प्रधानमन्त्री ओलीमाथि चोरीको आरोप

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । उनीमाथि कविता चोरी गरेको आरोप लागेको हो ।

मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना भन्दै एउटा कविता सार्वजनिक भएको थियो । कविता प्रधानमन्त्रीको ट्वीटर पेजमा राखिएको छ । ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उनका सल्लाहकारहरुले पनि शेयर गरेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उस्तै कविता आर. पी. गौतम आगोको नाममा ६ महिना अघि ट्वीटरमा सार्वजनिक गरिएको भेटिएको छ । लगत्तै ट्वीटरमा भीम स्वतन्त्र अविशले प्रधानमन्त्री ओलीमाथि बौद्धिक सम्पत्ति चोरीको कसुर लाग्ने भन्दै छानविनको माग गरेका छन् ।

शुरुमा आर. पी. गौतमको पोष्ट भनी राखिए पनि पछि आर. पी. गौतम भन्ने व्यक्तिको ट्वीटर एकाउन्ट नै गायब भएको छ । ट्वीटरमा छ महिना अघिको भनिएको कविता पोष्ट पनि गायब बनाइएको भेटिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *