नायिका शुभेच्छा थापाको समाजसेवी मन

Spread the love

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने नायिका, निर्मात्री तथा चलचित्र लेखिका शुभेच्छा थापा समाजसेवामा समेत त्यतिकै सक्रिय छिन् । दर्जनौ चलचित्र, म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा दमदार अभिनय प्रस्तुत गरेर नेपाली दर्शकहरुको मन जित्न सफल नायिका अहिले सामाजिक कार्य मार्फत पनि हजारौं पीडितहरुको सहारा बनेकी छिन् ।

समाजसेवाको माध्यमबाट अनाथ, असहाय निम्न वर्ग र वृद्ध वृद्धाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी नायिका थापा हजारौं भोका पेटहरुलाई राहत वितरण गर्न व्यस्त रहेकी छिन् ।

चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाईरसको कारणले संसारका मानव जाति भयभीत भएका छन् । नेपालजस्तो गरिब मुलुकमा यसको असर झन् बढी परेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदूरी गर्ने श्रमिक, पीडित नागरिक, राहतविहीन र अनाथ असहायहरुले दुइ छाक खान समेत नपाईरहेको अवस्थामा नायिका शुभेच्छा थापा स्वास्थ्य सामग्री वितरणदेखि राहत वितरण तथा भोका पेटलाई खाना खुवाउने कार्यमा सक्रिय रहदै आएकी छिन् ।

भर्खरै मात्र उनले सहयोगी आत्मा निर्भर अनाथ आश्रमलाई एक वर्षसम्म १० जना बालबालिकालाई पढ्ने खर्च र खाद्यान्न राहत सामग्रीसमेत उनले संस्थाकी अध्यक्ष राधा सुबेदीलाई हस्तान्तरण गरेकी छिन् । सानैदेखि रंगमञ्चवाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी नायिका थापा लगनशिलता र परिश्रममा विश्वास गर्ने गर्छिन् ।

नायिका शुभेच्छा थापा कहिले विभिन्न स्थलमा गएर सहयोगी हातहरु बढाईरहेकी हुन्छिन् भने कहिले पीडितहरुको घरमा पुगेर राहतस्वरुप खाद्यान्न वितरण गरिरहेकी हुन्छिन् । लकडाउन सुरु भएसंगै राहत वितरणमा जुटेकी समाजसेवी थापा सम्पूर्ण नेपालीबीच लोकप्रिय भएकी छिन् ।

भोका जनताहरुलाई पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टी मिल्ने नायिका तथा समाजसेवी थापा बताउँछिन् । धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाई यस संकटको घडीमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न नायिका शुभेच्छा थापाले अनुरोध समेत गरेकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *