चाणक्य नीतिका अनुसार जीवनमा सफल बन्न गोप्य राख्नै पर्ने चार कुराहरु

Spread the love

आचार्य चाणक्यले जीवनलाई सफलतापूर्वक अघि बढाउनका लागि थुप्रै नीति बनाए र चाणक्य नीतिलाई त्यसैमा समाहित गरे । आचार्य चाणक्यको यो नीति आजसम्म पनि सान्दर्भिक छ ।

विष्णु गुप्त र कौटिल्यको नामले परिचित चाणक्यले सफलताका लागि चार यस्ता कुरा बारे जानकारी दिएका छन् जसको अनुसरण गरिए सफलता हात पार्न सकिनेछ । चाणक्यका अनुसार मनुष्यले यदि यी चार कुरा कसैलाई पनि नबताए हरेक मोडमा जीत हासिल गर्न सक्नेछन् ।

१. चाणक्यका अनुसार जीवनको कुनै पनि मोडमा यदि पैसाको कमी हुँदा आफ्नो आर्थिक स्थितीबारे कसैलाई पनि केही भन्नु हुँदैन । जीवनमा यस्ता थुप्रै मौका आउँछन् जब मानिसहरु आर्थिक रुपमा कमजोर हुन्छन् । यस्तो अवस्थामा तपाईंले आफैंलाई विश्वास गरेर अघि बढ्नुपर्छ । यदि तपाईंले यस्ता समस्याबारे सबैलाई बताउँदै हिँड्नुहुन्छ भने मानिसहरुले तपाईंको खिल्ली उडाउन सुरु गर्नेछन् । साथै मद्दतका लागि कोही पनि अघि सर्ने छैनन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

२. आचार्य चाणक्यका अनुसार हामीले आफ्नो घरको कुरा घरमै सिमित राख्नुपर्छ । जब मानिसहरुले घरको स–सानो कुरा बाहिरका मानिसहरुसँग गर्दै हिँड्छन् तब विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्छ । बाहिरका मानिसहरुले तपाईंबारे थाहा पाएर तपाईंविरुद्ध षड्यन्त्र रच्न थाल्छन् जसले गर्दा घरमा झगडा पैदा हुन्छ । चाणक्यका अनुसार श्रीमान् र श्रीमतीबीचको कुराकानी पनि सिमित राख्नुपर्छ किनभने यस्ता कुरा दुबैको सम्मान र अपमानसँग जोडिएको हुन्छ ।

३. हाम्रो जीवनमा यस्ता थुप्रै पल आउँछन् जब हामीले अपमान सहनुपर्छ । चाणक्यका अनुसार अपमानित हुँदा अरु कुनै व्यक्तिसँग यसबारे चर्चा गर्नुहुँदैन । आफ्नो अपमानलाई गोप्य राख्नुपर्छ । मानिसहरुलाई यस्ता कुरा बताउँदा उनीहरुले तपाईंलाई मद्दत गर्नुको साटो तपाईंको खिल्ली उडाउन सुरु गर्छन् । यसले तपाईंको मनोबल टुट्छ ।

४. आफ्नो दुःख पीडा सबैलाई बताउँदै हिँड्ने बानीले हामीलाई क्षती पुर्‍याइरहेको हुन्छ । अरुसँग तपाईंको दुःख, पीडा बुझ्ने समय नै हुँदैन । यस्तोमा तपाईंले आफ्नो दुःखबारे ती व्यक्तिसँग मात्रै चर्चा गर्नुपर्छ जसमाथि तपाईंलाई पूर्ण विश्वास छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *