च्याम्पियन्स लिग पोर्तुगलमा

Spread the love

लिस्बन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले कोरोना महामारीका कारण प्रभावित बनेको यो सिजनको यूईएफए च्याम्पियन्स लिगको बाँकी खेल सकाउनका लागि ‘मिनी टुर्नामेन्ट’को अवधारणा अघि सारेको छ । त्यही मिनी टुर्नामेन्ट यूईएफएले पोर्तुगलको लिस्वनमा हुन सक्ने बताएको छ ।

यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा हुने तय भए पनि कोरोनाका कारण प्रभावित बनेको थियो । च्याम्पियन्स लिगका बाँकी रहेका क्वार्टरफाइनलदेखि फाइनलसम्मको खेल इस्तानुबुलमा गराउने प्रस्ताव गरे पनि इस्तानुबुल सहरले समर्थकबिना आयोजनाको आर्थिक भार थेग्न नसक्ने बताएका छन् । रसियाको मस्को, जर्मनीको फ्रान्कफर्ट र पोर्तुगलको लिस्वनले आयोजना गर्ने दाबी गरे पनि रिपोर्टको दाबीअनुसार यूईएफएका अध्यक्ष एलेक्सन्डर सेफरिनले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि रसियाको मस्कोको प्रस्तावलाई अस्वीकार गरिसकेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यूईएफएले लिस्वन र फ्रान्कफर्टबारे अध्ययन गरिरहेको छ । सम्भावित भेन्युको रूपमा लिस्वन नै अघि रहेको छ । फ्रान्कफर्टमा प्रतियोगिता आयोजना गर्दा जर्मन क्लबलाई घरेलु मैदानको फाइदा हुने आँकलन गरिँदा पोर्तुगलका क्लबहरू च्याम्पियन्स लिगमा नरहेका कारण यूईएफएले यही नै बाँकी खेल खेलाउने सम्भावना रहेको छ । यूईएफएको राजनीतिक कारण, पर्याप्त मात्रामा स्टेडियम, राम्रो व्यवस्थापन र कोरोना संक्रमण दरलाई नियन्त्रण गर्न सफल भएका कारण पनि लिस्वन उपयुक्त हुने देखिएको छ ।

लिस्वनले २०१४ मा फाइनलको सफल आयोजना गरेको थियो । जहाँ कार्लाे एन्सेलोटीको प्रशिक्षणमा स्पेनिस क्लब रियल म्याड्रिडले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । जर्मन पत्रिका बिल्डका अनुसार पोर्तुगलको लिस्वन सहर च्याम्पियन्स लिगको क्वार्टरफाइनल गर्नका लागि जर्मनीको फ्रान्कफर्टभन्दा अघि रहेको छ । तर, यसबारे १७ जुनमा बस्ने यूईएफएको बोर्ड मिटिङले च्याम्पियन्स लिगको भेन्यु र खेल तालिकाबारे घोषणा गर्नेछ । यूईएफएले अगस्टमा च्याम्पियन्स लिग सकाउने योजना बनाएको छ ।

यो सिजन स्पेनको एट्लेटिको मड्रिड, जर्मनीको आरबी लाइप्जिग, फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालीको एटलान्टा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड, जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सी, स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोली तथा इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोनबीच प्रि–क्वार्टरफाइनलको दोस्रो लेगको खेल बाँकी छ । पहिलो लेगमा रियल सिटीसँग २–१ ले तथा युभेन्टस लियोनसँग १–० ले पछि छ । बायर्नले चेल्सीलाई ३–० ले पछि पार्दा बार्सिलोना र नेपोली १–१ गोलको बराबरीको अवस्थामा छ । – एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *