एनआरएनए युकेको ४ करोड विवाद अब अदालती प्रकृयामा !

Spread the love

नमस्ते नेपाली संवाददाता, लण्डन । विश्वको सबैभन्दा धेरै सदस्य रहेको गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सबैभन्दा बिबादित बिषय रहेको चार करोड रुपैया आर्थिक हिनामिना अब स्थानीय कानुन र अदालती प्रकृयातर्फ अगाडी गएको छ । एनआरएनए यूकेको विधानविपरीत लेखा समितिलाई छानबिन छानबिन गर्न नदिएपछि असन्तुस्ट बनेका पदाधिकारीहरुले यो बिषयमा कानुनी प्रकृया अघि बढाएका हुन् ।

एनआरएनए यूके अन्तर्गतको इङल्यान्ड राज्य समन्वय परिषद्का हालका उपाध्यक्ष एबम बिगतमा युवा संयोजकको रुपमा उल्लेखनीय कार्य गरेका लाल बहादुर (एलबीजेड) गुरुङले कानुनी बाटोमा अघि बढेको बताए । गुरुङका अनुसार नयाँ कार्यसमिति बनेको एक वर्षसम्म पनि हिसाब किताब नबुझाईएको र बैठकमा समेत आफ्ना कुराहरु राम्ररी राख्न नदिएपछि साथीहरुले बाध्य भएर फरक मत ( नोट अफ डिसेन्ट ) राखेको र हाल आएर कानुनी प्रक्रियामा अघि बढ्नु परेको पनि बताए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उक्त आर्थिक अनियमितताको प्रमाणसहित लन्डनका एक लिगल टिम मार्फत सोलिसिटरलाई कागजपत्र बुझाएर अदालतको प्रक्रियातर्फ अघि बढ्न लागिएको बुझिएको छ । समाचार स्रोतका अनुसार १४ दिनको म्यादसहितको पत्र एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र पूर्व अध्यक्ष योगकुमार फगामीलाई बुधबार नै प्राप्त भैसकेको छ । उक्त पत्रमा आर्थिक पारदर्शिताका बारेमा २० वटा प्रश्न गरिएको छ । सोलिसिटरले पठाएको पत्रमा बैठकका निर्णयहरुको कागजपत्र माग्दै एनआरएनए यूके र अध्यक्ष गुरुङलाई १४ दिन भित्र जवाफ दिन भनेको बुझिएको छ।

इंग्ल्याण्ड राज्य परिषद्का उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) सहित एनआरएन यूकेका उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कँडेल , रामचन्द्र पोखरेल , मोहन कार्की तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार समेतले आर्थिक हिनामिनाविरुद्ध कानुनी कारवाही अगाडी बढाएका जानकारी प्राप्त भएको छ ।

यसअघि ३० अगष्टमा बसेको एनआरएन युकेको बैठकमा लेखा समितिलाई छानविन गर्न नदिएर गत निर्वाचनताका गरिएको घोटालालाई लुकाउन, ढाकछोप गर्न खोजिएको भन्दै उपाध्यक्षहरु नारायण कँडेल तथा प्रेम गाहामगरले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनीहरुले विधानअनुसार स्वतन्त्र लेखा समिति गठन गरी लेखा समितिलाई नै आर्थिक घोटालाको छानविन गर्न दिनु पर्ने माग गर्दै गत अगष्ट ३० को बैठकमा असहमति राखेका थिए ।

अहिलेको लिगल नोटिसमा उपाध्यक्ष कँडेलले राखेको प्रस्तावअनुसार लेखा समिति गठन गरी आर्थिक अनियमितताको छानविन गर्न किन नदिइएको हो भनी प्रश्न उठाइएको बुझिएको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र पूर्व अध्यक्ष योगकुमार फगामीविरुद्ध जारी गरिएको लिगल नोटमा एनआरएनए यूकेको डमी कम्पनी, कम्पनीका कृयाकलापलाई कार्यकारीणी समितिबाट गोप्य राख्नु पर्ने कारण, पैसा उठाउदा अपनाएको विधि, पैसा खर्च गर्दा विधानअनुसार खर्च गरिएको विवरण, ५ सय पाउन्ड भन्दा बढी खर्च गर्दा समितिको निर्णय, गत २०१९ मा खर्च गर्दा वा भुक्तान गर्दा गरिएको निर्णय लगायतका बिषयमा प्रश्न गरिएको छ।

विगत तीन वर्षको कार्यकारिणी समितिको बैठकको माइन्यूटिङ्ग, सदस्यताको आवेदन गरेको फारामको प्रति, सदस्यताको आवेदन गर्दा आवेदकलाई दिइएको रसिद आदिको विषयमा समेत जानकारी मागिएको छ । एनआरएन यूके स्रोतका अनुसार पत्रमा सदस्यहरुको वैयक्तिक सूचना दुरुपयोग गरिएको बारेमा समेत जवाफ मागिएको छ ।

यसै सम्बन्धमा थप जानकारीका लागि उपाध्यक्ष नारायण कँडेलले सम्पर्क गर्दा उनले यो कानुनी प्रक्रिया भएकोले पनि नबताउने र अन्य पदाधिकारी र उजुरीकर्ताहरुलाई सम्पर्क गर्न अनुरोध गरे।

अगष्ट ३० बैठकमा उपाध्यक्ष कँडेलले अध्यक्षले आफैँले आफनो नेतृत्वमा बनाएको छानविन समिति खारेज गरी स्वतन्त्र लेखा समिति गठन गर्न प्रस्ताव गरेका थिए । कँडेलको प्रस्तावलाई अस्वीकार गर्दै अध्यक्ष गुरुङ्गले चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे, डा. मुकुन्द बस्तोला र बुद्धि गुरुङ रहेको छानविन समिति बनाएकी थिइन् । समितिले अहिलेसम्म काम सुरु नगरेको बताइएको छ।

यो मुद्दामा सदस्यता आवेदन तथा शुल्कमा भएको गडवडी तथा सदस्यहरुको ब्यक्तिगत विवरणहरुको दुरुपयोग गरिएको तथा तेश्रो पक्षलाई डेटामा पहुंच दिइएको सम्बन्धमा समेत प्रश्न गरिएको छ।

अध्यक्ष गुरुङ डाइरेक्टर भएको एनआरएनए युके नामको गोप्य कम्पनी खोली गोप्य कारोबार गरिएकोमा उक्त कम्पनीको २०१९ अगष्ट सम्ममा ९१ हजार पाउण्ड बराबरको सम्पत्ति भएको देखिएको छ । त्यसबाहेक २०१९ को अन्तमा करिब २ लाख ५० हजार पाउण्ड जम्मा भएकोमा २०१९ को निर्वाचनताका सबै पैसा दुरुपयोग गरिएको कुरा सार्वजनिक भएको थियो ।

उपाध्यक्ष रामचन्द्र पोखरेल तथा वेल्स राज्य समितिका अध्यक्ष कृष्ण भण्डारीले यस अगाडी १९ जनवरीको बैठकमा नै लेखा समिति गठन गरी सोही समितिलाई छानविन गर्न दिनु पर्ने माग गरेका थिए ।

एक वर्षसम्म आर्थिक हिसाब नदेखाएकोले अब कानुनी बाटोमा : लालबहादुर (एलबीजेड) गुरुङ

एनआरएनए यूके अन्तर्गतको इङल्यान्ड राज्य समन्वय समितिका उपाध्यक्ष लाल बहादुर (एलबीजेड) गुरुङले एक वर्षसम्म आर्थिक हिसाब नदेखाएकोले अब कानुनी बाटोमा अघि बढेको बताए ।

गुरुङले अगाडी भने – “म एनआरएनए यूके युवा संयोजक हुँदा ’म अनि मेरो मातृभूमि’ भन्ने कार्यक्रम गर्दा खर्च भएको थियो । वास्तवमा हाम्रो संस्थाले गर्व गर्न लायक कार्यक्रम थियो त्यो। उक्त कार्यक्रममा महानायक राजेश हमाल र चर्चित पत्रकार दिलभूषण पाठक आउनुभएको थियो । जुलाई र अगस्ट २०१८ मा बेलायतभर उक्त कार्यक्रम भएको थियो । ती कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा.दुर्गाबहादुर सुबेदी, पूर्व आइसिसी उपाध्यक्ष कुल आचार्य र एनआरएनए युकेका पूर्व अध्यक्ष योगकुमार फगामी तथा तत्कालिन उपाध्यक्ष श्रीमती पुनम गुरूङको समेत सकृय सहभागिता थियो । त्यसमा मैले एनआरएनए यूकेसँग करीब १२ हजार ६ सय पाउन्ड लिनुछ। त्यो पनि सबै बिल भएको रकम हो। त्यो कार्यक्रम यूकेका बिभिन्न स्थानहरुमा सफलतापुर्बक सम्मपन्न भएको तपाई हामे सबैलाई थाहा भएकै कुरा हो। तर मेरो खर्च भएको रकम दिनुको साटो न त आर्थिक हिसाब किताब सार्बजनिक गरियो न त बैठकमा साथीहरुको कुरा नै सुनियो। यो बडा दुखद कुरा हो। ”

नेपालमा क्रसरोड, फुटबल स्टेडियम, साइकलिंगको लागि विभन्न प्रसंसनिया काम गरेका गुरुङले आफ्नो करणले धेरै युवाहरु सामाजिक क्षेत्रमा लाग्न उत्साहित हुन् भन्ने चाहना रहेको बताउदै नेपालका जुनसुकै ठाउमा गएर पनि गुन्द्रुक र ढिडो खाएर समेत कार्य गर्न आफु तयार रहेको बताए। उनले भने – “तर जनताको एक पैसा पनि हिनामिना गर्दिन र गर्न पनि दिन्न।”

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *