– आनन्द गुरुङ
यता डबल नेकपाले लुटेको लुट्यै छ उता गगन थापा हिसाब माग्ने कुरा गर्दै छ्न।आजभोलि टिभी मा,सदनमा पनि उधारो हैन खन खनि भनेको ताजै छ। दश बर्से जनयुद्दमा यिनै ने.का.को कार्यकर्ता भएकै कारन कति सहिद हुनुपरेको,गाउबस्ती बाट लखटिएर बिचल्ली पारिएकाहरुको हिसाब पनि गर्ने कि?फेरि तिनै प्रचन्डशीत मिलेर आफ्नो पार्टीको निर्दोष सहिदको रगत सुक्न नपाउदै,बिस्थापित भएकाहरुको आसु सुक्न नपाउदै हसिया हथौड़ा मा भोट हाल्न बाध्य पारिएको हिसाब कस्तो आउँछ होला? कानुनी राज्य स्वतन्त्र न्यायपालिका को उचित प्रशिक्षण मा हिसाब बिग्रेको भएर हो कि खुमबहादुर दाइहरु के.सदस्य निर्बाचित हुनुभएको ? आफ्ताब आलम दाइ हरु जोगाउने हिसाब मिलाउन त होला नि प्रहरी प्रमुख को विषय मा प्रधान न्यायाधीश माथी महाअभियोग लगाउने सम्म प्रपन्च भयो।अब आउने महाधिवेशन मा दास प्रथाको अर्को नमूना अभ्यास हुन नदिन पनि हिसाब गर्नु पर्ने होला कि।
किनकी विशेष कारनबस समयमा महाधिवेशन हुन नसकेर थपिएको अबधिमा बनाइएको बिभाग को आवश्यकता,महत्त्व र यो पार्टीको बिधान अनुसार छैन भन्ने सम्मको हेक्का नभएर बिभाग को विभिन्न जिम्मेवारी मा मनोनित हुन पाउँदा ठुलै नेता बनेझै शुभकामना बटुलेर सामाजिक सन्जाल भरेका काङ्ग्रेसी हरु देख्दा धेरैलाई उनिहरुको राजनितिक चेतनाको दरिद्रता बुझ्न सजिलो भएको हिसाब निस्केको छ।प्रत्येक छ महिनामा प्रगती विवरण बुझाउनु पर्ने बिभाग महाधिवेशन आउन छ महिनापनी बाकी नहुदा बन्छ अनि त्यस्तो बिभाग मा मनोनित हुन पाउँदा मक्ख हुनेहरुबाट नेपाली जनताको समृद्दी र नेपाल को भबिस्य बन्छ भनेर कसैले पत्ताउछ जस्तो लाग्छ भने यो हिसाब पनि नमिल्दो हुनेछ। बि पि कोइराला ,ने का को इतिहास अलिकति पनि सचेत नागरिक सबैले पढेकै हुन्छ्न बिश्वप्रकाश र गगन हरुले पटक पटक को अबसर र मन्च हरु सात साल देखि शान्ति प्रक्रिया हुँदै सम्बिधान निर्माण सम्मको कथामात्र सुनाउदै मत माग्ने हो भने कतै गएर इतिहासको अद्य्यापन गरे हुन्छ।राजनिती गर्ने हो भने 2085 मा नेपाल कहाँ पुराउन सकिन्छ,नेपाली युवाहरूलाई के कस्ता अबसर दिलाउन सकिन्छ?नेपाल को अर्थब्यबस्था कति बलियो बनाउन सकिन्छ भन्ने खाका दिनुस किनकी इतिहास बुझेर,सुनेर हैन भबिस्य सोचेर हिसाब गर्ने समय आइसक्यो।
कसम पार्टिमा अरु थुप्रै जे जस्ता भएपनी गगन थापा र बिस्वप्रकाश बाट कुनै समय धेरै आशावादी भएको कार्यकर्ता थिय म।तर जस्तो पार्टी थियो र पार्टी भित्र जो परम्परा र प्रबित्ति थियो त्योबाट सम्भब छैन भन्नेमा पनि स्पष्ट थिए।यसमा धेरै सुधार गरिनु अवस्यक छ र यो यी दुई युवाहरुबाट सम्भब बनाउनु पर्छ भन्ने लाग्थ्यो। तर यो आलेखमा माथी उठाइएको विषयहरुमा आसा गरिएका हरुको प्रतिक्रिया सम्मपनि सुन्न पाइएन।उल्टै कोही त्यही गलत प्रबृत्ति को साची किनार बनेर प्रबक्ता बनी झनै मलजल गर्न लाग्नुभयो अनि अलि स्वाभिमानी कार्यकर्ता मा निरासा मात्र थपियो ।
गगन जि सङ मेरो आन्तिम भेट श्रदेय नेता स्व भिम बहादुर तामाङलाई श्रद्धाञ्जली दिन जादा सानेपमा भएको थिय। हिजो पार्टी भान्दा पहिला गणतन्त्र को मुद्दा उठाउनु र वहाको अभिव्यक्ति र निडर पन ले धेरै श्रद्धा र आशावादी थिय गगन जि प्रती। वहाहरुकै मुद्दा मा पार्टी आउनु थियो आयो । 12 महाधिवेशन मा नरहरी आचार्य सभापति लड्ने बेला स्व. भिम बहादुर तामाङ महामन्त्रीमा उम्मेदवार हुनुभयो र पराजित हुनुभयो ।अरु परिणाम जे जस्तो आएपनि गगन थापा लोकप्रिय मत सहित केन्द्रिय सदस्य बिजय भएपछि ने.का. मा आमूल परिबर्तन हुने र पार्टी बर्तमान नेपाल को समस्या हरुलाइ सम्बोधन गरेर नेतृत्व लिने बन्छ भन्ने तर आज पार्टी मा जुन खेमा बाट गगन जि महामन्त्री लड्नु भयो अब त सबै घामजस्तै छर्लङ्ग भयो।राजनीति मा जे पनि सम्भब हुन्छ भनेर ब्ल्याक मेलिङ गर्ने त अवसरबादी हरुलाइ छुट हुन्छ।तर स्वाभिमानी, ईमानदार र जनताप्रति समर्पित नेताले देश र जनताको हितमा हरेक परिस्थितिसित जुधेर सम्भव बनाउनु पर्छ।गएको स्थानीय निर्वाचन मा माओबादी सित मिल्न पुग्नु ने का को सिद्धान्त,बिचार इतिहास र द्वन्द्वकाल का सम्पुर्ण पीडित हरुमाथिको घोर अन्न्याय र धोका थियो।ने का यस्तो हुँदै गर्दा बिस्वप्रकास हरु प्रबक्ता बन्न हतार भएको र गगन जि हरु मन्त्री बन्न हतार भएको ले नै हो।
विभिन्न जातजाति,धर्म संस्कृती परम्परा,भासा,भेसभुसा लगायत बर्गिय,छेत्रीय बिबिधता ले बनेको देश नेपाल भनेर लेखियो,पढियो,पढाइयो तर ब्याख्या मात्र गरियो।यो बिबिधता बिचको असमानता हटाउने र यस बिबिधता बिचमा एकता निर्माण गरेर समाबेशि र बलियो राज्य निर्माण गर्नेकाम जेठो र लोकतान्त्रिक समाजबादी पार्टी भएको नाताले ने का कै थियो।बि पि को रास्ट्रबाद मा त सबै लिखित रुपमा अझैसम्म उस्तै छ ।तर बि पि पछि खुम्चिदै परिवारबाद नातावाद हुँदै भ्रष्टाचारको फोहोरमा फसेको पार्टी लाई उद्दार गर्ने आस गरिएको गगन थापा र बिस्वप्रकास शर्मा हरुको मीठो भासण केही लेख रचनाले सक्ने त सवालनै थिएन तर बर्तमान सम्म आउदा त उद्देश्य र प्ररिबद्दता मै खोट देखियो।
सर्बहाराबर्ग को अधिनायकवाद स्थापना गर्ने, समाजबाद उन्मुख राज्य निर्माण गर्ने नारा लगाउदै जनताको बहुदलीय जनबाद को प्रयोगबाट मात्र त्यो लक्ष्य प्राप्त गर्न सकिन्छ भनेर एकथरी ले नेपाली जनतालाइ बर्सौसम्म उल्लु बनाएर ठगे भने त्यही लक्ष्य मा पुग्न प्रचण्ड पथ, एक्काइसौं शताब्दी को जनबादको प्रयोग बाट मात्र सम्भब छ भनेर दशौ बर्ष जनयुद्ध मच्चाएर राज्यनै तहस नहस बनाए। हरेक क्षेत्रमा देशलाइ सयौ बर्ष पछि धकेल्ने काम भयो। हजारौं नेपाली आमाका सन्तानलाइ मारे,बेपत्ता बनाए,अङ्गभङ्ग बनाए र त्यसैलाई क्रान्ति भनी ब्याख्या गरे।त्यो जनयुद्ध ले हरेक नेपाली को जिबनशैली लाई नराम्रो सङ प्रभाव पार्यो।फलस्वरूप कहाँ हुनुपर्ने मानिस कहाँ छ्न,के गर्नुपर्ने मानिस के गर्दै छ्न।अन्तत वैदेशिक रोजगारी को लागी काठमाडौ बाट दैनिक बिदेशिने संख्या र काठमाडौमा फर्किने काठको बाक्सले धेरै कुरा बोलिरहेको छ। तरपनी आफुहरुनै एकमात्र प्रगतिसिल बिचारधारा भएको पार्टी भएको गाथा गाउन छाडेका छैनन र देशको आजको बर्तमान परिस्थिति आउनुमा आफुहरुको भुमिका प्रती गौरब गर्छन। त्यो जनयुद्ध सुरु गर्ने बेलामा देशमा नियोजितरूपमा नै पहिचान नगरिएको,स्वीकार नगरिएको जातीय क्षेत्रीय विविधताहरु र समाजमा राज्यद्वारा र विभिन्न समुदाय र ब्यक्तिद्वारा गरिदै आएको बिभेदको सम्बोधन हुनेछ भन्ने झुठो आश्वासन बाडियो र जनयुद्ध मा चरम प्रयोग गरियो।
ने.का.र नेकपा एमाले ले सम्बोधन नगरेको समाजको यथार्थहरु र बिभेदमा पारिएका बिविविधता हरुको उचित सम्बोधन गर्दै समाजको रूपान्तरन देखि समृद्धि सम्मको नारालाइ नेपाली जनताले बिश्वास गरेर ती सबै नवीन राजनीतिक आन्दोलन्हरुमा साथ पनि दिएको र गएको अन्तिम निर्वाचन मा अनुमोदन पनि गरेकै हो।तर नेपाली काङ्ग्रेस माथिको बिश्वास, धोका फेरि नेकपा एमाले माथिको बिश्वास,धोका फेरि नेकपा मावोबादी माथिको बिश्वास ,धोका हुँदै पछिल्लोपटक डबल नेकपा माथिको बिश्वास अनि हाल नेपाली जनताले देखन परेको यिनिहरुको लाजमर्दो नाङ्गो नाचको जतिनै बिरोध गरेपनी कम हुन्छ। सरकार को कार्यसैली भन्दा प्रमुख प्रतिपक्षि को मौनता झनै घातक हुन पुगेको छ।देश र जनतालाई केन्द्रमा राखेर राज्य सन्चालनमा त चुके चुके पार्टीको र देशको सर्बोच्च निकायमा रहेर कुन स्तरको आरोप प्रत्यारोपण गर्ने,कुन स्तरमा सवालजवाफ गर्ने र कुन स्तरको शैली प्रयोग गर्ने भन्ने सम्मको हेक्का राखेनन। जनताले बिश्वास गरेको राजनीतिक दलहरुको यस्तो गैरजिम्मेवारीपन, असक्षमता भएपछि देश र जनताको अवस्था अहिलेसम्म आम नेपाली जनताले जे भोग्नुपरेको छ,यो भन्दा अर्को त हुने कुरै भएन। बाबा बिदेशी भुमिमा गुलामी गरेरै बित्नुभयो, श्रीमानले अरबको तातो घाममा नै आफ्नो जवानी खेर फाल्दाको पीडा आफुनै भोग्दै छु,छोरा छोरी हुर्कना पाको छैन रहादानि बनाइदिन भन्छ्न।अति भयो अब यिनलाई भोट दियोभने केही फरक हुन्छकी भनी भोट दिएको जनताले उहीँ नेताले पनि भ्रष्टाचार गरेको नाताबाद गरेको बिदेशी को दलालि गरेको समाचार सुन्न पर्दा कसरी मन बुझाउछ होला? देश चलाउनु भनेर पठाएको नेता गुठ र परिवार चलाएको पाउँदा कसरी चित्त बुझाउछ होला? एकपटक गम्भीर भएर सोच्ने बेला भएको छ।
अब सारा देश बिदेश मा भएको नेपाली जनता सबैले फेरि उही चिन्तन, उहि बिचार,उहि रोजाइ उहीँ पार्टी हैन सबै कुरामा परिबर्तन ल्याउन र परिबर्तन हुन ढिलो भैसकेको छ।माथी उल्लेख गरेको देश चलाएका पार्टीको विकल्प कसै कसैले पुरानो राजसन्स्था भन्ने हल्ला पनि निर्लज्जताका साथ गर्दै छ्न।के प्रजातन्त्रको पुनर्बहाली पुर्ब उहीँ राजाको शासन भोगिएको हैन र ?त्यसैले अब एकमात्र नया विकल्प मा जानुको विकल्प छैन हामीलाई। हिमाल पहाड तराइ,पुर्ब पश्चिम् छरिएर रहेका विभिन्न बिबिधता बिचको विभेद रहित एकता, स-सम्मान आत्मसम्मान अनुभुति हुनेगरी समतामूलक,समाबेसि सबैको जनसंख्या अनुपातमा सहभागिता,पहिचान को सुनिश्चितता गर्दै बिगतमा जातीय क्षेत्रीय बिभेदमा पारिएका हरुलाइ उचित क्षेतिपुर्ती दिदै देश काल परिस्थिति सुहाउँदो अर्थनिती र कार्यनिती सहित सम्पुर्ण नेपालिलाइ आत्म्सम्मान सहित एउटै मालामा जोडेर समृद्ध सुखी र विकसित रास्ट्रको स्पष्ट धारणा भएको जनता समाजबादी पार्टी नै नेपाली जनताको एकमात्र भरोसा र आसाको केन्द्र भएको कुरा देशको परिवेश र आवश्यकताले देखाएको छ। अब हरेक सचेत नेपालिले जति सकिन्छ त्यति बिभेदमा पारिएका हरुको, अन्न्यायमा पारिएका हरुको, शोषण मा पारिएका हरुको भाडी बोक्न तयार हुनुनै देश र जनताप्रति को र माटोप्रतिको जिम्मेवारी उचित ढ्ङ्गले निभाउनु हुनेछ ।त्यसैले जनता समाजबादि पार्टी नै एकमात्र बैकल्पिक शक्ति बन्नेछ । किनकी पटक पटक उहीँ काम दिहोराउदै नया परिणाम को आसा राख्नु पागलपन हो।