क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा

Spread the love

काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।

इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।

३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।

गत साता इन्टर मिलानविरुद्धको खेलमा युभेन्ट्सले २-० को जित हात पारेपछि टिम फोटोमा रोनाल्डो र रुगानी पनि थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सामाजिक सञ्जालमा मिरालेम पिजानिकले पोष्ट गरेको उक्त फोटोमा रोनाल्डो र रुगानी दुवैले खुशी मनाइहेका थिए । रुगानीसंग भेट गरेका दुवै टिमका खेलाडीहरुले अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । रुगानी उक्त खेलमा बेन्चमै रहेको भएर धेरैसंग उनले भेट गरेका थिएनन् ।

रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।

युभेन्ट्सले अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनसंग खेल्ने तालिका छ । उक्त खेल क्लोज डोरमा खेलाउने तयारी भएपछि कोरोनाकै कारण युईएफले खेल स्थगित गर्न सक्ने सम्भावना छ । – अनलाइनखबर

क्रिष्टियानो रोनाल्डो कोरोनाभाइरस क्वारेन्टाइनमा

एजेन्सी – युभेन्टसका डिफेन्डर डयानि रुगानीलाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि क्रिष्टियानो रोनाल्डो माडेरियामा रहेको आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।

यो सामाचार आउनुपूर्व यो सँगै पोर्चुगिस स्टार रोनाल्डो स्ट्रोक भएकि आफ्नी आमालाई भेट्नका लागि मातृभूमितर्फ गएका थिए । रोनाल्डो र रुगानी दुवैले आइतबार ड्रेसिङ रुम सेयर गरेका थिए ।

बन्द रंगशालामा भएको उक्त खेलमा युभेन्टसले इन्टर मिलानलाई २–० गोल अन्तरले हराएको थियो । रोनाल्डो र रुगानीले आफ्ना साथीहरुसँग विजयको खुसीयालइी मनाइरहेको खुसीयाली मिरालेम पीजानिकले इन्सटाग्राममा पोष्ट गरेका थिए ।

रुगानीसँग सम्पर्कमा आएका जो कोही पनि आइसोलेसनमा बस्नु्पर्ने भएको छ । पोर्चुगिज संचार माध्यमहरुले यो फोटो आफ्नो प्रथम पृष्ठमै प्रकाशित गरेका छन् । – काठमाडौँपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *