अमेरिकाबाट नेपाल आउदै गरेकी एक नेपाली महिलाको जहाजमै मृत्यु

काठमाण्डौ । कतार एयरको फ्लाइट नं क्यू आर ०७०८ बाट बुधवार अमेरिकाको वासिंगटन डिसीबाट कतारको दोहाहुँदै नेपाल फर्कन लागेकी ७९ वर्षिया देवन्ती विश्वकर्माको उडिरहेको जहाजमै निधन भएको छ। 

पारिवारीक स्रोतले जनाए अनुसार मृतक बिश्वकर्माको लासलाई छानविनका लागि अहिले कतारका सुरक्षाकर्मीले नियन्त्रणमा लगेका छन्। उडिरहेको जहाँजमा विश्वकर्मालाई अफ्ट्यारो भएपछि प्राथामिक उपचार गरिएको थियो। 

१४ घन्टा लामो उडान पछि दोहोमा उत्रिए लगतै बेहोस भएकी देवन्ती विश्वकर्मालाई स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेका थिए। अमेरिकामा रहेका छोराबुहारीलाई भेटन ६ महिना अगाडी अमेरिका पुगेकी विश्वकर्मा गएको बुधवार कतारको दोहा हुँदै नेपाल फर्कदै थिइन। 

जहाजमै अचेत बनेकी बिश्वकर्मालाई दोहा पुगेपछि आपतकालीन उद्धार गरिएको थियो। जहाजमा सँगै रहेकी बुहारीलाई अहिले कतारको सरिफ होटलमा राखिएको छ भने दोहाका सुरक्षाकर्मीले घटनाको छानविन गरिरहेको बताइएको छ। 

पारिवारीक स्रोतले बताए अनुसार अहिले लास कहाँ राखिएको छ भन्ने जनाइएको छैन।
- टिभी अन्नपूर्ण