कोरोनाका कारण पोर्तुगलमा एक नेपाली महिलाको मृत्‍यु

Spread the love

नमस्ते नेपाली, लिस्बन । पोर्तुगलमा कोरोनाका कारण एक महिलाको मृत्‍यु भएको छ । भक्तपुरकी मुना श्रेष्ठको कास्काइस अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको हो ।

४३ वर्षीया श्रेष्ठ पति हेमन्तकुमार श्रेष्ठ, एक छोरा र एक छोरीसहित साउ जुआउ दु इस्तोरिलमा बस्दै आएका थिए । उनको चार हप्तादेखि उपचार भैरहेको थियो ।

निमोनियाको समस्या रहेकी श्रेष्ठको शुक्रबार राति निधन भएको उनका एक छिमेकीले नमस्तेनेपालीलाई जानकारी दिएका छन् । पोर्तुगलमा कोरोनाका कारण निधन हुने उनी पहिलो नेपाली हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *