नेपथ्यले ल्यायो ‘मार्‍यो पिरतीले’ को भिडियो

Spread the love

काठमाडौं – चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले १७ वर्षअघि सार्वजनिक गरेको गीत ‘मा-यो पिरतीले’ बोलको गीतले पहिलो पटक दृश्य पाएको छ ।

ब्याण्डले आफ्ना प्रसंसकका लागि यो गीतको भिडियो ल्याएको हो । ब्याण्डका मुख्य गायक अमृत गुरुङ आफैले यो गीत संकलन गरेका हुन् । सन् १९९७ मा उनी तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै गर्दा गीत संकलन गरेका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपथ्यकै एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा यो गीत पहिलो पटक रेकर्ड गरिएको थियो ।

पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क रहन नेपथ्यले यो गीत भिडियो ल्याएको जानकारी दिएको छ ।

भिडियो निर्माण नेपथ्यको व्यवस्थापक समेत रहेका नेपालयका किरणकृष्ण श्रेष्ठले गरेका हुन् । भिडियो अष्ट्रेलियामा छायाँकन गरिएको हो ।

भिडियोको छायाँंकन अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरिएको बताइएको छ । – रातोपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *