सरकारले गर्‍यो विप्लवसँग तीन बुँदे सहमति : प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

Spread the love

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच चरणचरणमा भएका छलफलपछि तीन बुँदे सहमति भएको हो ।

वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन् ।

तीन बुँदे सहमतिमा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

वार्तासँगै शुक्रबार दिउँसो २ बजे विशेष कार्यक्रम गरेर सहमति सार्वजनिक गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्नेसमेत सहमति भएको छ ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो । सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजक रहेको वार्ता समिति गठन गरेको थियो । विप्लव समूहको वार्ता समिति सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।

वार्ता समिति बनेको भोलिपल्ट बुधबार चरणचरणमा भएका वार्तामा भएको सहमति बिहीबार सार्वजनिक भएको हो । सरकारी वार्ता टोलीका संयोजक बादल र विप्लव समूहको वार्ता टोलीका संयोजक प्रकाण्डले हस्ताक्षर संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै तीन बुँदे सहमति भएको जानकारी गराइएको हो । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *