नमस्ते नेपाली, लिस्बन । पोर्तुगलको लिस्बनमा एक युवकको निधन भएको छ । पोखरा घर भएका सिद्धान्त गुरुङको शव आज भेटिएको प्रहरीले जनाएको छ ।
उनी १७ जुनका दिन बेलुकी ६:३० बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए । दुई वर्षदेखि लिस्बनमा बस्दै आएका उनी स्कोला दो कामुइस स्ताफानिया कक्षा ११ मा अध्ययन गर्दै थिए ।
१९ वर्षीय गुरुङ बाबाआमासँगै लिस्बनमा बस्दथे । उनको शव पोष्ट मार्टमका लागि साओ जोजे अस्पताल मार्टिम मुनिजमा राखिएको छ । अदालती प्रकृया पूरा गरेपछि उनको अन्तिम दाह संस्कार लिस्बनमै गरिने बताइएको छ ।
‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :
बेखबर भएपछि उनको खोजतलासमा सहयोग गर्ने सबैलाई गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका पूर्व उपाध्यक्ष कमल गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिएका छन् । सन् २०१० देखि पोर्तुगलमा ३७ नेपालीले ज्यान गुमाइसकेका छन् ।