एनआरएनए अष्ट्रियाका अध्यक्ष चौलागाईद्वारा आइसीसी नमान्ने घोषणा

Spread the love

भियन्ना । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद अष्ट्रियाको विवाद मिलाउने प्रयास असफल भएको छ । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यको सकृयतामा शुक्रवार साँझ भएको बैठकमा एनआरएनए अष्ट्रियाका + अध्यक्ष विनोद चौलागाईले संघको केन्द्रीय समिति (आइसीसी) लाई चुनौति दिएपछि विवादले नयाँ मोड लिएको छ ।

बैठकमा अध्यक्ष चौलागाईले एनआरएनए अष्ट्रिया स्थानीय विधान बमोजिम सञ्चालन हुने र संघको निर्णय मान्न बाध्य नहुने भन्दै बैठक छोडेर हिडेका थिए । आफ्ना मागहरु राखेर बैठक छोडेर हिडेका चौलागाईले शनिवार बिहान भने ‘मेरो माग महासचिव भवानी तिवारीलाई कार्यवाही हुनुपर्छ भन्ने थियो । तर सबैले मलाई पेल्ने काम गरे । बिहान ५ बजे काममा जानु थियो, बैठक छोडेर हिडे ।’

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

पूर्वअध्यक्षहरु धर्म खतिवडा, जीवन कुवर, डा श्याम उपाध्यायसमेतको उपस्थितमा भएको बैठकमा अधिकांशले संघमा उत्पन्न विवादले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा साख गिरेको भन्दै चौलागाईलाई सहमतिमा ल्याएर अघि बढ्न आग्रह गरेका थिए ।

एनआरएनए अष्ट्रियाकी महासचिव भवानी तिवारीले संघको पछिल्लो विवादमा आफ्नो तर्फबाट पनि कमिकमजोरी भएको भन्दै आत्मआलोचना गरेकी थिइन् । उनले आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बैठकमा एनआरएनए अष्ट्रियाका पूर्व तथा वर्तमान आसीसी सदस्यको समेत उपस्थिति थियो । बैठकमा दुबै पक्षको भावनालाई समेटेर ७ बुदे सहमतिको खाका प्रस्तुत गरिएको थियो । तर अध्यक्ष चौलागाईले सहमति जनाएनन् । मिलेर जाने सहमतिको बुदाँमा महासचिव भवानी तिवारी, पुर्वअध्यक्षहरु र कार्यसमितिका सदस्यहरु लगायतले सहमती जनाएका थिए ।

बैठकमा बोल्दै संघका युरोप सहसंयोजक कृष्ण तिमिल्सीनामा युरोपका सबै नेपालीको भावना अनुरुप विवाद मिलाउने प्रयास स्वरुप बैठक डाकिएको वताए । उनले सबैको मतले आफुहरु निर्वाचत भएकाले विवाद मिलाउने कर्तव्य समेत रहेको बताए ।

बैठकमा एनआरएनए महासचिव डा. हेमराज शर्माले व्यक्तिगत इगो त्यागेर संघको बृहद् हितका लागि एक भएर अगाडी बढ्न सुझाव दिएका थिए ।

संघको निर्वाचनपछि एनआरएनए अष्ट्रियाका अध्यक्ष चौलागाईले सबै पक्षलाई समेटर लैजान नसकेपछि संघकी महासचिव भवानी तिवारीले उनको नेतृत्व क्षमतमा प्रश्न उठाउदै आएकी छन् ।

करिब ७ सय नेपाली रहेको अष्ट्रियमा संघभित्र विवाद हुँदा त्यहाँ रहेका नेपाली समुदायसमेत विभाजित छ । – नेपाल ब्रिटेन डट कम

यो पनि पढ्नुहोस् :

एनआरएनए अष्ट्रियामा महासचिवले अध्यक्ष र अध्यक्षले महासचिवलाई कारबाही गरे : आखिर को भयो बर्खास्त ?

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद अष्ट्रियाका दुई खेमाले पालैपालो गाइजात्रा देखाएका छन् । कम्युनिष्टनिकट अध्यक्ष विनोद चौलागाइँ र काँग्रेसनिकट महासचिव भवानी तिवारीले यस्तो जात्रा देखाएका हुन् ।

गाईजात्रा निश्चित दिनमा आउँछ त्यसको औचित्य हुन्छ । अष्ट्रियाको जात्रा चाहिँ ‘आफ्नो छारो कन्याएर आफैलाई समस्या’ जस्तो देखिएको छ । अध्यक्ष पक्षले आज संघको फेसबुक पेजमा एक विज्ञप्ति निकालेर महासचिव तिवारीलाई पदबाट निस्काशन गरेको जनाएको छ । रिक्त रहेको सदस्य पदमा कृष्ण ढकाललाई मनोनीत गरी कार्यवाहक महासचिवको जिम्मेवारी सुम्पिएको कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

निर्णयलाई अटेर गरेर अझै आक्रामक गतिविधि संचालन गरिएको पाइएमा र संस्थाका सम्पति आजको मितिले एक हप्ता अर्थात जुन ७ सम्म फिर्ता नगरिए तिवारीविरुद्ध अस्ट्रियाको प्रचलित कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने चेतावनी पनि दिइएको छ ।

चौलागाइँ र तिवारीको भाँडभैलो सामाजिक सञ्जालमा छताछुल्ल हुँदै आउनु नौलो कुरो होइन । एनआरएनएमा राजनीतिक प्यानल बनाएर चुनाव लड्नुको नतिजा यस्तो हुन्छ नै । राजनीतिक संरक्षणका कारण दुई पक्ष अनमत्त भएर सिङ्गौरी खेलेका देखिन्छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदबाटै समर्थन र उक्साहटका कारण दुई पक्षको चुरीफुरी जात्रामा बदलिएको हो ।

यस अघि ९ जनवरी २०२० का दिन NRNA Women Forum, Austria को फेसबुक ग्रुपमा तिवारी पक्षले विज्ञप्ति प्रकाशन गरेर चौलागाइँलाई बर्खास्त गरेको थियो । पछिल्लो समय विवादास्पद समूहले समस्या समाधानका लागि छलफल हुनसक्ने कुरा बताइरहेका बेला फेरि सामाजिक सञ्जाल फेसबुकमा अर्को भाँडभैलो देखिएको हो ।

अध्यक्षले महासचिवलाई बर्खास्त गरेको विज्ञप्ति हेर्नुहोस् :

मिती: मे ३१, २०२०

विज्ञप्ति

विषय: महासचिव निष्कासित गरी कार्यवाहक महासचिव तोकिएको बारे

मिती २०२०, १७ फेब्रुरीको विज्ञप्ति मार्फत वर्तमान महासचिव श्रीमती भवानी तिवारीलाई एनआरएनए अस्ट्रियाको विधान अपुरो रहेको खण्डमा आईसीसीको विधान अनुरुप संस्थागत कारवाही गरिने जानकारी गराइएको थियो तर महासचिवज्युबाट विवादको समाधान आन्तरिक र व्यक्तिगतरुपमा खोज्नुको सट्टा विवाद झन उग्ररुपमा बढाउन निम्नलिखित कामहरु गैर आवासिय नेपाली संघ विरुद्धमा भए।

१. कार्यसमिति गठन भएदेखि कार्यसमितिलाई दुई समुहमा विभाजन गर्ने गतिविधि शुरु गरी एनआरएनए अस्ट्रियाले संचालन गरेका नियमित कार्यक्रमहरुमा असहयोगको वातावरण सिर्जना गरेको ।

२. निजी इमेल प्रयोग गरी एनआरएन अस्ट्रियाको नामबाट महिला फोरमको फेसबुक ग्रुप खोली एनआरएन अस्ट्रियालाई सार्वजनिकरुपमा बेइज्जत गर्ने र हुने गतिविधि गरेको।

३. लेटरप्याडको दुरुपयोग गरी विधान मिचेर अध्यक्ष बर्खास्त गरेको ।

४. संरक्षक समिति र सल्लाहकार समितिसंग कुनै समन्वय नगरी अवैध शक्ति( नातावाद र कृपावाद) प्रयोग गरी अन्तरराष्ट्रीय समन्वय परिषदलाई एनआरएनए अस्ट्रियाको आन्तरिक गतिविधिमा हस्तक्षेप गर्न बाध्य तुल्याएको ।

५. आईसीसीले मेलमिलाप समिति गठन गरी समझदारीको वातावरण सिर्जना गर्दा विधानको अवहेलना गरी मनोनीत पदाधिकारीहरुलाई निष्कासन गर्नुपर्छ भनी नाजायज माग राखी मेलमिलापको वातावरण भंग गरेको ।

६. पटकपटक समस्या समाधानको लागि पत्राचार गर्दा बेवास्ता गर्ने, अध्यक्षलाई नै दोषी ठहराउने किसिमका जवाफ दिने र कहिले मिल्न तयार रहेको जस्तो भ्रामक जवाफ दिने तर कार्यसमितिले बोलाएको बैठकमा उपस्थित नहुने गरेको ।

७. एनआरएनए अस्ट्रियाको टिपोट पुस्तक र छाप आफ्नो मातहतमा राखी गोप्य सुचना लुकाउने र संघमा आर्थिक हिनामिना भएको आरोप लगाएर भ्रम पैदा गरेको।

८. कोभिड १९ महामारीमा समेत संघको आधिकारिक मेसेन्जर ग्रुप र पेज समेत बहिस्कार गरी कार्यसमितिलाई असहयोग गरी समान्तर समुह बनाई संघको प्रतिष्ठामा खेलवाड गरी नेपाली समाजलाई समेत दुई चिरामा विभाजित गरेको ।

९. हालै नेपाल भारतको सिमा विवादमा एनआरएनए अस्ट्रिया अध्यक्षसंग समन्वय नगरी र कार्यसमितिलाई जानकारी नै नदिई भारतीय दुतावास र भारतीय प्रधानमन्त्रीको कार्यालयलाई विरोध पत्र इमेल मार्फत पठाएको ।

१०. पटकपटक संघले लिखित स्पष्टीकरण लिन खोज्दा विषयवस्तु मोड्ने प्रयास गरेको र पछिल्लो पटक पुनः स्पष्टीकरण माग्दा कुनै प्रतिक्रिया नदिई युरोप संयोजकलाई एनआरएनए अस्ट्रियाको आन्तरिक विवादमा पुन: हस्तक्षेप गर्न बाध्य तुल्याएको ।

११. आफ्नो बचाउ गर्न विघटन भइसकेको मेलमिलाप समिती जसको सदस्य श्री धर्मराज खतिवडाले राजिनामा दिईसकेको अवस्थामा पनि युरोप संयोजकलाई सोही मेलमिलाप समितिलाई सकृय पार्न बाध्य तुल्याएको ।

आज मिती आइतबार ३१ मे, २०२०, सांझ ६ बजे कार्यसमितिको अनलाइन बैठकमा उपस्थित पदाधिकारीहरुको बहुमतले पारित गरी गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, अस्ट्रियाको महासचिव पदमा रही गैर आवासिय नेपाली संघ विरुद्ध माथि उल्लेख भए बमोजिमका गैर जिम्मेवारपुर्ण काम गरेको हुदां गैर आवासिय नेपाली संघ, अन्तरराष्ट्रीय समन्वय परिषदको विधानको परिच्छेद ९ को दफा ३० अनुसार श्रीमती भवानी तिवारीलाई गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, अस्ट्रियाको महासचिव पदबाट निस्काशन गरिएको छ, साथै आज रिक्त रहेको सदस्य पदमा श्री कृष्ण ढकाललाई मनोनीत गरी कार्यवाहक महासचिवको जिम्मेवारी सुम्पिएको जानकारी दिन चाहन्छौ।

यस निर्णयलाई अटेर गरेर अझै आक्रामक गतिविधि संचालन गरिएको जानकारी आएमा वा पाइएमा र संस्थाका सम्पति आजको मितिले एक हप्ता अर्थात जुन ७, २०२० सम्म फिर्ता नगरिए श्रीमती भवानी तिवारी विरुद्ध अस्ट्रियाको प्रचलित कानुनको सहारा लिन एनआरएनए अस्ट्रिया बाध्य हुनेछ ।

धन्यवाद,

बिनोद चौलागाई
अध्यक्ष, गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद, अस्ट्रिया

महासचिवले अध्यक्षलाई बर्खास्त गरेको विज्ञप्ति पनि हेर्नुहोस् :

९ जनवरी २०२०

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको प्रेस बिज्ञप्ति आदरणीय गैर आवासीय नेपाली संघका संस्थापक , पुर्व , निवर्तमान तथा वर्तमान कार्य समितिका पदाधिकारी , सदस्य , तथा सल्लाहकार ज्युहरु साथै यस गैरआवासीय नेपाली संघ अभियानका समस्त अभियन्ता एवं पन्जिकृत सदस्य लगायत आम नेपाली समुदायहरुमा नमस्कार । – गैर आवासीय नेपाली संघको अभियान आफैमा सवैको साझा र नाफारहित सामाजिक संस्था हो जुन संस्थामा आवद्ध नेतृत्व तथा आम व्यक्तिहरु सामाजिक र सवैको साझा व्यक्तिको रुपमा उपस्थित हुन त्यत्तिकै आवस्यक पर्दछ । एकातिर संस्था संचालनका विधि , प्रक्रिया र पद्धति लाई अनुसरण गर्नु पर्ने दायित्व रहन्छ भने सामाजिक संस्थालाई सवैको सहमति सहकार्य र आपसी मेलमिलाप वाट अगाडि वढाउनु प्रमुख दायित्व हुन आउँछ । अधिवेशन सम्पन्न भए पश्चात संस्थाले गर्ने मनोनयन र सामान्य वैठक आव्हान गर्ने र निर्णय गर्ने सम्म पनि न्यूनतम विधान र प्रक्रियाको पालना नगर्ने एनआरएनए अष्ट्रियाका अध्यक्ष वाट पछिल्लो समय समितिका महासचिव लाई विना कारण निलम्बन गरि महासचिवको सामाजिक मान साम्मानमा आँच पुर्याएको , भ्रामक मिडियावाजी गरि समितिका पदाधिकारीहरुलाई अपमानित गर्ने जस्ता संस्थाको विधि विधान र पद्धति विपरित गतिविधि सञ्चालन गरेका कारण संस्थाका वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा वसेको वैठकले अध्यक्ष विनोद चौलागाईंलाई असक्षम अध्यक्ष करार गर्दै संस्थाको शाख बचाउनको निम्ति अन्तर्राष्ट्रिय समन्वय परिषदबाट आधिकारिक पदाधिकारीहरु अष्ट्रिया उपस्थित भइ विवाद समाधान नगरिन्जेल सम्मको लागि विनोद चौलागाईलाई अध्यक्ष पदबाट वरखास्त गर्दै वरिष्ठ उपाध्यक्ष श्री बिकाश कार्कीलाई कार्यवाहक अध्यक्ष घोषणा गरि सोही बमोजिम अगाडि बढ्ने निर्णय गरिएको छ । सामाजिक संस्थामा समझदारी र सहमतिको वातावरण बिना कुनै पनि गतिविधिहरु प्रभावकारी नहुने सर्वविदितै छ । कमिटि गठन भएको ५ महिना वितिसक्दा पनि संस्थाले गति लिन नसक्नु यसको ज्वलन्त उदाहरण हो । पटक पटक अध्यक्षबाट मनपरी ढंगले संस्था चलाउन खोज्दा त्यसको प्रत्यक्ष असर आम अष्ट्रियाबासी नेपालीहरुले भोग्नु परिरहेता पनि पदिय मर्यादाको ख्याल राख्दै अध्यक्ष र वहाँको सहयोगीहरुको अवैधानिक र असामाजिक गतिविधिहरुको बारेमा सार्वजनिक नगरि सुधने मौका प्रदान गरिएको थियो । तर संस्थाको अस्तित्व माथि नै खेलवाड हुन थाले पछि अब भने आम गैर आवासीय नेपालीहरुलाई छर्लङ्ग पार्नु पर्ने आवश्यकता ठानी वहाँको अवैधानिक कदमहरु बुंदागत रुपमा प्रस्तुत गर्न चाहन्छौं ।

(१) एनआरएनए ले संस्थाको महत्वपूर्ण ओहदामा बसेर योगदान गरिसकेका व्यक्तित्वहरुलाई सम्मान गर्ने र अभिभावक को रुपमा स्थान दिने संस्कृति बोकेको छ , तर निवर्तमान अध्यक्ष ( जो एनआरएनए अष्ट्रियाको विधान अनुरुप स्वतस्फुर्त संरक्षक समितिको सदस्य हुन्छ र हरेक बैठक सभाहरुमा उपस्थित हुने अधिकार राख्दछ ) लाई संस्थाको बैठकमा कसते उपस्थित हुने अधिकार दियो भनि अपमानित गरिएको । वहाँलाइ विधानले स्वत स्फूर्त संरक्षक समिति सदस्य हुने प्रावधान भएको अवस्थामा वहाँलाइ संरक्षक भनि सम्वोधन गर्दा महासचिवलाइ स्पष्टिकरणको लागि सोधिएको ।

( २ ) संस्थापक अध्यक्ष ज्यू जो एनआरएनएको इतिहासमा नै पहिलो एनसीसी महिला अध्यक्षको रुपमा चिनिनु हुन्छ , वहाँलाई संरक्षक समितिमा स्थान दिनु पर्छ भनि प्रस्ताव गर्दा , वहाँ को हो म चिन्दिन , भनी बहुमतको आधारमा दहाँलाइ संरक्षक समिति सदस्य नराख्ने निर्णय गर्दै संस्थापक अध्यक्षको अपमान गरिएको । एनआरएनए अष्ट्रियाको पूर्व कार्यसमितिको नेतृत्वदायी भूमिका निर्वाह गरेका पदाधिकारीहरुलाई बेवास्ता गरि आफु निकटका व्यक्तिहरुलाई मात्र नियुक्ति गरि संस्थालाई साझा संस्था बनाउनुको बदला निजीकरण गर्न तर्फ उन्मुख भएको । मनोनित कमिटि सदस्यले सार्वजनिक रुपमा नै एनआरएनए अष्ट्रिया एउटा नेपाली राजनैतिक पार्टीको भात्री संगठन हो भनेर फेस बुकमा लेख्दा पनि कुनै आपत्ति जनाउने सम्म नगरी एनआरएनए अष्ट्रियालाइ राजनैतिक पार्टीको अखडा बनाउने तर्फ उन्मुख भएको ।

( ३ ) एनआरएनएले साझा संस्थाको रुपमा सबै नेपाली संघ संगठनहरुको जगेर्णा गर्दै अभिभावकको रुपमा भूमिका खेल्दै आईरहेको संस्कृतिलाई लत्याउँदै इनास जस्तो गरिमामय संस्था अष्ट्रियामा गठन हुँदै गर्दा त्यो अभियानलाइ सफल हुन नदिन हदै सम्मको भूमिका खेली विश्व नेपाली जगतमा अष्ट्रियाबासी नेपालीहरुको शिर झुकाईदिएको । इनासको कार्यसमितिमा सम्मिलित भएको एनसीसी अष्ट्रियाका पदाधिकारीहरु ( जो कलाकारिता संग सम्वन्धित छन् ) लाई अनावश्यक लान्छना लगाई लिखित र मौखित स्पष्टिकरणको माग गर्दै अध्यक्षद्वारा वैठकमा एजेण्डा राखिएको । अध्यक्ष वाट वारम्बार कारवाही , निर्देशन , निलम्वन , लिखित र मौखिक स्पष्टिकरण जस्ता शब्दहरू पटक पटक लिखित र माखित रूपमा प्रयोग गरिएकोले सामाजिक संस्थाको मर्म र भावनामा चोट पुर्याइएको ।

( ४ ) ५ जनवरी २०२० मा इनास अष्ट्रियाको समुद्घाटन कार्यक्रमलाई विफल पार्न त्यहि समयमा एनआरएनए अष्ट्रियाको मासिक बैठक हुनु पर्छ भनि महासचिवलाई दवाव दिएको र बैठक अघि या पछि सारों भन्ने प्रस्तावलाई लत्याउँदै महासचिवको वैठक सुचनालाई ख्याल नगरी जनवरी ५ मा ने बैठक गरिएको ।

( ५ ) महासचिव , ३ जना उपाध्यक्षहरु , सचिव , कोषाध्यक्ष , सह – कोषाध्यक्ष , महिला संयोजक लगायत अन्य निर्वाचित सदस्यहरु इनासको समुद्घाटन कार्यक्रममा व्यस्त भएको समयमा वेठक राखी मनोमानी दगले अवैधानिक निर्णयहरु गरिएको ।

( ६ ) संस्थाको आधिकारिक बैठकबाट पारित भएका र माइन्युट भएका बिषयहरु कोठे बेठक बसी तोड मोड गरेर सार्वजनिक सुचना जारि गर्ने जस्ता गैर जिम्मेवार पूर्ण व्यवहार वारम्वार दोहोर्याएको । संस्थाको आधिकारिक वैठकद्वारा पारित गरेका महत्वपूर्ण ( संरक्षक , सल्लाहकार ) समिति सदस्यहरुको नामावली अवैधानिक बैठक बसी उल्ट्याईएको ।

( ७ ) नेपाली समाज र विधानले संस्थाको महासचिवलाई दिएको अधिकार खोसी तानशाह प्रवित्ति देखाएको । विधान अनुरुप महासचिवको अनुपस्थितिमा सचिवले कार्यभार सम्हाल्नु पर्ने स्पष्ट संग उल्लेख गरिएको भए पनि संस्थाको बैठकमा बहुमतको धमास देखाई महासचिवको कार्यभार नै आफुले मनोनित गरेको प्रवक्तालाई दिन खोज्ने जस्ता लज्जास्पद कार्य गरेको । यहाँ स्मरण गराउँछौं कि विधान अनुरुप महासचिवले संचालन गर्नु पर्ने सुचनाका माध्यम जस्तो कि आधिकारिक फेसबुक को पासवर्ड बदलि महासचिवलाई एडमिनबाट हटाउने घृणित प्रवित्तिको कार्य गरेको ।

( ८ ) विश्व महिला फोरममा आफ्नो छुट्टै पहिचान बनाउन सफल महिला फोरम अष्ट्रियालाई नाजुक अवस्थामा पुर्याउन महिला फोरम अष्ट्रियाले आयोजना गर्दै आइरहेको कार्यक्रम महिला संयोजकलाई जानकारी नै नदिई यस वर्ष एनसीसीले गर्न लगाउने जस्ता कृयाकलापमा अध्यक्ष खुलेर लागेको जसले गर्दा केहि गरौं भनिजागरुक भएर आएका महिला दिदिबहिनिहरुलाई निरास वनाई पुनः निस्कृय बनाईएको ।

( ९ ) माइन्युट तथा संस्थाका पदाधिकारीहरूलाई जानकारी नगराई संस्थाको बजेट प्रयोग गर्ने गरेको , उपाध्यक्ष ज्यूहरू , महासचिव , सचिव , महिला संयोजक लगायतका पदाधिकारीहरू संग विना संपर्क विना कल कन्फरेन्स कार्यक्रमको आयोजना गर्ने गरेको , संस्थाको ढुकुटी आफु खुसीले प्रयोग गर्ने गरेको र कार्यक्रम सकिएको महिनौ वितिसक्दा पनि त्यो कार्यक्रम गरे वापतको कुनै आय व्ययको विवरण प्रस्तुत नगरेको ।

( १० ) संस्थाको विधानले प्रावधान गरे अनुसार मनोनित भएर कार्यसमिति सदस्य बन्न सफल व्यक्ति , जुन विधानको माध्यमद्वारा समिति सदस्य बन्न सफल भयो त्यहि विधान मान्दिन भनि खुल्ला रुपमा अभिव्यक्ति दिँदा सचेत सम्म गराउन नसकेको ।

( ११ ) आधिकारिक बैठकको दौरानमा महिला पदाधिकारीहरुलाइ टेबल ठटाएर तर्साउने , अपमान जनक शब्दहरु प्रयोग गर्ने गरेको र महासचिवलाइ अंग रक्षक लिएर हिड्ने गर भनि धम्कि दिइएको जसको ध्यान आकर्षण गराउँदा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले वास्ता नगरी गैर जिम्मेवारीपना देखाएको जसले गर्दा पदाधिकारीहरु कमा उपस्थित हुन पनि असुरक्षित महसुस गर्न थालेको ।

( १२ ) वरिष्ठ उपाध्यक्ष जस्तो सम्मानित पदमा भएको व्यक्तिलाई कुर्सिमा राखेर लात्तीले हान्नु पर्छ भन्ने जस्ता तल्लो स्तरको प्रतिकृया दिने कार्यसमिति सदस्यहरु उपर कुनै चेतावनी वा त्यस्तो व्ययहार नगर्न सचेत सम्म गराउन नसकेको ।

(१३ ) एनआरएनए अष्ट्रियाको अध्यक्षको रुपमा हुँदा हुँदै सामाजिक गतिविधिमा सक्रिय महिलाको फेस बुक वालमा गएर प्रयोग गर्ने नमित्ने शब्द प्रयोग गरेको र निज महिला न्यायको निम्ति उजुरी लिएर एनआरएनए केन्द्रमा पुग्ने मनस्थितिमा रहेको ।

(१४ ) एनआरएनए अष्ट्रिया २०१७ – २०१ ९ कार्यसमितिले सफलता पुर्वक र विवाद रहित तरिकाले क्षेत्रीय समन्वय परिषदहरु साल्जबर्ग , इन्सब्रुक , ग्राज र लिज गठन गरि सफलतापुर्वक गतिविधिहरु संचालन गरेको इतिहास हुँदा हुँदै नयाँ कार्यसमिति गठन भएको ५ महिना भइसक्दा पनि ग्राज र लिजमा नयाँ क्षेत्रीय समन्वय परिषद गठन गर्न नसकेको । संस्थाको महासचिवले त्यस तर्फ ध्यान आकर्षण गराउन खोज्दा पनि वास्ता नगरेको । यहाँ स्मरण गराउन चाहन्छौं विधान अनुरुप एनसिसि गठन भएको ३ महिना भित्र क्षेत्रीय समन्वय परिषद गठन गरि सक्नु पर्ने छ । यी बाहेक विधान र आफैले अनुमोदन गरेको आचार संहिता उलंघनका कैयाँ दृष्टान्त छन् जुन हामी कुनै दिन आम भेला भएको खण्डमा सबैको सामु राख्न सक्नेछौं । माथि उल्लेख गरिएका हरेक बँदाहरुलाई प्रमाणित गर्नु परेको खण्डमा प्रत्यक्षदर्शी र दस्तावेजहरु हामि संग सुरक्षित रहेको पनि जानकारी गराउँदछौं । यि यावत कारणहरुले गर्दा संस्थाका वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा वसेको वैठकले विनोद चौलागाईलाई असक्षम अध्यक्ष करार गर्दै संस्थाको शाख बचाउनको निम्ति अन्तर्राष्ट्रिय समन्वय परिषदबाट आधिकारिक पदाधिकारीहरु अष्ट्रिया उपस्थित भइ विवाद समाधान नगरिन्जेल सम्मको लागि विनोद चौलागाईलाई अध्यक्ष पदबाट वरखास्त गर्दै वरिष्ठ उपाध्यक्ष श्री बिकाश कार्कीलाई कार्यवाहक अध्यक्ष घोषणा गरि सोही बमोजिम अगाडि बढ्ने निर्णय गरिएको जानकारी गराउँदछौं ।

वोधार्थ : एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए युरोप क्षेत्र नेपाली राजदुतावास भियन्ना अष्ट्रिया स्थित नेपाली संघ संस्थाहरु ( नेसास इनास र जनजाती महासंघ )

( १ ) बरिष्ठ उपाध्यक्ष ( बिकाश कार्की ) – दस्तखत

(२) उपाध्यक्ष ( कुमार अधिकारी ) – दस्तखत

( ३ ) महिला उपाध्यक्ष ( आशा थापा ) – दस्तखत

( ४ ) महासचिव ( भवानी तिवारी ) – दस्तखत

( ५ ) सचिव ( शुभद्रा भण्डारी ) – दस्तखत

( ६ ) सह कोषाध्यक्ष ( दुर्गा ढकाल ) – दस्तखत

( ७ ) महिला संयोजक ( सम्झना बोहरा ) – दस्तखत

( ८ ) सदस्य ( शेखर लामा ) – दस्तखत

( ९ ) सदस्प ( बिरेन्द्र ब . पुन ) – दस्तखत

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद , अष्ट्रिया

युरोप संयोजकलाई पक्षपोषण गरेको आरोप

यसै हप्ता एनआरएनए अष्ट्रियाकी प्रवक्ता बाबा राजेश्वरी थापाले फेसबुकमा एक स्टाटस लेख्दै एनआरएनए युरोप संयोजक नारायण आचार्यलाई गम्भीर आरोप लगाएकी छन् । आचार्यले अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष कुमार पन्तको नेतृत्व र एनआरएन विधानलाई अटेर गरेर एनसीसीहरुमा जथाभावी हस्तक्षेप गर्दै एनआरएनको प्रतिष्ठा धमिल्याउने काम गरेको थापाको जिकिर छ ।

थापाले महासचिव तिवारीले व्यक्तिगत आक्षेप लगाउने, निजी फेसबुक वालमा गरिएका पोस्ट र निजी जीवनका घटनाक्रम र पारिवारिक पृष्ठभूमि मात्र नभई कुनै राजनैतिक आस्था नभएका व्यक्तिलाई समेत जबरजस्ती कम्युनिस्टको बिल्ला लगाई केन्द्रमा उजुरी लेख्ने गरेको किटानी गरेका छन् । तिवारी पक्षलाई मलजल गर्ने र मलमपट्टी गरेर युरोप संयोजक आचार्यले पक्षपोषण गरेको थापाले दावी गरेकी छिन् ।अस्ट्रियाको विवाद मिलाउन आफैले जिम्मा दिइएका युरोप उपसंयोजक कृष्ण तिमिल्सिनाको काममा समेत आचार्यले बाधा पुर्‍याएको थापाले दोषारोपण गरेकी छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) विशुद्ध सामाजिक, गैरराजनीतिक, गैरनाफामूलक संस्था हो भनिन्छ । स्थापनाकालमा धेरै नेपालीको आस्थाको केन्द्र बनेको एनआरएनए विस्तारै विस्तारै विश्वास गुमाउदै गएको पाइन्छ । अष्ट्रियामा दुई राजनीतिक खेमाको चुनावी प्रतिष्पर्धामा मिश्रित नतिजा आएपछि काम गर्नुको सट्टा चौलागाई र तिवारी पक्षबीच भनाभन र आरोपप्रत्यारोप हुँदै आएको छ ।

यो भन्दा अघिल्लो कार्यकालमा पनि दुई राजनीतिक धारको द्वन्द्व र मनमुटाव चलिरहेको थियो । यो पटक भने विवादबारे केन्द्रमा समेत जानकारी पुगेको छ । युरोपका संयोजक र उप संयोजकहरुले पनि विवाद व्यवस्थापनका लागि पहल गरिरहेको जनाएका छन् ।

अष्ट्रियाजस्तै अरु देशमा पनि विवाद हुनु स्वभाविक हो । किनकि ‘बर्मा गए नि कर्मसँगै’ हुन्छ नेपालीको । नेपालमाभन्दा अझ बढी राजनीति गर्नुपर्छ नेपालीलाई । त्यसो त राजनीति गर्ने ठूलो मञ्च भएको छ एनआरएनए । अष्ट्रिया विवादमा संयोजक आचार्यलाई महासचिव तिवारीको पक्षपोषण गरेको आरोप छ । आचार्यले भने दुवै पक्षले आफ्नो अनुकूल बोलिदेओस् भन्ने चाहने राख्ने गरेको बताएका छन् । तर आफू सधैं तटस्थ रहेको उनको दावी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *