नेपाली घरेलु कामदार लैजान युएईको चासो, अब युएई जान पैसा नलाग्ने

Spread the love

काठमाडौं । युएईले घरेलु कामदारको रुपमा नेपालीलाई लैजान चासो देखाएको छ । ५ महिनाअघि नेपाल र युएईबीच भएको श्रम समझदारीलाई कायान्वयन गर्न काठमाडौंमा बसेका दुई देशका अधिकारीहरुको उच्चस्तरीय २ दिने बैठकले युएइको तर्फबाट घरेलु कामदारको रुपमा लैजान नेपाली पक्षलाई प्रस्ताव गरेको हो ।

बैठकमा युएइ पक्षले त्यस विषयमा लामो प्रस्तुती दिएको थियो । नेपालले अहिले नै त्यस विषयमा सहमती जनाएको भने छैन । नेपालले अध्ययन गरेर निणय गर्ने भनेको छ । युएईमा घरेलु कामदारसँग सम्बन्धित नयाँ कानुन पारित भएको छ। त्यसैले उनीहरुले नेपाली कामदारलाई पनि घरेलु श्रमिकको रुपमा लैजान विशेष जोडबल गरेका थिए । यसअघि नेपाल र युएईबीच सामान्य कामदार लौजाने विषयमा मात्रै सहमती भएको थियो।

घरेलु कामदारसँग सुरक्षाको कुरा जोडिने भएकाले नेपालले अहिले नै निर्णय नगरेको हो । यस विषयमा संसदिय समितिमा पनि लामो छलफल भइसकेको थियो। तर, त्यसको विषयमा आधिकारीक रुपमा के गर्ने भन्ने नभएकाले अध्ययन गरेर मात्रै निर्णय गर्ने बताएको हो । गत जेठ ३१ मा भएको सचिवस्तरीय सहमतीलाई कार्यन्वयन गर्न बनेको सयुक्त कार्यदलले यो बैठकमा युएई जानको लागि कुनै पनि शुल्क नलाग्ने गरी सहमती समेत गरेको छ।

उक्त श्रम समझदारीमा कुन शीर्षकमा, कसले कति तिर्ने भन्ने विषयमा प्रविधिक समूहको बैठकले निर्णय गरेपछि कार्यन्वयन हुने भन्ने थियो। यो भैठकमा निर्णय भएको हो । अब यूएईसित कामदार आपूर्ति प्रक्रियामा लाग्ने सबै खर्च युएईकै रोजगारदाताबाट लिनु पर्नेछ, कामदारले कल्याणकारी कोष, म्यादी विमा र अभिमुखीकरणबाहेक शीर्षकमा खर्चिनु पर्दैन ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *