घर जलेको आगोले जिउ तताउने मित्रहरु र पूर्व सहकर्मी ददी सापकोटाको भ्रम छर्ने प्रयत्न

- डिल्लीराम अंमाई, बेल्जियम

पत्रकार महासंघ युरोप शाखा र जनसंपर्क समिती बेल्जियम बिचको सम्बन्ध अहिले चिसिएको छ । यही चिसोपनमा खेल्ने निहु पाएका छन बिगत बर्ष देखी पत्रकार महासंघ युरोप शाखाको सिफारिसमा केन्द्रबाट अनुशासनको कार्वाही भोगिरहेका ददी सापकोटाले । उनी तीन बर्षको लागि बिशेष अवस्था बाहेक पत्रकार महासंघको सदस्य हुने छैनन । साथै उनिबाट सम्पादित र प्रकाशित सुचना सामाग्री उपर महासंघले कृया- प्रतिकृया दिइरहन जरुरी सम्झने छैन ।

अहिले जनसंपर्क समिती बेल्जियम र पत्रकार महासंघ बिचको सम्बन्धमा उनका मिति नाघेका तुसहरु चुहिन थालेका छन । सडकभरि कनिका छर्न र पत्रकार महासंघ बिच भ्रम छर्न उनले सकेसम्म कोसिस गरिरहेका छन र गरिरहने प्रयत्नमा देखिन्छन । पहिले नै एउटा खन्डन मार्फत भनिएको थियो कि ” आफ्ना नेतृत्वका बिरुद्ध कपडा खोलेर घाममा सुकाउने प्रतिष्पर्धामा फ्रान्सका पत्रकार ददी ददी सापकोटाको निजि ब्लग लागि परेको छ ।

सहकर्मिहरुको खालो उतार्न खप्पिस उनी र उनको ब्लग संसारभरिका पत्रकारहरुको हित बिपरित , पत्रकारितामा सह-अस्तित्व तथा आत्मा सम्मानको बिपरित केबल सहकर्मिको चरित्र हत्याको लागि राम्रैसँग लागि परेको बिगत केही समयका उनका प्रतिकृयालाई हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ । गत बर्ष उनको कोपभाजनमा पत्रकार महासंघका अध्यक्ष र सिँगो नेत्रित्व पर्‍यो । जसको खन्डन अध्यक्ष डा महेन्द्र बिष्ट र युरोप शाखाले गरिसकेको छ । पत्रकार महासंघ युरोप शाखाका पूर्वसदस्य ददी सापकोटासँगको यो अन्तर्बिरोध दोश्रो अधिवेशनको सेरोफेरोबाट शुरु भएको थियो । ददी सापकोटाको संयोजकत्वमा लक्ष्मण देवकोटा र गुणराज शर्माको तीन सदस्य छानबिन समिति बनाएको थियो । त्यसले काम गर्न सकेन र छोटो समयको म्यान्डेट पाएको समितिले सम्पूर्ण सदस्यलाई दुइ बर्षजति अनिर्णयको बन्दी बनायो । केन्द्रले अधिबेशनबाट निर्बाचित १७ सदस्यीय कार्यसमितीलाई पोर्टफोलियो बिभाजन गर्ने सहितको मान्यता सात महिनापछि दिदै शाखालाई आधिकारिक पत्राचार गरेको थियो ।

त्यसपछि चुर भएको एउटा समुह पूर्वाग्रहले जल्दै बसेको रहेछ, हामीलाई त त्यति बेलासम्म उक्त समूहको कुरा थाहा हुन्नथ्यो । तर हाम्रो मान्यता जहिले पनि अराजकतामा रमाउने भन्दा पनि संगठन जीवित रहनु पर्छ, त्यो लेख्ने पत्रकारको लागि ढाडस बनिरहनु पर्छ भन्ने हो, थियो र हुनेछ । झन्डै दुई बर्षसम्म छानविनको प्रकृया अगाडि नबढाउने र आफ्नो सेरोफेरो बाहेक अन्यत्र नेतृत्व नजाओस्, बरु संस्था बिघटन होस् भन्ने आशय छानबिनको अक्तियारी पाएका ददिजिको देखियो भने अर्को केन्द्रले वाध्य भएर सहमतिमा समिती निर्माण गर्न वाध्य हुनुपर्‍यो ।

हामीले केन्द्रको निर्णयलाई बिशेष परिस्थितीबस समर्थन दिने हो, दियौ र संगठन जिबित राख्न सफल भयौ । एफएनजे पनि ट्रेड युनियन हो र यसमा पनि सबै समिति र त्यो द्वारा संगठित सदस्यहरु केन्द्रको मातहतमा हुन्छन । आन्तरिक वा प्रकृयागत बिरोध वा समर्थन संगठनको बिधी अनुसार हुन्छ र हुनुपर्छ । नियम त उही हो आखिर सबै संगठनहरुको ।

एक पत्रकारबाट केही महिना अगाडि केन्द्रको नेत्रित्व बिरुद्ध गम्भिर आरोप लगाउनु दु:खद परिघटना थियो । कथित आरोपहरुद्वारा संगठनको आचारसंहिता तोड्ने काम एक जिम्मेवार पत्रकारबाट हुनुलाई कुनै पनि आबद्ध पत्रकारले सहज् रुपमा लिन सक्दैनथ्यो र शाखाको सिफारिशमा केन्द्रले ददी सापकोटालाई सदस्य समेत निलम्बित हुनेगरी कार्वाही गरिसकेको अवस्था हो अहिले । उनले आचारसंहिताको महत्व, आरोपहरुको प्रयोग र प्रमाणिक बिधीबारे बुझ पचाएका हुन वा बुझाईको कमी हो उनै जानुन । पुराना पत्रकारबाटै अत्यन्त नीच, गालीगलौज, ब्यक्तिगत जीवनका निजी बसाइ प्रकृयालाई कानुनी दाँयरामा ल्याउन गरिएका युनाईटेड नेसन्सको शरणार्थी बिभागले गोपनियताको हकको ग्यारेन्टी गरेको बिषय समेत सामाजिक सन्जालमा सेयर गर्दै निचताको पराकास्टा देखाएका थिए । जसले सिंगो पत्रकारिता जगत एकपटक पत्रकार महोदयको रवैया देखेर गलल्ल हाँसेको थियो ।

उनी आँफै अदालत जस्तो आदेश तामेली गर्छन् र फलानो यस्तो -उस्तो भनेर निर्णय समेत् सुनाउछन । त्यतिबेला यो काम न्यायालयको हो भन्ने कुरा भुसुक्कै बिर्सन्छन । जहाँ पनि उनको आदेश सर्बोपरी हुनुपर्ने ? समाज र संगठनका नैतीक मुल्य र मान्यता बिरुद्ध प्रहार गर्दै गरिने त्यो कस्तो खालको पत्रकारिता हो खै ?
अहिले पत्रकार महासँघ युरोप शाखा र जनसंपर्क समितिको निर्वाचनमा शाखाका अध्यक्षमाथि भएको अपमानको बिषयमा बिबाद सृजना भएको छ । जसमा उनले झन बिबाद सुल्झाउने भन्दा पनि बखेडा झिक्दै पत्रकार कै मानमर्दन गर्ने हेतुले एउटा बिबादित बिश्लेषण उनको निजी ब्लग नेपालप्लसमा लेखेका छन । जसमा उनले लेख्छन,”……..अहिले सिता सापकोटाले भारि मतले जितिन्, देउवा पक्षका माधव सापकोटालाई हराएर । त्यहि झोंकले पत्रकारहरुले जनसंपर्क समितिको न्युज बहिस्कार गर्ने भन्न थालेका छन् ।…. ” उनले पत्रकारमाथि लगाएको त्यो आरोप सोह्रै आना गलत भएको कुरा हामीले खन्डन गर्नै पर्दैन । हाम्रा अध्यक्ष केजिन राईलाई अपमान गरिएको भनेर सम्बन्धित संगठन कै निर्वाचन संयोजक ईन्द्र पकवानले स्विकार्दै सामाजिक सन्जालमा लेख्छन,”…….. केजीनजीलाई केहि असुविधा भएकै हो तर तपाईंँहरूलाई त हामीले बकाइदा निम्तो दिएको हो नि । जनसम्पर्क समितिमा सदस्य भएका पत्रकार किन उफ्रेका हुन ??? गज्जब छ बा ।” जनसंपर्क समितिको निर्वाचन आयुक्तको यो भनाइले सिता सापकोटाले जितेकोले पत्रकारहरुले बिरोध गरेका हुन भन्ने आरोपलाई गजबसँग खण्डन गरिदिएको छ।

ददीजिको सो भनाइबाट थाहा हुन्छ उनी पत्रकारहरु प्रती कती पुर्वाग्रही रहेछन भनेर । हामीले कमसेकम त्यो अपमान प्रती प्रकृयागत रुपमा दुखी बनिदिनुस् र गल्ती औपचारिक रुपमा स्विकारी दिनुस् मात्र भनेका हौ ।
अर्को कुरा सन्तोष न्यौपाने स्वयम जनसंपर्क समितिको मतदाता भएकोले जान दिएको भनेर निर्वाचन समितिका सदस्य- सचिव झलक केसीले म सँग भनेका थिए । म पनि भित्र गएको कुरा सत्य हो तर फोटो र भिडियो नखिच्ने शर्त सहित । पछी केजिनजि सँग जादा अपमान भएकै हो । निर्बाचन सह-अायुक्त नन्दराज घलेले प्रजातान्त्रिक पार्टीमा पत्रकारले पर्यबेक्षण/ अनुगमन/ रिपोर्टिङ गर्ने पाउने बताउदै हात समातेर पत्रकारलाई मतगणना स्थलमा लगिएकै हो ।तरैपनि आयुक्त ईन्द्रजिले स्थिति सहज नबनाएकै हो । जुन कुरा निर्वाचन आयुक्तले स्विकारी सकेकोले ददिजिले देखेझैँ गरेर झुट बक्नुको कुनै तुक छैन ।

“..पत्रकार सन्तोष न्युपानेको बारेमा चुइक्क बोलेनन..” भन्ने आरोपबारे भन्नु केही छैन,किनकी उनिमाथि हातपात हुँदा बेल्जियममा एउटा राजनैतिक् संगठनको एक बर्ष रिपोर्टिङ बहिस्कार गरेको दुनियाँलाई थाहा छ । त्यो मात्रै नभएर पटक पटक गरी उनीमाथि धम्की आउँदा थुप्रै पटक बिरोधमा बक्तब्य निकालेको छ संघठनले । जुन सन्तोषको लागि केही पनि हैन जस्तो गरी आरोप लगाएका छन ददिले । आवश्यक परे ति बक्तब्य हेर्न आए हुन्छ; सुरक्षित छन हामीसँग !

उनले बिना तुकको आरोप लाउदै ठोकुवा गर्दछन,-“नेपाल पत्रकार महासंघ युरोप शाखा यसैपनि बैधानिकरुपमा कहिँ कतै दर्ता छैन । नेपाल पत्रकार महासंघ युरोप शाखाका प्रतिनिधी टिको लगाएर आएका, निगाहाले पद लिएका छन् ।” उनलाई थाहा नभएको हो भने थाहा होस पत्रकार महासंघ युरोप शाखा इयुको नियम अनुसार गत बर्ष नै दर्ता भै सकेको छ र यसको दर्ता नम्बर ०६६६६३३२९० हो । थाहा नभएको कुरा नबुझी किन कलम मसीको दुरुपयोग ? यसले तपाईंको बिश्वसनीयताबचाउला वा समाप्त पार्ला ? तपाईं आँफैले सोच्ने कुरा हो, महोदय ।

अधिवेशनको प्रकृयाबारे हाम्रा पनि चासा रहेका हुन । तर अब अनुशासनको प्रकृया अनुसार केन्द्रले दिएको बिकल्प बाहेक अन्य कुनै बिकल्प रहेन । अधिवेशन अब धेरै टाढा जादैन छिट्टै हुन्छ, संगठनको बिघटन चाहनेले अधिवेशनको बारेमा चासो नराखेकै बेश । उनले लगाएका आरोपहरु पनि हेर्नुस् कती झुट र पुर्वग्रही छन । “(http://www.nepalplus.com/archives/29112)

हामी के कुरा पनि भन्दै छौं भने लेखिएको वा लेखाउन लगाइएको त्यो टिप्पणी निरर्थक मात्र हैन स्वयम जनसंपर्कवालाहरुको लागि पनि घातक छ । मिल्दै गरेका वा मिलाई सकिएका निबर्तमान र भुपु कार्यकारीहरुका प्रयासलाई पुरानो घाउमा छर्कन बनाइएको मसलाले पानी खन्याउने काम गरेको छ । न त चुनाबि समिकरण नेपालको समिकरण अनुसार थियो । त्यो यहिको मौलिक समिकरण थियो जसलाई नेपालका गुट उपगुटको उपहार बनाएर खेल्ने प्रयत्न गरेका छन कथित बिष्लेषकले । जस्को खन्डन तर्फ सरोकार वालाहरूको ध्यान जानु पर्ने हो ।

भनिन्छ सिंगो दर्शनबाट बिचार छोटिदै जाँदा गुट उपगुट बन्दछन र गुट उपगुटमा हुने स्वार्थहरुको टकरावले मान्छेको सोच संकिर्णताको निचतम बिन्दुमा गिर्दछ । जसले सिंगो मानबिय चेतनाको प्रतिनिधित्व गर्न सक्दैन । पत्रकारहरुको सवालमा पनि त्यो कुरा सत्य हो । उनिहरु पनि आफ्नो सन्जालको माध्याम्बाट बिचार ,भावना र आदर्श बोकेर समाजमा चेतना र सुचना रोप्दै अघी बढ्दछन । प्यालेस्टाइनमा सहकर्मि माथि गोली दागिँदा ब्राजिलका सहकर्मिहरुले कालो पट्टी बाधेर सुचनाको अधिकार माग्दछन भने श्रीलंकामा पत्रकारको क्यामरा खोसिंदा आयरल्याण्डका पत्रकारहरुको आवाज अन्तरराष्ट्रियकरण भै सक्छ । नत्र मारिनकालागी कस्टडिमा पुर्याइदै गरेका पश्चिमा पत्रकारहरु आततायीहरुले कसरी छोड्न सक्थे र ?

आत्मा मार्न खोज्नु वा सेन्सर सहितका शर्तहरु लादेर एउटा तथ्यलाई कुरुप बनाउने प्रयत्नले के तपाईंको पत्रकारितालाई जिबन दिन सक्ला त ? मृत्यु पत्रमा हस्ताक्षर गरिएको क्षेणिक वाह वाहले तपाईंका कलमरुपी आत्मभित्रको स्वाभिमानलाई सगरमाथाको चुचुरोसम्म पुर्याउला कि गिराउला महोदय ? अहँ हामीलाई विश्वाश छैन , हामी सहकर्मिको सहधर्मिताबाट अलग रहेर आँफु भित्र पत्रकार खोज्न सक्दैनौ । तपाईं पत्रकारितामा हुनुहुन्छ वा इगो मिसनमा हुनुहुन्छ ? खोज्नुस् र गन्तब्य तय गर्नुस् । सयमा सय नै झुट त्यो पनि तुरुन्तै प्रमाणित गर्न सकिने बिश्लेशण लेखेर के गर्न खोज्नु भएको हो सस्थापक्ज्यु ? हाम्रो भन्नुहुन्छ भने तपाइमाथि आक्रमण हुँदापनी त्यही आवाज थियो, अहिले पनि त्यही छ हेर्नुस् http://www.nepalplus.com/archives/17991 तपाईंकै आफ्नै ब्लगमा ।

सहधर्मिता भनेको बिबेक निर्देशित मात्र नभएर अाचार,बिधान र संस्थागत मर्यादासँग गासिएर आउछ । यो रोग ब्याक्ती बिशेष मात्र नभएर प्रब्रिती बिशेष पनि हो । त्यसैले सह-धर्मिता बाध्यता बन्नुहुन्न भन्ने अराजकहरुको झुण्ड अर्ध भूमिगत रुपमा पत्रकारहरुको बिचमा देखिनु दु:खद हो । अहिले संसारभरी मार्ने र जोगाउने बिचको संघर्ष चर्किदो छ। केहीले कठिन् अवस्थामा आफ्नो संगठनको नेत्रित्व र पद्धती माथि धावा बोलेर आत्मा मार्ने प्रयत्न गर्दैछन भने केहीले सहधर्मिता र मानबताको सहारामा बचाउने प्रयत्न । यसैलाई भनिन्छ अन्तरसंघर्ष जसले संगठनलाई जिबन दिँदै गतिशिल बनाइ रहन्छ ।

कुनै पनि पत्रकारको मत स्वबिबेक र स्व-बिस्लेशणको कुरो हो । त्यसमा पत्रकारको टाउको दुखाइ हुने कुरै थिएन र हुँदैन । तर डोनाल ट्रम्प प्रबृतीले मिडियालाई पेलेर जाने अधिक सम्भावना देखेर होला अमेरिकन पत्रकार र मिडियाले हिलारी प्रती बढी सहानुभुति राखे । जुन स्वाभाबिक पनि हो । जसले पनि आफ्नो आत्माको जिबन्तता खोज्दछ ।

कसैबाट हाम्रो भनाइ पनी आउँदै छ भनियो, बेलुका बक्तब्य झै गरेर एउटाको अभिनय अरु कसैले गर्‍यो । बुझ्नेले रमाइलो माने, त्यो पढेर ,लेखक प्रती पाठकहरुले कस्तो धारणा बनाए होलान ? पाठकले आँफै जानुन । हामीले यती मात्र भन्न सक्छौं कि कसैको चाकारीको लागि बेसाएर गरिएको शब्द ब्यापारले नत दाताको नै हित गर्छ नत ब्यापारीको । त्यसले त उसको पतनको दिशा मात्र तय गर्ने हो । कसैको बान्ताबाट ओकलिएको खाद्य उठाउन नथाल्नुस् मित्रहरु, त्यहाँबाट निस्कने दुर्गन्ध अत्यान्त हानिकारक हुन्छ ।

अाफुले भोट् हालेर पत्रकार महासंघका जिम्मेवार सहकर्मिलाई अपमानित गरिएकोमा खुच्युँ भन्ने मित्रहरुले पनि होस् गर्दा हुन्छ ,- तपाईंहरुले हालेका भोटहरुको खिचडी केही समय पछी सेलाउने छ र तपाईंका शब्दहरु पुन गर्मिमा पाकेर जिब्रो पोल्नेगरी मुखबाट कलमको साहरामा बाहिर निस्कन खोज्ने छन । त्यतिखेर जिब्रो पोल्दा पेशागत हकहितको लागि लड्ने सहकर्मिहरुको संघ बोल्नु पर्ने छ, साथी बिचार गर्नुस् है तपाईंहरुले ! तपाईंका भोट् पाएर खैजडी पिट्ने साथीहरुले तपाईंकै कलमको तितो सहन नसकेर पुरानै इतिहाँसको पुनराबृती भयो भने के गर्नु होला , सोच्नु भाको छ सहकर्मि मित्रहरु ?