नेकपाबाटै निर्वाचित उपमेयरले ‘धिक्कार छ दुईतिहाइको सरकार’ भन्दै राजीनामा घोषणा गरिन्

Spread the love

काठमाडौँ : उदयपुरस्थित बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति वितृष्णा व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी छन् ।

बुधबार साँझ फेसबुकमा ‘काला कर्ततु’ स्वीकार गर्न नसक्ने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिने बताएकी हुन् । त्यसका लागि उनले जनतासँग माफी पनि मागेकी छन् ।

‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहुन्छु,’ फेसबुकमा उपमेयर चौधरीले लेखेकी छन्, ‘काला कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुईतिहाइ सरकार !’

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तर विषय के हो उनले खुलाएकी छैनन् । सञ्चारमाध्यममा उनले दिएको अन्तर्वार्ताअनुसार नगरपालिकामा व्यापक भ्रष्टाचार बढेकाले राजीनामा दिने मनस्थितिमा पुगेकी हुन् । चौधरी तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् । अहिले भने उनी नेकपाकी नेतृ हुन् । नागरिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *