दक्षिण कोरियामा एक नेपाली व्यवसायी पक्राउ

१४ मार्च, सउल : दक्षिण कोरियामा एक नेपाली व्यवसायी पक्राउ परेका छन्। सुवनस्थित पूर्णिमा रेस्टुरेन्टका सञ्चालक शिव रेग्मीलाई प्रहरीले इन्छन विमानस्थलबाट पक्राउ गरेको हो । अमेरिकाबाट जापान हुँदै कोरिया फर्केका रेग्मीलाई विमानस्थलबाट प्रहरीले समातेको हो ।

विगत २० वर्षदेखि कोरियामा रहेका रेग्मीले नेपालीहरुका लागि कानुनी परामर्शदाताको कार्य गर्दै आएका थिए । कोरियन महिलालाई विवाह गरेका रेग्मीले भाषा अनुवादकको काम पनि गर्दै आएका छन् ।

रेग्मीलाई शरणार्थी भिषा बनाउने क्रममा नक्कली सिफारिस पत्र बनाइदिएको आरोपमा अनुसन्धानका लागि गत बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- अन्नपूर्ण पोष्ट