तमु समाज वेल्जियमको विवाद समाधान गर्न संयोजन समिति गठन

२३ अप्रिल २०१७, बेल्जियम । गत मार्च २६ २०१७ मा तमु समाज बेल्जियमको नवौं अधिवेशन आयोजना गरिएको थियो । उक्त अधिवेशनको वन्द सत्रमा जोडदार विरोधका वावजुद अन्यायपुर्ण र एकांकी तवरवाट कार्यसमितिको घोषणा गरियो । उक्त कदमलाई सच्याउन समवन्धित पक्षलाई वारम्वार ध्यानाकर्षण गराउंदा पनि सुनुवाई नभएपछि तमु समाज वेल्जियमको नेतृत्व गरेका र संस्थाको हितको लागि सदैव लागि परेका तमुहरुको भेला आज सम्पन्न भयो । 

बेल्जियमको एन्टवेर्पनमा सम्पन्न उक्त  एक भेलाले तमु समाज बेल्जियमका भु.पू. अध्यक्ष्य श्री पदम बहादुुर तमु “प्रवासी” को संयोजकत्व र भु.पू. अध्यक्ष्य श्री श्रीप्रसाद तमु सह संयोजक रहने गरी  तमु समाज वेल्जियम संयोजन समिती गठन गरेको छ । 

यो संयोजन समितिले मार्च २७ को अधिवेशनले गरेको त्रुटीलाई हल गर्दै समाजलाई एकताबद्ध र संवृद्ध गर्नेछ । भेलाले  समाजका भु.पु. अध्यक्ष्य बालेन्द्र तमुको संयोजकत्वमा चित्र तमु,मनिष तमु,नविन तमु,गंगा तमु,मेख तमु र जिमी तमु रहने गरी ७ सदस्यीय वार्ता समिती पनि गठन गरेको छ । वार्ता समितीले यथासक्य छिटै सिंगो समाजलाई सर्वपक्षिय बनाउदै सवै तमुहरुलाई एकतावद्ध वनाउन पहल गर्नेछ ।

यो संयोजन समितिले सम्पुर्ण वेल्जियमवासी तमुहरुको भावना र विचारलाई आत्मासम्मानका साथ राख्न पाउने , तमुहरुको मौलिक अधिकारलाई  प्रमुखताका साथ उठाउन पाउने गरि तमु समाज वेल्जिमयलाई पुनर्रगठन गर्न निर्णायक पहल गर्नेछ ।

वार्ता समितीले बेल्जियमबासी बहुसंख्यक तमुहरुको चाहनालाई ध्यानमा राख्दै एउटै तमु समाज रहने, भएका गल्ती कमजोरीलाई सच्याउने, सम्पूर्ण तमुहरुको समान व्यवहार हुने वातावरणको निर्माण हुने विश्वासनिय वातावारण सृजना गर्न पहल गर्नेछ । 

समाज प्रतिको विश्वास, एकता र सामूहिक भावनालाई आत्मसाथ गर्दै खुला हृदयले अपिल गर्ने क्रममा पुन: पुरानै प्रवृत्ती दोहोरिएमा नव गठित संयोजन समितीले बाध्य भएर आफ्नो कार्याभार बैधानिक रुपमै अघि बढाउने निर्णय गरेको छ ।

यसै क्रममा संस्थाले पदम बहादुर तमु “प्रवासी” को संयोजकत्वमा ५ सदस्य रहने गरी विधान मस्यौदा समिती पनि गठन गरेको छ ,जसमा बालेन्द्र तमु, प्रविना तमु, मनिष तमु र गजेन्द्र तमु सदस्य रहेका छन् । आज गठन भएको २२ सदस्यीय संयोजन समितीलाई आवस्यकता अनुसार विस्तार गरिने छ ।

संयोजन समितिले तमु समाज वेल्जियमको वर्तमान कार्यसमिति निर्माण प्रकृया,कृयाशिल र समाजको हितमा अग्र पंक्तिमा रहेका तमुहरुलाई नेतृत्वमा आउन नदिने लगायत विभिन्न विकृतिहरुका विरुद्ध संघर्ष गर्दै स्वच्छ र स्वस्थ तमु समाज निर्माण गर्ने अभियानमा सम्पुर्ण वेल्जियमवासी तमुहरुको साथ र समर्थनको आशा राखेको छ ।