हल बन्दका कारण टेलिभिजनबाटै चलचित्र रिलिज

Spread the love

काठमाडौं । कोरोना संक्रमणका कारण निरन्तर लकडाउन जारी छ । नेपालका सिनेमा घरहरू कहिले खुल्छन् भन्ने टुंगो छैन । आफ्नो चलचित्र निर्माण सम्पन्न गरेर प्रदर्शनका तयारीमा बसेका चलचित्र निर्माताहरू यतिबेला छटपटाएका छन् । फिल्ममा लगानी फसेको र सिनेमा अनिश्चित समयसम्म रिलिज हुन नपाउँदा आफूहरू घाटामा जान थालेको उनीहरूको कथन छ ।

यसैक्रममा सिनेमा हल खुल्न अझै केही समय लाग्ने भएपछि चलचित्र ‘कोपिला’लाई टेलिभिजनबाटै रिलिज गर्न लागिएको यसका निर्माता मणिराज गौतमले बताएका छन् । उनका अनुसार यो चलचित्र अब डिसहोमको पे च्यानलमार्फत रिलिज गरिने भएको छ । दर्शकहरूले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत पैसा तिरेर हेर्न पाउने उनले बताए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

‘हलमा सिनेमा रिलिज गर्न सकेनांै र हल कहिले खुल्ने टुंगो पनि भएन । त्यसैले, वैशाख ३० गतेबाट दैनिक आठ सोको दरले अब डिसहोमबाट फिल्म रिलिज गरिने भएको छ,’ निर्माता गौतमले बताए, ‘लकडाउनको बेला यो चलचित्रलाई दर्शकहरूले घरमै बसेर आफ्नो समयअनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउनुहुनेछ ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा यो चलचित्र निर्माण गरिएको हो । चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटांैडामा विशेष सोमार्फत आएको रकमबाट निर्मला पन्तको परिवारलाई ५० हजार सहयोगसमेत गरिएको चलचित्रका निर्माता गौतमले बताए । चलचित्र प्रर्दशनबाट आएको रकमबाट १० प्रतिशत निर्मला पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले जानकारी गराए ।

चलचित्रका निर्देशक शिवम अधिकारी हुन् । उनले पनि कोरोना भाइरस त्रासदीका कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाइ हुने भएकाले लकडाउनमा बसेका दर्शकहरूको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत चलचित्र प्रर्दशन गर्न लागेको बताए । उनका अनुसार चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए ।

गणेश गिरीको प्रस्तुति रहेको कोपिलाको कार्यकारी निर्मातामा सुवास काफ्ले, निर्मातामा समीर मिया र रामेश्वर कार्की छन् । यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सञ्जीवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षत्रीलगायतको अभिनय छ ।

जसमा दीपक शर्माको संगीत, निर्देशक अधिकारीको लेखन, रामेश्वर कार्कीको छायांकन र समीर मियाको सम्पादन छ । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *