सप्तरी अपडेट : मृतकको संख्या सात पुग्यो

सप्तरी, २४ फाल्गुन । सप्तरीमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगिसकेको समाचार प्राप्त भएको छ । प्रदर्शन गरिरहेका मधेशीहरुमाथि सुरक्षाकर्मीहरुले अन्धाधुन्ध गोली प्रहार गर्दा सप्तरीमा सात जनाको ज्यान गइसकेको तथ्यांक प्राप्त भएको छ ।

यता, मधेशमा भइरहेको हत्या, हिंसा र दमनको विरोधमा मधेशी मोर्चाले दुईदिने मधेश बन्दको घोषणा गरेको छ । तर, आक्रोशित मधेशी बुद्धिजीबी र नागरिक अगुवाहरुले मधेशी मोर्चाले विज्ञप्ति जारी आफ्नो दायित्व पूरा गरेको जनाएको छ । 

मधेशी युवाहरुले मधेशी मोर्चाले संसद्बाट सामूहिक राजीनामा दिनुपर्ने मागसमेत गर्न थालेका छन् । 

आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएकाहरु सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर मण्डल, आनन्द साह, अजय साह, अवधेश ठाकुर र सञ्जय मेहता रहेका छन् ।
- मधेसवाणी