पत्रकार महासंघ युकेको भर्चुअल अधिवेशन सम्पन्न, बिपिन निरौलाको अध्यक्षतामा कार्यसमिति चयन

Spread the love

लण्डन । नेपाल पत्रकार महासंघ युकेको भर्चुअल पाँचौ अधिवेशनले महासंघका संस्थापक सदस्य तथा सल्लाहकार बिपिन निरौलाको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । ब्रिटिश खबर डटकमका निरौला नेपाल प्रेस युनियन युकेका संस्थापक संयोजक र अध्यक्ष पनि हुन् ।

 

मंगलबार सम्पन्न भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दर्पण संसार डट कमका संजयभक्त कंडेल, उपाध्यक्षमा च्यानल लण्डनका एभरेष्ट गौतम, महासचिवमा ग्लोबल दैनिक डट कमका कर्मा पहाडी शेर्पा, कोषाध्यक्षमा नेपाल मामिला डट कमका बिमला लिम्बु, सदस्यमा सिलौटी टाइम्स डट कमका खुशी लिम्बु र नेपाल संसार डट कमका मन्दिप केसी रहेका छन। कार्यसमितिको सचिव र बाँकी सदस्यहरु पछि थप गरिने भएको छ ।

महासंघका निबर्तमान महासचिब कंडेल, गौतम र केसी प्रेस युनियन सम्बद्ध हुन भने शेर्पा आदिबासी जनजाती पत्रकार महासंघ(फ़ोनिज )का महासचिब र लिम्बुद्वय पनि फ़ोनिज सम्बद्ध छन्।

गत जुन १३ सम्पन्न पाँचौ अधिवेशनको पोस्टल भोटिङमा व्यापक धाँधली भएको प्रमाणका आधारमा कृयाशिल पत्रकारहरुले उक्त अधिवेशनलाई अस्वीकार गरी नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि पिडित सदस्यहरुको तर्फबाट प्रेस युनियन युके र युरोपले जुन १३ को अधिवेशनका बारेमा उजुरी गरिसकेको छ । त्यसको सुनवाई हुन वाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *