प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

Spread the love

मोरङ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य छ । – रासस

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *