युवतिलाई जवरजस्ती करणी गर्ने गाउँपालिका सचिव कमलप्रसाद भुर्तेल प्रहरी नियन्त्रणमा

बाग्लुङ । बाग्लुङ जिल्ला तमानखोला गाउँपालिकाका निमित्त सचिव कमलप्रसाद भुर्तेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक १८ वर्षीया युवतिलाई जवरजस्ती करणी गरेको आरोपमा भुर्तेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

चैत्र १५ गते बेलुकी साढे ८ बजे भुर्तेलले जबरजस्ती करणी गरेपछि पीडित पक्षले १६ गते बिहान प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि खटिएको प्रहरी टोलीले सचिव भुर्तेल प्रहरी कार्यालयमा ल्याएको जनाइएको छ ।  

तत्कालिन बोंगादोभान गाविसका सचिव भुर्तेलले गाविसका सिफारिस बनाउदा ५ हजार, नागरिकता सिफारिस गर्न १० हजार, बिहे दर्ता गर्दा १५ हजारसम्म घूस लिने, घूस नदिए महिनौसम्म दुख दिने गरेको पीडितहरुले जानकारी दिएका छन् । आक्रोशित बोंगादोभानवासीले सामाजिक सञ्जालमा भुर्तेलको निन्दा र भ्रत्सना गर्दै निमित्त सचिव पदबाट निलम्बनको माग गरेका छन् ।