गलवानमा मारिएका सैनिकका शरीरमा धारिलो हतियारका घाउ

Spread the love

एजेन्सी । भारत र चीनका सैनिकबीच गत साता लद्दाखको गलवान उपत्यकामा भएको झडपमा धारिलो हतियार प्रयोग गरेर भारतीय सैनिकको हत्या गरेको पाइएको छ ।

भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ का अनुसार झडपमा मारिएका सैनिकहरूको शरीरमा धारिलो हतियारबाट लागेका गहिरा घाउ देखिएको जनाएको छ ।

अखबारले स्रोतको हवाला दिँदै झडपमा मारिएका सैनिक जवानहरूका शरीरमा कैयौं ‘फ्रेक्चर’ पनि पाइएको दाबी गरेको छ । “गलवान उपत्यकामा भएको यो हिंस्रक झडपमा भारतीय सैनिकहरूले चिनियाँ सैनिकलाई मुखभरीको जवाफ फर्काएको थियो,” अखबारले लेखेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अखबारमा झडपका क्रममा भिरबाट लडेका कारण, खोलामा खसेका कारण तथा चिनियाँ सेनाको आक्रमणबाट भारतीय सेनाको मृत्यु भएको जनाइएको छ ।

‘इन्डियन एक्सप्रेस’ सँग सोनम नुरबु मेमोरियल अस्पतालका एक डाक्टरले भनेका छन्, “मारिएका सैनिकको शव देखेर भन्न सकिन्छ कि झडप निकै हिंस्रक थियो । यो पनि भन्न सकिन्छ भारतीय सेनाले पनि चिनियाँ सेना मारेका छन् । उनीहरूको शरीरमा धारिलो हतियार प्रयोग गरिएको छ । हड्डीहरू भाँचिएका छन् ।” – बीबीसी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *