मलेसियामा एक नेपाली युवक मृत भेटिए

माघ ९ - मलेसियामा एक नेपाली युवक मृत भेटिएका छन् । कोता दामनसरास्थित हाइपरमार्केटको एक युनिट कर्नरमा रहेको (हावा बाहिनी) ‘एअर डक्ट’मा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

मृतक व्यक्ति डम्मरबहादुर थापा भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय अंग्रेजी अनलाइन ‘द स्टार डट् कम डट माई’ ले उल्लेख गरेको छ ।

उनको कपडासहितको कंकाल झुण्डिएको अवस्थामा शनिबार भेटिएको हो । डम्मरको करिब २ महिनाअघि नै मृत्यु भएको प्रहरीको अनुमान छ । 

उनको नेपालस्थित ठेगाना उल्लेख गरिएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

मृतक डम्मर उक्त हाइपर मार्केटमा क्लिनरको रुपमा कार्यरत थिए र उनको गत २०१५ डिसेम्बरमा भिसाको म्याद सकिएको खुलेको छ ।