सम्माननीय प्रधानमन्त्रीमा समर्पित बालकविता ‘म त भाग्यमानी’

Spread the love

काँग्रेस नेता गगनकुमार थापा

सम्माननीय प्रधानमन्त्रीमा समर्पित बालकविता

म त भाग्यमानी

छैन यहाँ देशको नक्शा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने ?

कोही छैनन जोरी खोज्ने छैनन कोही हेप्ने

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सयौ कोष हिड्दा पनि श्रमिक छैनन आहात

गरीबलाई सम्मान छ सरकारबाट राहत

विदेशमा कोही पनि अलपत्र छैनन्

दु:ख पीडा सुनाउने ती नेपाली नै होइनन्

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक साना व्यापारीको साह्रै मर्म बुझ्ने

भ्रष्ट्राचारलाई नसहने सरकारको छ नीति

हावादारी हल्ला हुन् ओम्नी र यति

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नि दङ्ग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आशु कवि हाम्रा

दिन नबिराइ सिर्जना छ अहाँ कत्ति राम्रा !

राहत खोज्दै आउनेलाई तिनै गीत दिउला

गीत कविता भट्याउदै कालापानी जाउँला

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ

आँशु आए बरु त्यही गीतले आउँछ

यस्तो नायक गजबका ल्यायौ जानी जानी

अहो हामी नेपाली त साह्रै भाग्यमानी !

अहो हामी नेपाली त साह्रै भाग्यमानी !

अहो हामी नेपाली त साह्रै भाग्यमानी !

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *