संघीय सांसदको निधनले छन्त्याल समुदायलाई अपुरणीय क्षति

Spread the love

– तुल छन्त्याल

छन्त्याल जातिका अभिभावक, प्रतिनिधि सभाका सदस्य माननीय ज्ञानकुमारी छन्त्यालको असमायीक निधनको खबरले म स्तब्ध भएको छु । समय र परिस्थितिले निम्त्याउने हरेक कठिनाईसंग लड्दै आफ्नो व्यक्तिगत स्वार्थभन्दामाथि उठेर समग्र छन्त्याल जातिको पहिचानका लागि उदाहरण बन्नुभएका एक तारा अस्ताएको खबरले हामी सम्पूर्ण छन्त्यालहरुलाई मर्माहत बनाएको छ । छन्त्याल समुदायको प्रतिनिधित्व गर्दै बल्लतल्ल चलायमान हुन सुरु गरेको कदम फेरि रोकिन पुगेको छ ।

भौतिक रुपमा हामीसंग छुटे पनि उहाँले समाज परिवर्तनका लागि देख्नु भएका सपना र हामी माझ बाँड्नु भएको अनुभव सधैं बाँचिरहने छन् । उहाँले गर्नु भएको योगदान र उदाहणीय कामहरुले समाजलाई अगाडि बढाउन सधैं प्रेरणा मिल्नेछ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अल्पसंख्यक छन्त्याल जाति, महिलाहरुको अधिकार र पहिचानका लागि राजनीतिक आन्दोलनमा लामो समयदेखि आवद्ध हुँदै ठूलो त्याग र संघर्षपछि २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर ३ बाट सभासदमा निर्वाचित हुनुभएको थियो । त्यसबेला प्रत्यक्ष निर्वाचित हुने एक मात्र महिला उहां नै हुनुहुन्थ्यो ।

२०७४ सालमा भएको संघीय निर्वाचनमा समानुपातिवाट नेपाली कांग्रेसको तर्फबाट सांसद बनेर संसद भवनभित्र हामी लोपोन्मूख छन्त्याल जातिको आवाज उठाउने पहिलो व्यक्ति पनि बन्नुभयो । हुन त उहाँभन्दा पहिले पनि जन्मजात छन्त्यालहरु सांसद नभएका होइनन् तर आफ्नो व्यक्तिगत स्वार्थका कारण छन्त्याल जातिको परिचय र पहिचान दिन सकेका थिएनन् । तर उहाँ एक नारी भएर पनि आफ्नो जातीय पहिचानलाई बचाईराख्न उहाँले देखाउनु भएको इमान्दारीतालाई हामीले कदापि भुल्नु हुँदैन ।

यस्ता उदाहरणीय व्यक्तित्व फेरि प्राप्त गर्न हाम्रो समुदायले धेरै लामो समय कुर्नुपर्ने हुनसक्छ । अझ महिलाकै प्रतिनिधित्व गर्दै अर्को छन्त्याल नेत्री जन्मिन मुस्किलै पर्नेछ । आज हामीले छन्त्याल जातिको एक ऐतिहासिक व्यक्तिलाई गुमाएका छौ र हाम्रो छन्त्याल समुदायमा अपूरणीय क्षति भएको छ ।

यस दु:खद घडीमा उहांप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।

(लेखक तुल छन्त्याल बेलायत छन्त्याल संघका संस्थापक अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका निवर्तमान निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *