युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि एकदिने ‘फिचर लेखन तालिम’ सम्पन्न

Spread the love

नमस्ते नेपाली, लिस्बन । युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि एकदिने ‘फिचर लेखन तालिम’ सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा र बेल्जियम शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा फिचर लेखनका लागि विषयवस्तुको छनौट, आकर्षक प्रस्तुति, आमसरोकारका कुरा, यसको बनौट, साज सज्जाबारेमा सहजकर्ताद्वय थाहा खबर डट कमका प्रधान सम्पादक तीर्थ कोइराला र घटना र विचार डट कमकी सम्पादक बबिता बस्नेतले सहजीकरण गरेका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कोइरालाले बुढापुरानाले सन्तानले डाँडाकाँडा ढाकुन् भनेर आशीष दिने गरेको सम्झदै १७५ वटा देशमा नेपालीहरु पुगेको तथ्याङ्क सुनाए । उनले विदेशमा बसेर पनि नेपाली पत्रकारितालाई निरन्तरता दिएकोमा सहभागीलाई धन्यवाद दिए । तर पत्रकारिता गर्दा भाषामा शुद्धता, लेखाइमा प्रष्टता र प्रस्तुतिमा निष्पक्षता हुनुपर्ने कुरामा उनको जोड थियो ।

बस्नेतले पनि विदेश पुगेर पनि प्रवासीहरुले सधैं देश सम्झने गरेको बताइन् । ‘महामारीको समयमा स्वास्थ्यको ख्याल गर्नुपर्छ । नेपाल हुनेहरुको अमेरिका युरोपमा रुखमा डलर र युरो फल्छजस्तै चिन्तन छ ।’ उनले थपिन्, ‘हामीलाई नेपाली रहेका मुलुकको संस्क्रिती, ईतिहास र वातावरणबारे साह्रै चासो लाग्छ । ती कुराहरुलाई फिचरमा समेट्न सक्नुहुनेछ भन्ने आशा छ ।’

नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगरले तालिम सफलताको शुभकामना व्यक्त गरेका गरेका थिए । उनले तालिममा सहभागी साथीहरुको पत्रकारिता पेशालाई मजबुत बनाउन र कलम चलाउन निखारता ल्याउने विश्वास व्यक्त गरे ।

तालिममा पोर्तुगल, बेल्जियम, स्पेन, जर्मनी, फ्रान्स, साइप्रस, नेदरल्यान्डस, डेनमार्क र नेपाल गरी ९ देशका २४ जनाको सहभागिता रहेको थियो । तालिम जुम एप प्रयोग गरी सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन पोर्तुगल शाखाका संयोजक योगेन्द्रमिलन छन्त्याल र बेल्जियम शाखाका संयोजक ओम शर्माले गरेका थिए । बेल्जियम शाखाकी सदस्य नीलम घिमिरे सापकोटाले सहजकर्ताद्वयप्रति आभार र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *