कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

Spread the love

काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली प्रहार गर्नसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भागेको अवस्थामा सुरक्षाका सबै उपाय अपनाउँदा पनि नियन्त्रणमा लिन नसकिए गोलीसमेत प्रहार गर्नसक्ने निर्णय भएको बताए । उनले भने, “संक्रमित व्यक्ति भागेर पूरै समाजै खतरामा पर्ने सम्भावना रहन्छ । त्यसैले यस्तो निर्णय लिइएको हो । सकेसम्म त्यस्तो अवस्था आउँदैन ।”

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

बुधबार मात्रै नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना दुई संक्रमित फरार भएका थिए । – बाह्रखरी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *