विदेशबाट आएकाहरू अनुशासनमा बस्दैनन् क्वारेन्टिनमा, समुदायमा सङ्क्रमणको जोखिम

Spread the love

झापा – विदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टिनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ।

क्वारेन्टिनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको हो।

कनकाई नगरपालिकाकी एक जना सङ्क्रमितले उनका छिमेकमा रहेका केटाकेटीदेखि जो कोहीसँग सम्पर्क गरेकाले कनकाई नगरपालिका कार्यालयले सोमबार (आज) देखि नगरका सबै बजार क्षेत्र सिल गरेको छ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

आइतवार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकी महिलाका कारण समुदायमा सङ्क्रमण फैलिएको हुनसक्ने भन्दै नगरले स्वास्थ्य बाहेकका सबै क्षेत्र आउँदो शनिवार रातको १२ बजेसम्मलाई बन्दको घोषणा गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रूद्र न्यौपानेका अनुसार ती महिला अनुशासनमा नबसिदिँदा समुदायमा सङ्क्रमणको जोखिम बढेको हो। सङ्क्रमित महिला कुवेतबाट फर्किएकी हुन्।

उनी कनकाईको दुर्गापुरस्थित दलित भवनको क्वारेन्टाइनमा बसेकी थिइन्। उनको घर र क्वारेन्टाइन नजिक भएकाले परिवारसँग उनको भेटघाट भएको बुझिएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार महिलाको आफ्नो बच्चासँग भेट भएको थियो। बच्चा लिएर उनका आफन्त क्वारेन्टाइनमै थिए। बच्चालाई भेटेर ती महिलाले चुम्मा गरेको, बोकेको र पैसा समेत दिएको बुझिएको छ। बच्चालाई चुम्मा गरेर पैसा समेत दिएकाले समुदायमा संक्रमण फैलिएको हुनसक्ने नगरको अनुमान छ।

भारतबाट आएकाहरूलाई स्थानीय तहले बनाएका क्वारेन्टिनमा राख्ने गरिएकोमा तेस्रा मुलुकहरूबाट आएकाहरूलाई होम क्वारेन्टिनमा पनि बस्न अनुमति दिएकाले त्यसबाट पनि समुदायमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेर गएको हो।

मेचीनगर नगरपालिका वडा नं ६ का भारतको दिल्लीबाट आएका एक जना पुरुष सङ्क्रमितले होम क्वारेन्टिनमा बस्दा छर-छिमेकीतिर डुल्दा र आफन्तकहाँ जाँदा उनीहरूको सम्पर्कमा आएका सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्ने भएकाले उनको बसोबास रहेको क्षेत्र सिल गरिएको वडाध्यक्ष ललित तामाङले बताए।

आइतबार संक्रमण देखिएको घरमा चिया नास्ताको पसल समेत सञ्चालन हुने गरेको पाइएको हुँदा सोमबार स्थानीय टोल विकास समितिको माध्यमबाट सङ्क्रमितको सम्पर्कमा आएका २३ जनाको पिसिआर परीक्षणका स्वाब संकलन गरिएको छ।

साथै परिवारका अन्य सदस्यहरु किनमेलका लागि बाहिर गएको हुन सक्ने भन्दै परिवारका सदस्यहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि स्वाब संकलनको कार्य अघि बढाएको तामाङले बताए। उमाकान्त खनालले देशान्तरमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *