आलटाल गर्दै बेला टार्नुको मज्जा बेग्लै

Spread the love

हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो

सारीको फेर माथि सार्नुको मज्जा बेग्लै थियो ।

वारिबाट पारिसम्म छोटो बाटो भए पनि

आलटाल गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो ।

हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो

सारीको फेर माथि सार्नुको मज्जा बेग्लै थियो ।

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्

मलाई भने त्यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो ।

हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो

सारीको फेर माथि सार्नुको मज्जा बेग्लै थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कुन्नि कता के के गर्दा छोयो केमा पाखुराले

त्यत्ति बेला मैले धित मार्नुको मज्जा बेग्लै थियो ।

खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्क भइ

हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो

सारीको फेर माथि सार्नुको मज्जा बेग्लै थियो ।

लुगा निचोरेर पानी झार्नुको मज्जा बेग्लै थियो ।

हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो

सारीको फेर माथि सार्नुको मज्जा बेग्लै थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *