कति वर्षका भए राजेश हमाल ?

Spread the love

काठमाडौं । अभिनेता राजेश हमालले मंगलबार आफ्नो जन्मदिन मनाए । विगतमा विभिन्न अनाथ आश्रम पुगेर उनले जन्मदिन मनाउने गरेका थिए । तर, यसपटक लकडाउनका कारण आफ्नै श्रीमतीसँग उनले जन्मदिन मनाएका छन् ।

अभिनेता हमाललाई जन्म दिनको अवसरमा उनको फेसबुकमा बिहानैदेखि निरन्तर शुभकामना आइरहेका छन् । राजेश दाइ तपार्इं कति वर्षको हुनुभयो भन्नेबारे धेरैले प्रश्न उठाएका छन् । तथापि अभिनेता हमालले आफू कति वर्षको भएँ भनेर खुलाएका छैनन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अभिनेता हमालले आफ्नो करिअर २०४७ सालमा रिलिज भएको चलचित्र ‘युगदेखि युगसम्म’बाट सुरु गरेका हुन् । त्यसो त उनले २०४५ सालमै पहिलोपटक चलचित्र भाग्यरेखाबाट काम सुरु गरेका थिए । केही दिन छायांकन पनि नगरी उनले यो फिल्म छाडेपछि राजेशका ठाउँमा सो चलचित्रमा रवीन्द्र खड्का नायक भएका थिए ।

चलचित्र युगदेखि युगसम्ममा काम गर्दा आफू २७ वर्षको भएँ भनेर उनले त्यतिबेला मिडियामा अन्तर्वार्ता दिएका थिए । यो फिल्म रिलिज भएको ठयाक्कै तीन दशक भयो । त्यो हिसाबले पनि अभिनेता राजेश हमाल कम्तीमा ५७ वर्ष पूरा भएर ५८ वर्षमा लागेका छन् । तर, उनका समकक्षीहरू अभिेनता हमाल ६० वर्षमा लागेको बताउँछन् । तथापि, अभिनेता हमालले आफ्नो सही जन्ममितिबारे खुलाएका छैनन् ।

‘युगदेखि युगसम्म’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका यी अभिनेताले यस अवधिमा डेढ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका बताएका छन् । तथापि, उनले विगत आधा दशकदेखि नेपाली चलचित्रमा काम गरेका छैनन् । उनले अभिनय गरेकामध्ये अहिलेसम्मकै उत्कृष्ट फिल्म देउता र वसन्ती मानिन्छ । तथापि, यी अभिनेताले काम गरेका सबैजसो चलचित्रले एक समयमा बक्स अफिसमा राम्राो सफलता हासिल गरेका थिए ।

निरन्तर तीन दशकसम्म नेपाली चलचित्रमा समय दिएर उनले आफूलाई सार्थक नायकको रूपमा स्थापित गराएका छन् । अब उनी चलचित्र निर्माणसँगै निर्देशनमा उत्रने योजनामा छन् । तर, चलचित्र निर्देशन कहिलेबाट सुरु गर्ने भन्ने खुलाएका छैनन् । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *