ओमानबाट फर्कने नेपालीको पहिलो फ्लाइट जुन १५ मा, कोरोना रिपोर्टसहित नाम टिपाउन राजदूतावासको अनुरोध

Spread the love

ओमान । नेपाली राजदूतावास ओमानले कोभिड १९ को संक्रमणका कारण असहज भएका कारण स्वदेश फर्कनु पर्ने नेपालीहरुको लागि एक सूचना जारी गरेको छ ।

जुन ९, २०२० मंगलबार नेपाली राजदूतावास ओमानले जारी गरको सूचना अनुसार स्वदेश फर्कनु पर्ने नेपालीहरुले तोकिएको मापदण्ड अनुरुप प्राथमिकताका आधारमा ७ दिन भित्रको कोरोना टेस्टको रिपोर्ट सहित नाम टिपाउन भनेको छ ।

ओमानबाट नेपाल फर्कने नेपालीहरुको पहिलो उडान जुन १५, २०२० मा हुनेछ । स्वदेश फर्कनको लागि भाडा प्रतिव्यक्ति ११५ ओमानी रियल तोकिएको कुरा पनि सूचनामा जनाइएको छ। संबन्धित सबैले कोभिड १९ को PCR टेष्टको रिपोर्ट अनुसार फ्लाइट हुने भएकोले सो रिपोर्ट तयार गरन समेत भनेको छ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेगेटिभ रिपोर्ट आउनेहरुले सलाम एयरको कस्टमर सर्भिस सेन्टरको नम्बर २४२७२२२२ मा सम्पर्क गरि जानकारी लिएर टिकेट खरिद गर्नुपर्नेछ। त्यसैगरी थप जानकारी लिनु परेमा भने ७१५९२४९० या ७१५९२५०६ अथवा ७१५३०८४० मा सम्पर्क गर्नको लागि भनिएको छ ।

नेपालीहरुलाई स्वदेश फर्कनको लागि नेपाली महामाहिम राजदुत र दूतावासको ठूलो योगदान रहेको कुरा गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो। प्रवक्ता क्षेत्रीका अनुसार पहिलो फ्लाइट जुन १५ मा हुनेछ। यो फ्लाइटबाट नेपाल पुगेका र परिक्षण पछि नेगेटिभ रिपोर्ट आएकाहरुले घर जान पाउने छन्। तर उनीहरुले घरमा गएर सेल्फ आइसोलेशनमा बस्नु पर्नेछ ।

राजदूतावासको सूचना

सूचना ! सूचना ! सूचना !

कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077 मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने प्रयोजनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप यात्रा गर्ने समयमा कम्तिमा सात दिनभित्रको COVID-19 नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान अनुसार ओमानबाट घर फिर्तीको लागि यस दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाउनु भएका मध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन 15 मा सलाम एअर मार्फत हुने गरी तय भएको छ।जसको शुल्क ११५ ओमानी रियल तोकिएको छ।

सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा (वा दूतावासको जानकारीमा भएबमोजिम तपसिलको तालिकामा उल्लेख गरिएबमोजिमका स्वास्थ्य संस्थाहरूमा) कोभिड-19 को PCR परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर 24272222 मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने छ।

यस सम्बन्धमा थप बुझ्न परेमा 71592490/71592506/71530840 मा सम्पर्क गर्न सकिनेछ ।

नेपाली राजदूतावास मस्कट, ओमान

27 जेठ 2077, (09 जून 2020, मङ्‍गलबार)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *