घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोपमा लेबनानद्धारा दुई नेपाली महिलालाई देश निकाला

काठमाडौं, २६ मंसिर – लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ ।

लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो । अब नेपाल डिपोर्ट गर्ने भएको छ । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप लगाएको छ । 

Loading...

सुजन र रोजी लेबनानमा रहेका घरेलु कामदारहरुको हक हितका लागि काम गर्दै आएका थिए । उनीहरुले नेपाली महिलाहरुको समूह ‘नारी’ समेत बनाएका थिए ।

सुजना र रोजीलाई देश निकाला गर्ने निर्णयको त्यहाँका नागरिक समाज लगायतले प्रश्न उठाएका छन् । उनीहरुलाई कानुन व्यवसायी राख्न र आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने र दोषी देखिए मात्र देश निकाला गर्नुपर्ने आवाज उठेको हो । तर दुई नेपाली चेलीहरू भरखरै नेपाल पुगेका छन् ।