एनआरएनएकै उपाध्यक्ष गुरुङ भन्छन् : ‘एनआरएनए पोर्तुगल विघटन गर्दा हुन्छ’

Spread the love

नमस्ते नेपाली, लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका उपाध्यक्ष अशोक गुरुङले आफ्नै संस्थाको बेथिति र अपारदर्शीताविरुद्ध खुलेर असन्तुष्टि पोखेका छन् । उनले संस्था मात्र नभै पूरै नेपाली समाजलाई नै गुमराहमा राख्ने एनआरएनए अध्यक्ष तिलक गैरेको कटु आलोचना गरेका छन् ।

गुरुङले एक सार्वजनिक अपीलमा कुटपीटको घटनामा संलग्न अर्थात गुण्डागर्दी र दादागिरी देखाउनेले राजीनामा दिएर संस्थाको गरिमालाई जोगाउनुपर्ने माग राखेका छन् । एनआरएनएले १० महिनासम्मको कार्यकालमा संस्थाको बैंक खाता पनि नयाँ कार्यसमितिले आफ्नो नाममा सार्न नसकेको पनि अपीलमा गुनासो गरिएको छ ।

कोरोना राहत तथा जनचेतना समिति पोर्तुगलको हिसाब किताब र एनआरएनए पोर्तुगललाई केन्द्रले कोरोना पीडितलाई सहयोग गर्न उपलब्ध गराएको ५००० डलर सहयोग पनि खल्तीमै राखेको आरोप छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उपाध्यक्ष गुरुङले अध्यक्ष गैरेले हात हालेको ठाउँँमा ढंग पुर्‍याउनै नसकेको उल्लेख गर्दै कोरोना राहत तथा जनचेतना समिति पोर्तुगलमा सदस्य सचिव रहेका गैरेलाई प्रतिवेदन र आम्दानी खर्च समेत देखाउन नसक्नु लाजमर्दो विषय भएको उल्लेख गरेका छन् ।

यावत विषयलाई सम्वोधन गर्न नसक्ने हो भने एनआरएनए पोर्तुगल विघटन गर्नुपर्ने उनको अडान रहेको छ ।

हेर्नुहोस् उनको सार्वजनिक अपील :

आदरणिय सम्पुर्णमा नमस्कार !

म २००९ देखि एनआरएनए पाेर्तुगलमा सक्रिय रहदै आएकाे जानकारी सबैलाई छ । पहिलो कार्यकालमा कार्यसमिति सदस्य रहेर काम गरिरहदा अहिले पाेर्तुगल एनआरएनए जस्तो घटनामा विवादित भएपछि म युवाको समेत नेतृत्व गरिरहेको अवस्थामा आफैं नैतिकताका राजिनामा दिएर सहयोग गरेकाे हाे । त्यसपछि विभिन्न समयमा पाेर्तुगल बाहेक अरु देशमा रहदा पनि एनआरएनएमा प्रत्यक्ष रहेर काम र सहयोग गरिरहेको अवस्था छ ।

अब अहिले पाेर्तुगलकाे घटना र अवस्था हेरिरहदा पछिल्लो समय यहाँ कार्यसमिति भित्रका सदस्यबाट भएका घटनामा चुप लागेर बस्नु उदासीनता बाहेक केही पनि हाेइन । हिजाे सामान्य सदस्य पदमा रहदा नैतिकताको आधारमा राजिनामा दिएर सहयोग गरेकाे मान्छे अहिले यहाँको अवस्था देख्दा केही बाेल्न बाध्य बनायाे । के यती धेरै काण्डमा मुछिदा नैतिकताकाे आधारमा राजिनामा दिनु पर्दैन ? के कार्यसमितिमा यी कुरा उठ्नु, छलफल हुनु, र कार्यान्वयन हुन पर्दैन ?

निर्वाचित भएको यति समय सम्म नयाँ कार्यसमितिकाे नाममा बैंक खाता छैन । अहिलेसम्म एनआरएनए पाेर्तुगलमा यति पैसा छ भनेर कार्यसमिति सदस्यलाई जानकारी छैन । केही समय अघि काेराेना राहत समिति भनेर बनेकाे समितिकाे अवस्था के छ ? एनआरएनए अध्यक्ष सदस्य सचिव रहने गरि बनेकाे समितिकाे प्रतिबेदन आउनु पर्दैन ? के कति पैसा उठे ! कहाँ खर्च भए ! कति बाँकी छ ? यसकाे हिसाबकिताब माग्न पाउने कि नपाउने ? अध्यक्ष आफैले बनाएको समिति आफै छाेडेर भागेपछि जवाफ काेसँग लिने ?

अनि केन्द्रबाट काेराेना राहत भनेर आएकाे ५००० अमेरिकी डलर कसकाे खातामा छ ? कार्यसमिति बैठकमा त यसकाे बारेमा कही कतै जानकारी दिइएको छैन ।

२-४ जना व्यक्तिकाे मनाेमानीले संस्था चल्ने भए निवार्चित भएर याे समाजमा आएकाे के औचित्य रह्याे ? अनि याे सस्थामा के गर्व गरेर बस्नु ? के अर्थमा बस्नु ? याे समाजलाई जवाफ दिनु पर्दैन ?

म आफू पहिला पनि निर्वाचित सदस्य भएको र अहिले पनि निर्वाचित उपाध्यक्ष भएको हुदा अहिलेकाे एनआरएनए पाेर्तुगलकाे कार्य शैली प्रति पुर्ण असन्तुष्टि छ । यहाका जनमानसमा र युवा माझ तीब्र आक्रोश छ । समयमा यसकाे समाधान भएन भने यसले दुर्घटना निम्त्याउन सक्छ । गुण्डागर्दी र दादागिरीका सहाराले धम्क्याउने सदस्यहरु अलिकति पनि नैतिकता छ भने राजिनामा दिएर याे सस्थाकाे गरिमा जाेगनुस । हाेइन भने अध्यक्षले कार्यसमिति भित्र याे विषयमा कुरा राखेर कार्वाही गर्नुपर्छ । अन्यथा याे विषयमा केन्द्रले हस्तक्षेप गरेर समाधान गर्नुपर्छ । समाधान नभए एनआरएनए पाेर्तुगल विघटन गर्नुपर्छ ।

जय नेपाल !

अशाेक गुरुङ

उपाध्यक्ष

एनआरएनए पाेर्तुगल!

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *