दक्षिण कोरियामा एक नेपालीको मृत्यु

विकाश श्रेष्ठ, सउल : दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । इपीएसमार्फत दुई वर्षअघि कोरिया आएका सुनसरीका चुडाराज आलेको मृत्यु भएको हो ।

आले ख्वाङ्जु ह्वासुनस्थित कम्पनीमा कार्यरत थिए । राम्रोसँग खानपिन गरेर सुतेका २४ वर्षीय आले सोमबार विहान कोठामै मृत भेटिएको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

कोरियन प्रहरीले आलेको मृत्यु भएकोबारे नेपाली दूतावासलाई जानकारी गराएको श्रम सहचारी देवराज ढकालले बताउनुभयो । 

सन् २००८ यता रोजगारीको शिलशिलामा दक्षिण कोरियामा आएका एक सयभन्दा बढी नेपालीको मृत्यु भइसकेको छ ।