भजन गाएर गरियाे श्री स्वस्थानी व्रतकथाको समापन

Spread the love

भक्तपुर- टोलटोलमा भजन गाएर भक्तपुरेले एक महिना लामो श्री स्वस्थानी व्रतकथा आइतबार समापन गरेका छन्। प्रत्येक वर्ष पौस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने श्री माधव नारायणको व्रत प्रत्येक वर्ष यहाँं यसरी नै समापन हुने चलन छ।

स्वस्थानी व्रतकथाको अन्तिम दिन टोलटोलका स्थानीय स्वस्थानी समापन व्रतमा सहभागी भएका थिए। एक महिनासम्म व्रत बसे पनि पनि अन्तिम दिन व्रत बसेर उनीहरु व्रतकथामा सहभागी हुने परम्परा छ। एक महिने व्रतकथाको अन्तिम दिन टोलटोलमा दर्जनौ स्थानीय व्रत बसेको बताइन्छ उनीहरु विभिन्न तीर्थहरुमा भेला भई भजन गाएर व्रतकथा समापन गराउने गर्दछन्।

एकमहिने व्रतकथाको मुख्य आकर्षण भने भक्तपुरको हनुमानघाटमा हो। यहाँं बिहानै एक महिनासम्म व्रतमा सहभागी महिला पुरुष भेला हुन्छन्। उनीहरुले श्लोक पढ्ने, हनुमानघाट खोलाको पानीमा डुबेर जलाशयन गर्ने, नांगो खुट्टाले नै सबै धोती मात्रै लगाई शरीर नापेर डिह्नेलगायतका धार्मिक क्रियाकलाप गरेका थिए। साथै त्यहाँं विशेष पूजा गरी जग्य तथा कथा वाचन समापन गरी प्रसाद वितरणसमेत गरिएको थियो।

काठमाडौंको साँंखुमा जस्तै यहाँं पनि श्रद्धालु महिला तथा पुरुषहरु एक महिनासम्म व्रतमा सहभागी हुने गरेका थिए। व्रत बसेका व्रतालुहरु यो एक महिनाकोबीचमा भक्तपुर नगरबाहेक चाँंगुनारायण, पशुपति, पनौतीमा पनि नांगो खुट्टाले हिडेर पुगेका थिए। त्यो बेला उनीहरु कलश बोकेर कलशमा निस्केका थिए।

कला संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसीका अनुसार यहाँं स्वास्थानी व्रतकथाको अन्तिम दिन मात्रै नभई प्रत्येक पूर्णिमाको दिन यहाँका टोलटोलमा भजन गाउने चलन छ। स्थानीयस्तरका मठमन्दिर, पाटीपौवामा बसेर समूहमा भजन गाउने गरेको उनले सुनाए।

संस्कृतिविद विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ। कृष्ण किसीले नागरिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *