छ हजार २४४ नेपाली भित्रिए ५२४ भारतीय बाहिरिए

Spread the love

लम्की । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई भारतमा अलपत्र परेका नेपाली नागरिक जेठको शुरुवातदेखि दैनिक नेपाल भित्रिरहेकाछन् ।

शनिबार पनि छहजारभन्दा बढी नेपाली सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट छ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् । त्यसैगरी उक्त नाकाबाट ५२४ भारतीय नागरिक समेत नेपालबाट बाहिरिएका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डा चौकी नाकाबाट ९०६ नेपाली भित्रिएका थिए भने १९९ भारतीय नागरिक बाहिरीएका थिए । उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घटे पनि कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको संख्या शुक्रबारको तुलनामा बढेको छ । उक्त नाका बाट सनिबार पाँचहजार ५९३ नेपाली नागरिक भित्रिएका छन भने ३२५ भारतीय नागरिक बाहिरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठको शुरु देखि खुल्ला भएका नाकाबाट भित्रिने नेपालीको संख्या करिब ९० हजार पुगेकोछ भने बाहिरीनेको संख्या बाह्र हजार बढी पुगेको छ । चाँदनी आचार्यले गोरखा पत्रमा समाचार लेखेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *