अमेरिकामा एक व्यक्तिलाई सुई लगाएर मृत्युदण्ड

Spread the love

१९ कार्तिक, वासिङटन : अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ ।

अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीले बताएका छन् ।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदुरको हत्या गरेको पुष्टि भएको थियो । उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए । राइन्सका वकिलले भने समलिंगी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए ।

साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौनविभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *