पोर्तुगलको एनआरएनए विवाद : एक समूहलाई काखी च्याप्दा महावाणिज्यदूत हमाल नै विवादमा

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलको गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलको आठौं महाधिवेशनबाट सिर्जित विवाद अझै चर्कदै गएको छ । हुँदा हुँदा एक समूहलाई काखी च्याप्दा महावाणिज्यदूत मकरबहादुर हमाल नै विवादमा मुछिएका छन् ।

निर्वाचन प्रकृयामा आफूहरुलाई बेवास्ता गर्दै व्यापक धाँधली भएको आरोपसहित प्रवासी नेपाली एकता मञ्च, नेपाली समाज र केही स्वतन्त्र उम्मेदवारहरुको प्यानलले सोमफुरी शेर्पाको अध्यक्षतामा समिति गठन गरेको थियो भने जनसम्पर्क समितिको प्यानलले एकतर्फी निर्वाचन र मतगणना गर्दै आफ्नो पूरै प्यानल विजयी भएको भन्दै रबीन अधिकारीको अध्यक्षतामा अर्को समिति गठन भएको जानकारी गराएको थियो ।

अधिकारी पक्षको सपथ ग्रहण कार्यक्रममा महावाणिज्यदूत हमाल प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । समाजमा विवाद चर्किएका बेला संकोचबिना काँग्रेसनिकट कार्यक्रममा उपस्थित हमालको आलोचना गर्दै सामाजिक सञ्जालमा पनि विरोध जनाइएको छ ।

शेर्पा समूहको एनआरएनएले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै जनसम्पर्क पक्षको अवैध कार्यमा महावाणिज्यदूतकै हिस्सेदारी हुनसक्ने भन्दै प्रश्न उठाएको छ । विज्ञप्तिमा प्रमुख अतिथि बनेका हमाललाई गल्ती महसुस नगरिए वाणिज्य दूतावासमै तालाबन्दी गरिने चेतावनी पनि दिइएको छ ।

हमाललाई सम्पर्क गर्दा उनको निजी र कार्यलयीय दुवै नम्बर पीएलाई उठाउन लगाएका छन् र कुरा गर्न टाढिने गरेका छन् ।

समाचार पोष्ट भएपछि हमालले सम्पर्क गरेका छन् । उनले भने : १-२ जनाले तालाबन्दी गर्छु भन्दैमा बाणिज्यदूतावास तालाबन्दी हुँदैन, गर्न सके तालाबन्दी गर्दा हुन्छ ।

सुन्नुहोस् कुराकानीको अडियो :

 

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *