युट्युब च्यानल Subscribe गरिदिनु हुन अनुरोध छ । साथै संगै आउने बेला Icon मा क्लिक गरिदिनु होला र भिडियो शेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

यहाँहरु जहाँ हुनु हुन्छ, जस्तो अवस्थामा हुनु हुन्छ, जे गर्दै हुनुहुन्छ : स्वस्थ रहनु होला । मस्त रहनुहोला । यहाँका सबै सबै चाहना र सपनाहरु पूरा बनून् । हाम्रो शुभकामना ! नमस्कार !

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *