युवकहरुबीच हुन्छ यस्तो ‘गोप्य कुरा’

Spread the love

‘शारीरिक आकर्षण र यौन इच्छा प्राकृतिक हो । यस्तो आवश्यकता पुरा गर्नको लागि कसैको सहमति बिना जर्वजस्त गर्न मिल्दैन । त्यसैले सहमतिमा सबै काम हुन्छ भने यसलाई केटीको कम्जोरी र केटाको बहादुरी बुझ्नु हुँदैन ।’

ट्रिगर चेतावनी : यौन शोषण, सेक्सिज्म

यो ट्रिगर चेतावनी त्यो मान्छेहरुको लागि होइन् जसलाई सामाजिक सञ्जाल मार्फत् आउँने बलात्कारको धम्किहरु सामान्य लाग्छ । यो ट्रिगर चेतावनी त्यो मान्छेहरुको लागि होइन् जसलाई केटीहरुको शरीरको बारेमा हल्का टिप्पणी गर्दा हाँसो उठ्ने गर्छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यो ट्रिगर चेतावनी त्यो मानिसहरुको लागि होइन् जसले श्रीमान–श्रीमतीको बारेमा घटिया चुट्किला शेयर गरेर रमाउँने गर्छन् । यो ट्रिगर ती केटीहरुको लागि जो दैनिक यसको सिकार हुन्छन् साथै यसबाट प्रभावित छन् ।

अब अगाडीः

‘ब्रो, यो केटीलाई बोलाऔं, हामी सजिलै यसको बलात्कार गर्न सक्छौं म अरु केटाहरुलाई पनि बोलाउँछु । हामी यसलाई सामूहिक बलात्कार गर्न सक्छौं । हामी धेरै कुरा गर्न सक्छौं ।’

‘डुड, यो हेर, यसको न्युड सेल्फी । म १० कक्षादेखि उसलाई हुकअप गर्थें सधैं मलाई न्युड फोटो पठाउँथिई ।’

‘ब्रो, हामी एक काम गरौं । सधैं हाम्रोविरुद्धमा बोलिरहेकी छे नि, त्यसको न्युट सेल्फी लिक गरिदिउँ । खुब ठूलो नारीवादी बनिरहेकी छ । मुख देखाउँन लायक रहने छैन ।’

यो कुराकानी महँगो मोर्डन स्कुलमा पढ्ने १५–१६ वर्ष उमेरका केटाहरुले गरिरहेका छन् । त्यो पनि आफ्नै स्कुलमा पढ्ने आफ्नै उमेरका केटीहरुको बारेमा ।

यो सबै कुराकानी इन्स्ट्राग्राममा ‘बाइज लकर रुम’ नामको एक गु्रपमा भइरहेको थियो । खै, कसरी उसको स्क्रिनसट सार्वजनिक भएको छ । त्यसैले दिल्ली पुलिस साइबर सेल यसको अनुसन्धान गरिरहेको छ ।

लकर रुम :

‘लकर रुम’ अर्थात बन्द कोठाको कुराकानी अर्थात लकर रुमको कुराकानी जहाँ पुरुषहरु मात्र सहभागि भएका हुन्छ । यो लकर रुम जहाँ पनि हुन सक्छ । जस्तै व्हाटसप, फेसबुक ग्रुप, कुनै बार अथवा कार्यालयको कोठा जहाँ पुरुषहरुमात्र भेला भएका हुन्छन् र महिलाको बारेमा कुराकानी गर्छन ।

यी चिजहरु सार्वजनिक ठाउँमा हुँदैनन् । यसका अंश भएका पुरुषहरु बाहेक प्रायः कसैले पनि यसको बारेमा थाहा हुँदैन । यस बन्द कोठामा भएको कुराकानी कहिले काही सार्वजनिक हुन्छ जस्तो यी स्कुलका केटाहरुको कुराकानी इन्स्ट्राग्राममा सार्वजनिक भएको छ ।

यसमा के समस्या छ ?

यो जान्नु आश्चर्यजनक कुरा होइन धेरै व्यक्तिहरु यी स्कुलका केटाहरुको ‘गोप्य कुराकानी’ भनेर बचाउँने कोशिस गरिरहेका छन् । केटाहरु हुन्, आपसमा थोरै हाँसो मजाक गरे भने पनि त्यसमा के समस्या छ ? तर, समूहमा हुने यस्ता कुराकानीमा धेरै समस्या छ । ती सबै समस्या बुझन गाह्रो पनि छैन ।

पहिलो समस्याः

मानौं त्यो ती केटाहरुको गोप्य कुराकानी हो । तर नबिर्सनुस् त्यही गोपनीयतामा तपाईंको अधिकार समाप्त हुन्छ । जहाँ अरु कसैको गोपनीयता सुरु हुन्छ । यदि कुनै केटीले केटालाई न्युड फोटो पठाउँछ भने त्यो आफैंमा सिमित राख्नु उसको दायित्व हो । तर, केटीको सहमतिबिना त्यो सेल्फी कसैलाई पठाउँनु केटीकोे गोपनीयताको उल्लंघन हो । त्यो तस्बिर बन्द कोठामा मात्र किन शेयर नहोस् त्यो केवल नैतिक रुपमा मात्र होइन् कानुनी रुपमा पनि अपराध हो ।

दोस्रो समस्याः

यदि तपाईंले त्यो इन्स्ट्राग्रामको ग्रुपको च्याट हेर्नुभयो भने सबै केटाले एक अर्कालाई समर्थन गरेको देख्नु हुन्छ । तिनीहरु सबै केटीको शरीरलाई मजाक बनाई हरेका छन् । सबै मिलेर बलात्कारको योजना बनाई रहेका छन् । केटाहरु हाँसिरहेका छन् । बलात्कारको कुरा गर्दै हाँस्ने इमोजी बनाई हरेका छन् । तर कसैले पनि यसमा आपत्ति जनाएका छैनन् । यो सबैले बलात्कार संस्कृतिको बढवा दिन्छ । साथै यस्तो व्यवहारलाई सामान्य बनाउँछ ।

यदि तपाईं गोप्य समूहमा ‘रेप जोक्स’ शेयर गर्दै हुनुहुन्छ, त्यसमा हाँस्दै हुनुहुन्छ तर त्यही कुरा सार्वजनिक हुँदा तपाईंको विचारमा अचानक परिर्वतन आउँछ कि आउँदैन ? सत्य अर्कै हुन्छ, संसारलाई देखाउँन तपाईंले जस्तो कुरा गरे पनि बन्द कोठामा भएको कुराकानी तपाईंको दिमागमा आइरहेको हुन्छ ।

तेस्रो समस्याः

समूहमा गरेका कुरामानी अझ खतरनाक छ, किन भने त्यसले तपाईंलाई गलत भए पनि शक्तिशाली र सही महसुस गराउँछ । एक सरल सिद्धान्त छ, धेरै व्यक्तिहरुले हाम्रो कुरामा समर्थन गर्यो भने हामी आफ्नै कुरामा अडिग रहन्छौं । यदि २५ जना व्यक्तिहरु तपाईंको भद्दा टिप्पणीमा हाँस्दैछन् भने त्यसले तपाईंलाई कुनै प्रकारको मानसिक बल दिदैंन ।

यस्तो अवस्थामा कसैले तपाईंलाई गलत भन्यो भने पनि मान्न तयार हुनुहुदैंन । कि भने तपाईं सोंच्नु हुन्छ सबै मेरो साथमा छन् । यति धेरै मानिस कसरी गलत हुन्छन् । तर आफूसँग भएका २४ जनाले गलत भन्छन् भने त्यो स्वीकार्य हुन्छ । यही नै हो बन्द कोठामा हुने कुराकानीको असर र खतरा ।

चौंथो समस्याः

पुरुषहरुले एक आपसमा यस्ता कुराकानी गर्नुको एउटै अर्थ हो उनीहरु महिलालाई आफ्नो बराबरीको ठान्दैनन् । यदि तपार्इं आफैंलाई आफ्नो बराबरको सोंच्नु हुन्छ भने अरुको बारेमा यस्तो कुराकानी गर्नु अगाडी दुई पटक सोच्नु हुन्छ ।

यस्ता कुराहरुले तपाईंलाई महिलासँग सामान्य सम्बन्ध बनाउँन पनि दिदैंन । तपाईं उनीहरुलाई केवल एक ‘यौन आइटम’ जस्तै देख्नु हुन्छ । एक सामान्य साथी एक सहकर्मीको रुपमा होइन । पहिला तपाई आफ्नै पछाडी बन्द कोठाको रुपमा ठट्टा गर्नु हुन्छ । त्यसपछि सार्वजनिक ठाउँमा त्यही कुरा भन्नु हुन्छ । सामाजिक सञ्जालमा केटीहरुलाई आफ्नो विचार व्यक्त गर्न, प्रदर्शन गर्न, तस्बिर पोष्ट गर्न ट्रोल गर्नु हुन्छ ।

यसरी तपाईं कपिल मिश्राको ट्वीटमा केही गलत देख्नु हुँदैन । जसमा उनले भनेका थिए–‘सपू जरगानको गर्भावस्थालाई मेरो भाषणसँग न जोड्नु । त्यस्ता कुरा यस्तो हुँदैन ।’ वा तपाईं यो कुरा गलत लागेको ढोङ्ग गर्नुहुन्छ तर, आफ्नै पछाडी तपाईं यस्तै कुरा गर्नु हुन्छ !

बिस्तारै त्यस्तै कुराले समान रुपमा ‘लकर रुम टक’ र ‘लूज टक’ले बलात्कार जस्तो यौन अपराध निम्त्याउँछ ।

लकर रुमदेखि खुला रुपमा शोषण :

लकर कोठाले के हामीलाई साँच्चिकै चकित बनाउँछ ? यसमा केही नयाँ छ वा छैन ? हामी ट्वीटमा महिला सम्बन्धि अपमानजनक कुराहरु दैनिक रुपमा ट्रेडिंग भइरहेको देख्छौँ । दैनिक कति जना केटीहरुलाई फेसबुक, इन्स्ट्राग्राममार्फत् दुव्र्यवहार, चरित्र हत्या, बलात्कारको सामना गर्नुपर्छ । सबैलाई इन्बक्समा त कसैलाई स्क्रिनशेयर गरी सार्वजनिक रुममै यस्तो सहनुपर्छ जसलाई ‘एन्टेसन शिकार’ भनिन्छ । अनि कसैलाई थाहा नै नभई हरेक दिन यसको शिकार हुन्छन् ।

यस्तै यौन हिंसा, सबै ठाउँमा कुनै न कुनै अन्य रुपमा भइरहेको हुन्छ । बुवाले आफ्नो छारीको अगाडी आमा बहिनीलाई दुव्र्यवहार गरिरहेका हुन्छन् तर, पनि सामान्य लाग्छ । तर छोरोले सबैको साथमा बसेर दुव्र्यवहार गरेको राम्रो मानिन्छ ।

स्कूलका शिक्षकहरुले केटीहरुको स्कर्टको लम्बाईको बारेमा टिप्पणी गर्छन । त्यो त्यही शिक्षकहरु हुन जसले यौन शिक्षा पढाउँनेबेला ‘सेक्स’ शक्दको उच्चारण गर्दैनन् । अनि केटीहरुलाई अलगै राखेर मासिक धर्मको बारेमा बताउँछन् । सुरक्षाको नाममा छोरीलाई प्रतिबन्ध लगाउँन आमाबुवाले कुनै कसर छोड्दैनन् तर छोरोको प्रतिरोधलाई केही प्रश्न गर्दैनन् ।’ यस पालन पोषणको परिणाम, केटीहरुलाई हुने हिंसा र शोषण सामान्य मानिन्छ । आफ्नै आमाबुवा परिवारका सदस्य छोरीलाई हुने अत्याचार कयौं पटक उसकै गल्ती मान्छन् ।

नट अल म्यान :

ह्यासट्याग ‘नट अल म्यान’ अर्थात् सबै पुरुष एउटै हुँदैन । कुनै पनि महिलामा हुने अन्याय तथा अपराधको बराबारीकोे कुरामा केटालाई बचाउँनको लागि त्यही ह्यासट्याग ब्रह्मास्त्रको रुपमा प्रयोग गरिन्छ ।

स्कुलका जुन केटीहरुले आफ्नो ब्वाईफ्रेन्डलाई न्युट तस्बिर पठाएका छन् । उनीहरुलाई पनि यही लागेको होला सबै पुरुषहरु एउटै हुदैनन् ।

चाखलाग्दो कुरा के छ भने, धेरै जसो बुवा भाइहरुले छोरी र बहिनीहरुलाई बुझाउँन भन्छन्– ‘हामी एक पुरुष हौं त्यसैले हामीलाई थाहा हुन्छ दिमागमा के कुरा चलिरहेको छ । त्यसैले उनीहरुबाट तिमीलाई बचाउँन खोज्दैछु । तर, जब शोषण र बलात्कारको कुरा गर्दा ती व्यक्तिहरु एकै आवाजमा भन्छन् सबै पुरुष एउटै हुँदैन ।’

मुद्दा सबै पुरुष एउटै हुन्छन् र हुँदैनन् भन्ने विषयको होइन । मुख्य कुरा के हो भने तपाईं सबै पुरुष एउटै हुँदैनन् भनेर अवस्थित् अपराधलाई रोक्न सक्नु हुँदैन । यसबाट केवल आफूलाई अलग राख्नु हुन्छ । अनि अप्रत्यक्ष रुपमा दोषीलाई बचाउँने काम गर्नु हुन्छ । कुनै न कुनै रुपमा तिनीहरुलाई तपाईं आफू देख्नुहुन्छ । यो भन्न निकै गाह्रो छ, कुनै एक वर्गले गल्ती गर्छ भने जिम्मेवार दोषी अर्कै वर्ग हुन्छ । ‘नट अल म्यान’ भनेर भाग्नुको सट्टा ‘ब्रो कल्चर’ नै समाप्त गर्नुपर्छ । पुरुषले एक अर्काको गलत व्यवहारलाई रोक्नुपर्छ । एक अर्काको गल्तीलाई लुकाउँनु भन्दा बिरोध जनाउँनु पर्छ ।

यो ‘इक्वेल टू’ को विषय होइन :

केटाहरुको ‘लकर रुम कन्भर्सेशन’लाई केटीहरुको ग्रुपमा पनि यस्तै कुरा हुन्छन् भन्दै बचाउँ गर्न कोशिस गरिएको छ । ‘बोइज लकर रुम’ सार्वजनिक भएसँगै ‘गर्लस् लकर रुम’ र ‘गाइज मेम्स’ जस्ता ग्रुपहरु पनि सार्वजनिक हुन थालेका छन् ।

अब यो बुझ्न गाह्रो छैन, ‘उनीहरु सोंच्छन् केटीहरु कति हट् छन् । केटाहरुको भाइसमेत नसाको तालमा रमाउँछन् । केटाको भाइहरुलाई उनीहरुको क्रस वा कल्पनाको बारेमा भनियो भने केटाहरुको भाइहरु भन्छन्– ‘तिम्रो उसँग सम्बन्ध भयो । कल गरेर कोठामा बोलाउँन । बोलाउँन लायक त छ नी ?’ त्यसो भए ‘गर्लस् लकर रुम’ मा केटाहरुलाई बलात्कार गर्ने योजना बनिरहेको हुन्छ ? पक्कै हुँदैन त्यसैले यो ‘इक्वेल टु’ को विषय नै होइन ।

पुरुषको शोषण कसले गर्छ ?:

कुनै पनि महिलाले यौन अपराधको विरुद्धमा आवाज उठायो भने केही पुरुष वर्गले भन्छन् पुरुषको पनि शोषण हुन्छ । यो साँचो हो, पुरुषको पनि बलात्कार हुन्छ । पुरुष पनि यौन उत्पीडनको शिकार हुन्छन् ।

तर यो गर्छ कसले ? धेरै जस्तो विषयमा स्वयम् पुरुष हुन्छन् । महिलाद्वारा पुरुषमा हुने यौन शोषणको अनुपात कति छ ? महिला र पुरुषमा हुने यौन शोषणलाई ‘टटस्थ’ गर्न सकिन्छ । अवथा पुरुषको यौन शोषणको व्याख्या गर्दै महिला यौन शोषण उल्लेख गरेर न्यायसंगत ठहर्र्याउन सकिन्छ ?

यो सम्पूण विषय गैर बराबरीको छ । तपाईं आफूलाई जति कम्जोर सम्झनु हुन्छ । उनीहरु तपाईंलाई नै मजाक बनाउछन् । उनीहरुसँगै अपशब्द प्रयोग गर्छन अनि शोषणको शिकार हुन्छन् । शारीरिक आकर्षण र यौन इच्छा प्राकृतिक हो ।

यस्तो आवश्यकता पुरा गर्नको लागि कसैको सहमति बिना जर्वजस्त गर्न मिल्दैन । त्यसैले सहमतिमा सबै काम हुन्छ भने यसलाई केटीको कम्जोरी र केटाको बहादुरी बुझ्नु हुँदैन ।

(एजेन्सीको सहयोगमा समाचार दैनिकका लागि आयुष्मा बस्नेतको अनुवाद ।)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *